Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

निजी क्षेत्रले सौर्य ऊर्जामार्फत दश मेगावाट विद्युत् उत्पादन गर्ने

\"solar3\"काठमाडौं । मुलुकमा चरम ऊर्जा सङ्कट बढ्दै गएका बेला निजी क्षेत्रले पछिल्लो पटक दश मेगावाट बराबरको सौर्य ऊर्जा प्रणाली जडान गर्ने सम्झौता गरेका छन् । यहाँ आजदेखि सुरु भएको ‘नवीकरणीय ऊर्जा प्रदर्शनी, २०७२’ को अवसरमा आगामी छ महिनाभित्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने सहमति भएको हो । कुल ५० किलोवाटभन्दा ठूला क्षमताका १२ सौर्य ऊर्जा प्रणाली जडान गरिने र औद्योगिक व्यवसाय चलाइने सम्झौतामा उल्लेख गरिएको छ । औद्योगिक घराना सौरभ समूहले भैरहवामा सहरिया सौर्य ऊर्जा कार्यक्रम मार्फत पाँच मेगावाट क्षमताको सौर्य प्रणाली सरल कर्जामा जडान गर्न लागेको हो । लेजरसन इनर्जी र इनर्जी इन्टरनेसनलले सो प्रणाली जडान गर्नेछन् । सो प्रणाली नै हालसम्मकै सबैभन्दा ठूलो सौर्य प्रणाली हुनेछ । यस्तै बेल्दिया फार्म नवलपरासीमा अविनाश ह्याचरीले २।९ मेगावाट क्षमताको प्रणाली जडान गर्ने भएको छ । नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ५०० किलोवाट, लोमस फर्माक्युटिकल्समा २०० किलोवाट र कृष्ण टेक्सटाइल उद्योगमा २०० किलोवाट सौर्य प्रणाली छ महिनाभित्र जडान गरी सकिनेछ । त्यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले १०० किलोवाट, ब्लु बर्ड म्यानेजमेन्ट कम्पनीले ब्लु बर्ड मलमा तीन फरक फरक क्षमता गरी ३४५ किलोवाट, साङ्ग्रिला पोखराले २०० किलोवाट, सनराइज बैंकले १०० किलोवाट र दृष्टि मिडिया प्रालिले ५० किलोवाट सौर्य प्रणाली सहरी सौर्य ऊर्जा कार्यक्रममार्फत सरल कर्जामा जडान गर्न लागेका हुन् । सबै प्रणालीको क्षमता ९।६४ मेगावाट छ । वैकल्पिक ऊर्जा प्रवद्र्धक केन्द्र तथा सिभिल, एनएमबी र इन्भेस्टमेन्ट बैंकबीच सुलभ ब्याजदरमा सौर्य ऊर्जा प्रणाली जडान गर्न ऋण उपलब्ध गराउने समझदारी यसअघि नै भइसकेको छ । भारतको अघोषित नाकाबन्दीपछि सरकारले सौर्य ऊर्जा प्रणालीलाई योजनाबद्ध रुपमा अगाडि बढाउने कार्यक्रम अगाडि सारेको छ । ग्रामीण क्षेत्रमा मात्रै दिँदै आएको अनुदानलाई सहरी क्षेत्रमा समेत विस्तार गरिएको छ । ऊर्जा सङ्कटका कारण दैनिक ११ घन्टा विद्युत्भार कटौती हुँदै आएको अवस्थामा त्यसबाट त्राण पाउने उपाय भनेकै तत्कालका लागि सौर्य ऊर्जा प्रणाली भएकाले आफूहरु त्यसतर्फ आकर्षित भएको अविनाश ह्याचरीका प्रमुख गुञ्जन विष्टले राससलाई जानकारी दिए। यस्तै नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रतिनिधि दिनेश श्रेष्ठले ऊर्जा सङ्कटलाई अवसरमा बदल्ने उद्देश्यका साथ आफूहरु सौर्य ऊर्जा प्रणालीतर्फ आकर्षित भएको बताए । सौर्य ऊर्जाको क्षेत्रमा काम गर्दै आएका साइमेक्स इन्कका प्रकाश पाण्डे पछिल्लो दिनमा वैकल्पिक ऊर्जाको स्रोत खोज्ने र चासो व्यक्त गर्ने समूह बढ्दै गएको बताउछन्। वैकल्पिक ऊर्जाबाट ३० लाख लाभान्वित ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार वैकल्पिक ऊर्जाका विभिन्न माध्यमबाट हालसम्म ३० लाख बढी घरधुरी लाभान्वित भएका छन् । नेपाल सरकार र विभिन्न साझेदार संस्थाको साझेदारीबाट सञ्चालित कार्यक्रम मार्फत लघु जलविद्युत्बाट करिब २६ मेगावाट विद्युत् उत्पादन भएको छ । मुलुकभर तीन लाख ५० हजार बायो ग्यास प्लान्ट जडान गरिएको छ । यस्तै सात लाख बढी सौर्य विद्युत् प्रणाली र करिब १२ लाख सुधारिएको चुलो निर्माण भइसकेको छ । प्रहरी ब्यारेकमा बायो ग्यास सोही अवसरमा केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल र नायब प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीका सबै ब्यारेक तथा तालिम केन्द्रमा बायो ग्यास प्रणाली जडान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो । प्रहरीका २०० बढी ब्यारेकमा पहिलो चरणमा बायो ग्यास प्रणाली जडान गरिनेछ । त्यसमा प्राविधिक सहयोग केन्द्रले गर्नेछ । यस्तै निकट भविष्यमा नै सशस्त्र प्रहरी बलको ककनी तालिम केन्द्रमा समेत सो प्रणाली जडान गरिनेछ । उक्त प्रणालीको जडानपछि राष्ट्रिय प्रसारण प्रणालीबाट उपलब्ध भएको विद्युत् खपत समेत कम हुनेछ । यस्तै ती निकायमा बायो ग्यास उत्पादन गरिनेछ । ककनी तालिम केन्द्रमा त केही दिनभित्रै बायो ग्यास प्रणाली जडान गरिनेछ । सुरक्षा निकायका ब्यारेकमा जडान गरिने बायो ग्यासले वार्षिक ६० हजार सिलिन्डर विस्थापित हुनेछ । त्यसबाट रु २५ अर्बभन्दा बढी रकम जोगाउन सकिन्छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies