Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

सुँडेनीको गल्तीले महिलाको ओडारमा बास

जाजरकोट । पाठेघरमा असर परेपछि दिमागको सन्तुलन गुमाएर लहँ–८ लबिसाकी एक महिला जङ्गलको ओडारमै बास बस्न थालेको पाँच वर्ष बितिसकेको छ । ती महिला कालिका खड्का २०५५ सालमा गर्भवती भएपछि बच्चा जन्माउन नसक्दा गाउँघरकै सुँडेनीले हात हालेर बच्चा झिक्न खोज्दा उनको पाठेघर फुटेको स्थानीय जानकारहरु बताउँछन् । समयमै उपचार पाउन नसकेपछि शारीरिक अवस्था बिग्रँदै गई कालिकाले मानसिक सन्तुलन गुमाएको स्थानीयवासी प्रतिभा खड्काले बताइन । उनले पिसाब एक सेकेन्ड पनि रोक्न सक्दिनन्, जतिबेला पनि उनको पिसाब बगिरहन्छ । अचेत अवस्थामै बोल्ने कालिकाले आफूलाई सबैभन्दा बढी टाउकोमा असर परेको छ भन्छिन् । उचित उपचार पाउन नसकेकी कालिकाले मानसिक सन्तुलन गुमाएर ओडारमा बास बस्ने गरेपनि २०६७ सालसम्म घरमै बस्ने गरेको स्थानीयवासी वीरबहादुर खड्काको भनाइ छ । विगत पाँच वर्षदेखि मात्र कालिकाले आफ्नो घर छोडेर लहँ–६ खाराको जङ्गलमा रहेको एक ओडारमा बास बसिरहेकी छिन् । बाह्रै महिना ओडारमै बास बसिरहेकी खड्काले आगोको मात्र सहारा लिने गरिरहेकी लहँ–६ का अमर वलीको भनाइ छ । हेर्दा जीवनको कठिनपूर्ण संघर्षवाट प्रकृतिलाई नै जितिसकेकी जस्तो देखिने कालिकाको साथमा एउटा हँसिया मात्र छ । त्यही हँसियाले जङ्गलमा दाउरा बनाउने र काट्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उमेरले ४० वर्ष पुगेकी कालिकाको परिवार पनि उपचार गर्नसक्ने अवस्थामा छैन । उनले अझै पनि उपचार पाउन सके मानसिक तथा शारीरिक दुबै हिसाबले सञ्चो हुनसक्ने धेरैले अनुमान गर्दै आएका छन् । कालिकाका श्रीमान् मक्करबहादुर खड्का भने उनलाई वास्तै नगरी अर्को विवाह गरेर लहँकै कालिमाटीमा बस्दै आएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies