Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

रासायनिक मलमा व्यापक कालोबजारी

\"urea\"भक्तपुर  । जिल्लाका किसानका लागि ल्याइएको रासायनिक मलमा कालोबजारी भएको कृषकले गुनासो गरेका छन् । सहज रुपमा नपाइए पछि बढी मूल्य तिरेर मल लिनुपरेको कृषक बताउँछन् । थिमि नगरपालिका सिन्टिटारका रामकृष्ण थापाले एकबोरा युरिया मललाई दुई हजार २०० तिरेको बताए । ‘लाइन बसेर मल लिन सकिएन, महङ्गोमा किन्न बाध्य हुनुप¥यो’ उनले भने । जिल्ला सहकारी सङ्घसहित विभिन्न सहकारी संस्थाले मल बिक्री गरेपनि कतिपय किसानले बढी मूल्य तिरेरै खरिद गर्नुपरेको छ । सूर्यबिनायक नगरपालिका सिपाडोलका रामेश्वर बोहजूले गहुँ छर्न ढिला भएपछि महङ्गोमा मल किनेको बताए  । ‘सहकारीले ल्याएको मल पहिला आफ्नो सदस्यलाई दिने, बढी भए मात्रै अरुलाई दिने भनेपछि बाध्य भएर बढी मूल्य तिरेर मल किन्नु प¥यो’ उनले भने । सहकारी संस्थाले ल्याएको मल सहकारीका सदस्यले कुपनबाट लिएर जाने र गाउँमा लगेर बढी मूल्यमा बिक्री गर्ने गरेको किसानको गुनासो छ । नंखेलका किसान रुद्र खड्काले सहकारीका सदस्य एकै परिवारले घरका सबै व्यक्तिका नाममा मल लिने र बढी मूल्यमा बिक्री गर्ने गरेको बताए । जिल्लाका अधिकांश सहकारीले आफ्ना सदस्यलाई प्राथमिकतामा राखेर मल वितरण गरेका छन् । सहकारी भन्दा बाहिरबाट कतिपय व्यापारीले नै मल ल्याएर कालोबजारी गरेको पाइएको छ । ‘बढी मूल्य तिरे मल पाइन्छ, लाइन बसेर पाइन्न, मल आउनु अघि नै आफ्ना मान्छेलाई कुपन दिने गरेको पाइयो’ थिमिका किसान सन्तकुमार प्रजापतिले गुनासो गरे । जिल्लामा सहकारी सङ्घ र अन्य सहकारीले ल्याएको युरिया मल प्रतिबोरा रु एक हजार ३५० मा वितरण गरेको सहकारी सङ्घका अध्यक्ष सुरेन्द्रप्रताप शाहले बताए ।  सल्लाघारीस्थित सङ्घको कार्यालयबाटै लाइन बसेकालाई कुपन उपलब्ध गराएर मल वितरण गरेको र सहकारीले वितरण गरेको मलमा कालोबजारी नभएको उनले दाबी गरे । जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुङ्गानाले जिल्लाका लागि ७०० टन मल बिलिङ्ग भएको र अहिलेसम्म एक हजार ९०० मेट्रिक टन मल भित्रिएको बताए । अनुगमनपछि कालोबजारी पूर्णरुपमा रोकिएको उनको दाबी छ । ‘एक हजार ३५० बढीमा मल बिक्री गरेको पाइए कालोसूचीमा राखेर कारबाही गछौं उनले भने । सुरुमा ९२ वटा संस्थाले मल ल्याएकोमा पछिल्लो पटक ४३  संस्थालाई अनुमति दिएको ढुङ्गानाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending