Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

डेढ करोड लिटर इन्धन बाँड्दै आपूर्तिमन्त्रालय

\"Petrol\"काठमाडौं । गत मंसिरको तुलनामा पुसमा इन्धन आपूर्ति तीन गुना बढेको छ । इन्धनको आपूर्ति बढेसँगै बाणिज्य तथा आपूर्ति मन्त्रालयले डेढ करोड लिटर इन्धन बाँड्ने तयारी गरेको छ । नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै गत तीन महिनादेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको भारतले पछिल्लो समय नेपाल सरकारले संसदमा संविधान संशोधन प्रस्तावलाई अगाडी बढाए पछि त्यसको स्वागत गर्दै पुस ४ यता इन्धन आपुर्तिलाई तीन गुना बढाएको हो । अन्य नाका खुकुलो भए पनि ७० प्रतिशत भन्दाबढी सामान भित्रिने विरगन्ज– रक्सौल नाका बन्द रहँदा ३० प्रतिशत मात्र इन्धन आपुर्ति भइरहेको छ । राजधानीबाट छोटो दुरीमा रहेको र सवैभन्दा बढी आपूर्ति हुने विरगन्ज रक्सौल नाकाबाट आपूर्ति सहज नबन्दा अभाव भने घट्न सकेको छैन । वैधानिक रुपमा ३० प्रतिशत मात्रै तेल आपूर्ति भएपनि र आयल निगमल भनेजति इन्धन नबाँड्दा पनि काठमामाडौंका सडक जाम छन् । यसको मतलव अबैधानिक र कालो बजारीबाट इन्धनको व्यापार मौलाइरहेको छ । अहिले आयल निगमसँग डिजेल एक करोड २० लाख , पेट्रोल २८ लाख र हवाइ इन्धन २१ लाख लिटर मौजात छ । यसै साता डेढ करोड लिटर इन्धन वितरण गर्ने तयारी रहेको आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ । आपूर्ति मन्त्री गणेशमान पूनका अनुसार ‘मंसिरको तुलनामा पुस सुरुदेखि नै इन्धनको आपूर्ति बढेको छ आपूर्ति सहज बनाउन आयल निगम अन्तरगतका सवै डिपोहरुलाई निर्देशन दिइसकिएको छ ।’ थानकोट डिपोमा करिब १३ लाख लिटर पेट्रोल मौज्दात छ । निजि कार , जिप , भ्यानलाई यसै साताभित्र पेट्रोल वितरण गरिने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमेरेले बताए । चारपांग्रे सवारी साधनलाई करिब १० लाख लिटर पेट्रोल वितरण गर्ने निगमको रहेको छ तर दुइ पांग्रेलाई तत्काल नदिइने भएको छ । प्रबक्ता घिमिरेले मौज्दात बढेकाले शुक्रबार डिजेल वितरण पनि बढाउने बताए  । हाल देशभर दैनिक आठ देखि ९ लाख लिटर सम्म डिजेल वितरण भइरहेकोमा शुक्रबारदेखि १६ लाख लिटर सम्म वितरण हुने उनको भनाइ रहेको छ । नाकाबन्दीको केही समय पछि निगमले अन्तराष्ट्रिय उडान भर्ने विमानलाई इन्धन उपलव्ध गराउन छाडेको थियो । तर , अहिले निगमसँग २१ लाख लिटर मौज्दात रहेकाले अन्तराष्ट्रिय उडान भने विमानलाई पनि चाँडै इन्धन दिने निगमले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: