Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

डेढ करोड लिटर इन्धन बाँड्दै आपूर्तिमन्त्रालय

\"Petrol\"काठमाडौं । गत मंसिरको तुलनामा पुसमा इन्धन आपूर्ति तीन गुना बढेको छ । इन्धनको आपूर्ति बढेसँगै बाणिज्य तथा आपूर्ति मन्त्रालयले डेढ करोड लिटर इन्धन बाँड्ने तयारी गरेको छ । नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै गत तीन महिनादेखि नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदै आएको भारतले पछिल्लो समय नेपाल सरकारले संसदमा संविधान संशोधन प्रस्तावलाई अगाडी बढाए पछि त्यसको स्वागत गर्दै पुस ४ यता इन्धन आपुर्तिलाई तीन गुना बढाएको हो । अन्य नाका खुकुलो भए पनि ७० प्रतिशत भन्दाबढी सामान भित्रिने विरगन्ज– रक्सौल नाका बन्द रहँदा ३० प्रतिशत मात्र इन्धन आपुर्ति भइरहेको छ । राजधानीबाट छोटो दुरीमा रहेको र सवैभन्दा बढी आपूर्ति हुने विरगन्ज रक्सौल नाकाबाट आपूर्ति सहज नबन्दा अभाव भने घट्न सकेको छैन । वैधानिक रुपमा ३० प्रतिशत मात्रै तेल आपूर्ति भएपनि र आयल निगमल भनेजति इन्धन नबाँड्दा पनि काठमामाडौंका सडक जाम छन् । यसको मतलव अबैधानिक र कालो बजारीबाट इन्धनको व्यापार मौलाइरहेको छ । अहिले आयल निगमसँग डिजेल एक करोड २० लाख , पेट्रोल २८ लाख र हवाइ इन्धन २१ लाख लिटर मौजात छ । यसै साता डेढ करोड लिटर इन्धन वितरण गर्ने तयारी रहेको आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ । आपूर्ति मन्त्री गणेशमान पूनका अनुसार ‘मंसिरको तुलनामा पुस सुरुदेखि नै इन्धनको आपूर्ति बढेको छ आपूर्ति सहज बनाउन आयल निगम अन्तरगतका सवै डिपोहरुलाई निर्देशन दिइसकिएको छ ।’ थानकोट डिपोमा करिब १३ लाख लिटर पेट्रोल मौज्दात छ । निजि कार , जिप , भ्यानलाई यसै साताभित्र पेट्रोल वितरण गरिने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमेरेले बताए । चारपांग्रे सवारी साधनलाई करिब १० लाख लिटर पेट्रोल वितरण गर्ने निगमको रहेको छ तर दुइ पांग्रेलाई तत्काल नदिइने भएको छ । प्रबक्ता घिमिरेले मौज्दात बढेकाले शुक्रबार डिजेल वितरण पनि बढाउने बताए  । हाल देशभर दैनिक आठ देखि ९ लाख लिटर सम्म डिजेल वितरण भइरहेकोमा शुक्रबारदेखि १६ लाख लिटर सम्म वितरण हुने उनको भनाइ रहेको छ । नाकाबन्दीको केही समय पछि निगमले अन्तराष्ट्रिय उडान भर्ने विमानलाई इन्धन उपलव्ध गराउन छाडेको थियो । तर , अहिले निगमसँग २१ लाख लिटर मौज्दात रहेकाले अन्तराष्ट्रिय उडान भने विमानलाई पनि चाँडै इन्धन दिने निगमले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending