Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

यी हुन् आगामी १० वर्षमा न्यूयोर्कलाई उछिन्ने विश्वका ६ सहर (फोटो सहित)

एजेन्सी ।  विकसित देशहरु सबैभन्दा भव्य र सानदार सहर कसले बनाउने भन्ने होडबाजीमा छ । यही होडबाजीको क्रममा आजसम्मको सबैभन्दा भव्य सहर भनेर न्युयोर्क, लन्डन र हङकङलाई चिनिदै आएको छ । तर आगामी १० वर्ष भित्रमा ती सहरहरुलाई पनि उछिनेर केही त्यस्ता नयाँ सहरहरु बन्ने पक्कापक्की भइसकेको छ । यतिसम्म की, आगामी दशकभित्रमा ति सहरहरु विश्वकै सवार्धिक महंगो र समृद्ध सहरको सूचीमा देखिनेछन् । अनुसन्धाताहरुका अनुसार विश्वका केही सहरहरुको विकास दिन दुई गुना रात चारगुनाको दरमा हुन थालेको छ । आखिर कुन कुन शहरहरु जुन आगामी १० भित्रमा समृद्धिको चुचुरोमा पुग्ने ? आउँनुहोस् यसबारेमा जानकारी हासिल गरौं । १. ह्वसोङ : दक्षिण कोरिया \"korea-750\" कोरियाको स्योलबाट दक्षिणतर्फ रहेको यो सहर कोरियाभन्दा बाहिर धेरै चिनिएको सहर होइन । यद्यपि, पछिल्लो समयमा अत्याधिक समृद्ध बन्दै आएको छ । धेरै चर्चामा नआए पनि हुन्डाई, सामसुङ, किया र एलजीजस्ता ठूला कम्पनीहरु जन्माउनुमा यो सहरको भुमिका छ । साथै, पछिल्लो समय रियल स्टेटको क्षेत्रमा अत्याधिक रुपमा बढ्दो दलगानीले यो सहरको समृद्धि बढाएको छ । चीनसँग नजिक रहेको अर्को ठूलो सहर प्योङटेकसँग नजिकको सहर हुनुको आर्थिक फाइदा पनि यो सहरले राम्ररी उपभोग गरेको छ । यही कारण पनि यो सहरलाई आगामी दशकभित्रै विश्वका महंगा र ठूला सहरको सूचीमा देख्न थालिएको छ । २. राईन–रुर जर्मनी \"garmany-750\" जर्मनीको यो सहर पहिले नै एक अति सफल सहरीकरण भएको क्षेत्रको रुपमा चिनिदैं आएको छ । लण्डन र पेरिसपछि युरोपकै तेस्रो ठूलो सहर हो यो । यसका साथै ५ सय वटा ‘१२ फर्चुन’ कम्पनीहरुसहित अति ठूला पावर हाउस उद्योग र अन्य ब्यवसायको केन्द्रको रुपमा पनि यो सहरलाई चिनिन्छ । ३.दोहा, कतार \"download-750\" न्युयोर्क, लन्डन वा हङकङलाई पनि उछिनेर दोहा अगाडि लम्केको भन्ने धेरै अनुसन्धाताहरुको तर्क छ । यो सहर एउटा उदीयमान सहर बनेकोमा धेरै सहमत छन् । प्रतिव्यक्ति आयको क्षेत्रमा अति थोरै ‘राइजिङ स्टार’ सहरमध्ये यो सहर एक भएको अनुमान गरिएको छ । जब कि, यो देश विश्वकै धनी देशहरुमध्येको एउटा देशको रुपमा दाखिला भइसकेको छ । साथै, सन् २०२२ मा हुने भनिएको विश्वकपका लागि लक्षित गर्दै भएका ठूला लगानीहरुले पनि यो सहरलाई थप समृद्धितिर बढाइरहेका छन् । ४. मकाउ \"download कति छोटो समयमै विकास र परिवर्तन गर्न सकिन्छ भन्ने कुराको एउटा उदाहरण हो–मकाउ सहर । यो सहर यति छिटो विकास भएको छ कि, सन् २०२५ सम्ममा विश्वकै सर्वा्िधक महंगो सहर बन्दैंछ । गत वर्ष मात्रै खस्किँदो अवस्थामा रहेको यो सहर यति छोटो अवधिमै विकास भएको हो । यहाँको भ्रष्टाचार विरोधी नीति लागु भएपछि यहाँका क्यासिनोहरुमा ठूलो धक्का पुग्यो । कारण यो सहरको अर्थतन्त्र यति खस्केर १७ प्रतिशतमा पुग्यो, जुन यहाँको अर्थतन्त्रको मुख्य आधार पनि थियो । यद्यपि, आगामी वर्षमा आर्थिक वृद्धिको ठूलो अपेक्षा गरिएको छ । तर, विज्ञहरुले भने मकाउले आर्थिक वृद्धिका अन्य स्रोतहरुको खोजी गर्नैपर्छ भन्ने सुझाव दिएका छन् । ५. बर्गेन : नर्वे \"narbe-750\" नर्वेका सहरहरुमध्ये बर्गेन दोस्रो धेरै जनसंख्या हुने सहरमा पर्छ । नर्वेको समग्र अर्थतन्त्रमा यो सहरको पहिलेदेखि नै सर्वा्िधक भूमिका रहँदैं आएको छ । तर, म्याकिन्सेका अनुसन्धाताहरुको अनुसन्धानअनुसार छिट्टै यो सहर विश्वकै महंगो सहरमध्ये अगाडि आउनेछ । जलविद्युत् तथा उर्जा उद्योग, समुद्री तथा अन्य ढुवानीको लागि यो सहर एक केन्द्रको रुपमा चिनिदैं आएको छ । ६. ट्रोन्डेम : नर्वे \"narbe नर्वेकै अर्को सहर ट्रोन्डेम मोवाइल टेक्नोलोजीको जन्मथलोको रुपमा चिनिन्छ । यो सहर त्यो हो जहाँ सन् १९८० मा जिसएम सिस्टमको विकास भएको थियो । त्यही बेलादेखि नै यो सहरमा स्थानीय उपकरणहरुको समेत अत्याधिक विकास हुँदैं आएको छ । र यस्ता कम्पनीहरुको संख्या बढेर अहिले ५५० भन्दा बढी पुगेको छ । जहाँ प्रत्येकमा १० हजारभन्दा बढी कामदार छन् । स्रोतः सीएनएन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies