एक हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए । त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र आदि रहेका थिए ।
हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए । अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए ।सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो । पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो ।
राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए ।७. पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए । अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो । ८. पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा प¥यो । त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए । तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए । तर कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए । त्यसपछि त जयन्त रानालाई उनले गर्नु नगर्नु सास्ती गरे । जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो । जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ । ९. इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि, पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हड्पिएका थिए । द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन् । बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे ।
जयन्त रानालाई उनले गर्नु नगर्नु सास्ती गरे । जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो ।१०.बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ । तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए । नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोर राखिन्छ । त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन् । जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो । (पुष्प मुनकःमि)
प्रतिकृया लेख्नुहोस्: