Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

कर्मचारी संयन्त्रलाई सुधार्ने मन्त्रालयको यस्तो छ सोंचपत्र

\"Rekha_Sharma-Final\"काठमाडौं । विद्यमान प्रशासनिक ब्यवस्था उत्तरदायी र जनमुखी नभएको भन्दै सरकारले कर्मचारी संयन्त्रलाई सुधार गर्ने योजनाका साथ सोंचपत्र जारी गरेको छ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले शुक्रबार संघीय संरचना अनुसारको निजामति सेवाको विकास तथा कर्मचारी संयन्त्रलाई रुपान्तरण गर्ने योजनासहितको सोंचपत्र जारी गरेकी हुन् । नेपाली जनताले  घरदैलोमा सहज सेवा प्राप्त गने वातावरणको  सुनिश्चितताको लागि निजामती प्रशासनलाई थप सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्यले सोचपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ । सरकारले हालै स्विकृत गरेको कार्ययोजना लगायत विगतदेखिका सुधारका कार्यक्रमलाई पनि निरन्तरता दिने मन्त्रालयको योजना छ । प्रशासनको पुनःसंरचना गर्न उच्चस्तरीय संयन्त्र सरकारले प्रशासनको पुनःसंरचना गर्न उच्चस्तरीय संयन्त्र बनाइने पनि प्रतिवद्धता जनाएको छ । ‘नेपालको संविधान बमोजिम संघीय निजामती सेवाको गठन र सञ्चालन गर्ने तथा सरकारी सेवामा कार्यरत कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने बैज्ञानिक कार्ययोजना तयार गरी दुई वर्ष भित्रैमा कार्यान्वयन सम्पन्न गर्ने गरी सार्वजनिक प्रशासनको पुनःसंरचना गर्ने उच्च स्तरीय संयन्त्रको निर्माण गरी संक्रमणकालिन व्यवस्थापनत तथा प्रशासन पुर्नसंरचना गरिनेछ ।’ जारी सोंचपत्रमा उल्लेख छ । डिभी पीआरधारीलाई कारबाहीमा कडाई मन्त्री शर्माले डिभी पीआरधारी कर्मचारीलाई कारबाहीमा कडाइ गर्ने प्रतिवद्धता पनि जनाएकी छन् । तत्कालिन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ल्याएको डीभीपीआरधारीलाई कारबाही गर्ने बताए पनि कानूनको अभावका कारबाही गर्न सकेका थिएनन् । कानून संशोधन गरिएपछि विदेशको स्थायी आवासीय अनुमति लिएका कर्मचारीमाथिको कारबाहीमा कडाइ गरिने मन्त्रालयको सोंचपत्रमा उल्लेख छ । कानून विपरित डिभी पीआर लिएका कर्मचारीमाथि तत्काल छानवीन गरि कडा कारवाही गरिने जनाइएको छ । संघीय ढाँचा अनुरुपको निजामति सेवा मुलुकको संघीय संरचना अनुरुपको निजामती सेवाको विकास गर्न संघीय ढाँचा अनुरुपको तीन तहको सरकारको कार्यसुची र सहवर्ती अधिकार बमोजिम निजामती सेवाको पुनर्संरचना गर्ने मन्त्रालयको सोंच रहेको जनाइएको छ । निजामती सेवा ऐन (२०४९) र निजामती सेवा नियमावली (२०५०) मा आवश्यक संशोधन गरी तीन महिनाभित्रमा व्यवस्थापिका संसद समक्ष विधेयक प्रस्तुत गरिने मन्त्रालयले जनाएको छ । सेवाग्राहीलाई सविधा र पहिले आउनेले पहिले सेवा प्राप्त गर्ने पद्धतिको विकासका लागि सवै निकायका फ्रन्ट डेस्क अफिसलाई सुचना प्रविधि मैत्री बनाई सेवाग्राही प्रवेश गर्दा नाम, काम र चाहेको सेवा सहितको विवरण दर्ता गर्ने व्यवस्था मिलाइने सामान्य प्रशासन मन्त्रालयको प्रतिवद्धता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies