Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

चीनमा दुर्इ सन्तान जन्माउन पाउने कानुन लागू

\"red_and_yellow_hat_in_two_babies-852x480\"बेइजिङ । चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको छ । सो कानुन शुक्रबारदेखि नै लागू भएको हो । चिनियाँ दम्पत्तिले सन् २०१६ देखि नै दुई सन्तान पाउने अनुमति पाउनेसम्बन्धी कानुन गएको अक्टोबर महिनामा नै चीन सरकारले बनाएको थियो । सोही कानुनबमोजिम आजदेखि चिनियाँ दम्पत्तिले दुई सन्तान जन्माउने अनुमति पाएका हुन् । चिनियाँ सरकारको एक सन्तान नीतिको बिगतमा आलोचना भएको थियो । सोही आलोचनापछि चीन सरकारले दुई सन्तान नीति बनाएको हो । सन् १९७० को दशकको अन्त्यतिर चीन सरकारले यो नीति बनाएको हो । चीनमा जनसङ्ख्या बृद्धिको विस्फोटक अवस्थाका कारण यस्तो नीति बनाएको बताएको थियो । चिनियाँ अधिकारीहरुले चीनको यो नीतिले चीनमा आर्थिक बृद्धिका लागि एक महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । चीनमा सन् १९७० पछिका वर्षहरुमा आर्थिक विकासमा निकै प्रगति भएको थियो । यो नीतिका कारण गएका वर्षहरुमा चीनमा कम्तीमा पनि ४० करोड नयाँ जन्म कम भएका बताइएको छ । नीति निर्माताहरुले यी नयाँ जन्महरुको कमीले पनि चीनको अर्थतन्त्रमा योगदान पु¥याएको जनाएका छन् । हुनत यसअघि पनि कतिपय ग्रामीण क्षेत्रका महिलालाई पहिलो सन्तान छोरी छ भने अर्को बच्चा जन्माउने अनुमति दिइएको थियो । त्यस्तै अल्पसङ्ख्यक समुदायका नागरिकलाई पनि दुई सन्तानको अनुमति दिइएको थियो । तर पनि पछि आएर त्यसमा परिवर्तन भएको थियो । यसका कारण चीनमा गर्भभित्रै बच्चाको लिङ्ग पहिचान गरी गर्भपतन गर्ने काममा निकै बृद्धि भएको थियो । चीन संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो । हाल यहाँको जनसङ्ख्या एक अर्ब ३७ करोड रहेको छ । अब चिनियाँ दम्पत्तिलाई दुई सन्तानको अनुमति दिइएको छ । तर पनि दोस्रो सन्तानको जन्मका लागि भने कैयौँ नियमहरु बनाइएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending