Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

चिसोले भूकम्पपीडितको दिनचर्या पीडादायी बन्दै

\"tripal\"चौतारा । सिन्धुपाल्चोकको चौतारा नपा ९ का ८६ वर्षीय रणबहादुर भुजेललाई यस वर्षको जाडो कटाउन हम्मेहम्मे परिरहेको छ । वरिपरि खुला रहेको जस्ताको टहरामा एउटा गुन्द्री र पातलो ओढ्नेको भरमा रात गुजार्नु पर्दा चिसोले यस वर्षको हिउँद कटाउन हम्मे परेको हो । हुप्प फुलेको मुहार, आँखाभरि कचेरा, कान कम सुन्ने र पक्षघातका रोगी एकल पुरुष भुजेललाई सरकारले न्यानो कपडा किन्न दश हजार दिने कुरा समेत थाहा नभएको बताउँछन् । ‘यो वर्षको जाडो कटाउन ज्यादै मुस्किल पर्ने भो, बाँचिन्न कि क्या ?  उनी मसिनो आवाजमा प्रश्न गर्छन् –‘भुइँचालोले यस्तो हबिगत गरायो ।” गाउँमा विभिन्न संस्थाले दिएको मण्डी समेत आफूहरुले नपाएको उनको परिवारले गुनासो गरेका छन् । मगुवा गाउँका ८३ वर्षीय कालु गुरुङको पनि उनकै जस्तो हबिगत रहेको छ । कान नसुन्ने गुरुङ त्रिपालको भरमा रात गुजार्न विवश छन् । पच्चीस वर्षको उमेरमा श्रीमान् गुमाएकी ठुलोसिरुवारी ४ पाँचमुरेकी ५१ वर्षीया चिनीमाया तामाङको कष्ट भनिसाध्य छैन । जस्ताको टहरामा चारैतिर चिसो र भुइँ झनै चिसो भएपछि रात कटाउन ज्यादै कठिन भएको बताउँछिन् । छोराबुहारी र नातिनातिना सहित ५ जनाको परिवारसँगै बस्दै आएकी तामाङ गुनासो गर्छिन् –‘सरकारले घर बनाउन दिने भनेको रकम कहिले दिने हो पत्तो छैन । न्यानो कपडा किन्न दिने भनेको दश हजार पनि जाडो सकिएपछि मात्र दिने हो कि ? ‘ यिनीहरु मात्र नभई जिल्लाका करिब ८० हजार परिवारको यस्तै व्यथा र पीडा रहेका छन् । वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पले प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोकमा बढी धनजनको क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार जिल्लामा ३ हजार ५६६ जनाको मृत्यु भएको छ । यसमा पुरुष एक हजार ५६, महिला एक हजार ५५५, बालक ४४३ र बालिका ५१२ छन् । त्यस्तै एक हजार ५६९ जना घाइते भएका छन् । यसैबीच, नेपाल सरकारले न्यानो कपडा किन्न दश हजारका दरले दिने भनिएको ७० करोड बजेट निकासा  भएको छ । उक्त रकम भूकम्पपीडितलाई वितरण गर्न सोमबारदेखि गाविसमा निकासा पठाइने सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए । पछिल्लो जनगणनाअनुसार जिल्लामा ६६ हजार ३ सय घरधुरी रहेका छन् ।  भूकम्पपीडित परिचयपत्र बनाउने ८४ हजारलाई रु १५ हजार राहत वितरण गरिएको सन्दर्भमा अहिले झन्डै रु १४ करोड घटी निकासा आएको छ । रकम कम आएकाले वितरण गर्न समस्या भएको सप्रजिअ आचार्यले भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: