Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

रासायनिक मलमा व्यापक कालोबजारी

\"urea\"भक्तपुर  । जिल्लाका किसानका लागि ल्याइएको रासायनिक मलमा कालोबजारी भएको कृषकले गुनासो गरेका छन् । सहज रुपमा नपाइए पछि बढी मूल्य तिरेर मल लिनुपरेको कृषक बताउँछन् । थिमि नगरपालिका सिन्टिटारका रामकृष्ण थापाले एकबोरा युरिया मललाई दुई हजार २०० तिरेको बताए । ‘लाइन बसेर मल लिन सकिएन, महङ्गोमा किन्न बाध्य हुनुप¥यो’ उनले भने । जिल्ला सहकारी सङ्घसहित विभिन्न सहकारी संस्थाले मल बिक्री गरेपनि कतिपय किसानले बढी मूल्य तिरेरै खरिद गर्नुपरेको छ । सूर्यबिनायक नगरपालिका सिपाडोलका रामेश्वर बोहजूले गहुँ छर्न ढिला भएपछि महङ्गोमा मल किनेको बताए  । ‘सहकारीले ल्याएको मल पहिला आफ्नो सदस्यलाई दिने, बढी भए मात्रै अरुलाई दिने भनेपछि बाध्य भएर बढी मूल्य तिरेर मल किन्नु प¥यो’ उनले भने । सहकारी संस्थाले ल्याएको मल सहकारीका सदस्यले कुपनबाट लिएर जाने र गाउँमा लगेर बढी मूल्यमा बिक्री गर्ने गरेको किसानको गुनासो छ । नंखेलका किसान रुद्र खड्काले सहकारीका सदस्य एकै परिवारले घरका सबै व्यक्तिका नाममा मल लिने र बढी मूल्यमा बिक्री गर्ने गरेको बताए । जिल्लाका अधिकांश सहकारीले आफ्ना सदस्यलाई प्राथमिकतामा राखेर मल वितरण गरेका छन् । सहकारी भन्दा बाहिरबाट कतिपय व्यापारीले नै मल ल्याएर कालोबजारी गरेको पाइएको छ । ‘बढी मूल्य तिरे मल पाइन्छ, लाइन बसेर पाइन्न, मल आउनु अघि नै आफ्ना मान्छेलाई कुपन दिने गरेको पाइयो’ थिमिका किसान सन्तकुमार प्रजापतिले गुनासो गरे । जिल्लामा सहकारी सङ्घ र अन्य सहकारीले ल्याएको युरिया मल प्रतिबोरा रु एक हजार ३५० मा वितरण गरेको सहकारी सङ्घका अध्यक्ष सुरेन्द्रप्रताप शाहले बताए ।  सल्लाघारीस्थित सङ्घको कार्यालयबाटै लाइन बसेकालाई कुपन उपलब्ध गराएर मल वितरण गरेको र सहकारीले वितरण गरेको मलमा कालोबजारी नभएको उनले दाबी गरे । जिल्ला कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुङ्गानाले जिल्लाका लागि ७०० टन मल बिलिङ्ग भएको र अहिलेसम्म एक हजार ९०० मेट्रिक टन मल भित्रिएको बताए । अनुगमनपछि कालोबजारी पूर्णरुपमा रोकिएको उनको दाबी छ । ‘एक हजार ३५० बढीमा मल बिक्री गरेको पाइए कालोसूचीमा राखेर कारबाही गछौं उनले भने । सुरुमा ९२ वटा संस्थाले मल ल्याएकोमा पछिल्लो पटक ४३  संस्थालाई अनुमति दिएको ढुङ्गानाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending