Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

घरेलु कामदारबारे म्यानपावर ब्यवसायीहरु विभाजित

\"baideshik-rojgar-mahila\"काठमाडौं । वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउन सरकारले तयार पारेको निर्देशिकाका सम्बन्धमा म्यानपावर ब्यवसायीहरु नै विभाजित भएका छन् । वैदेशिक रोजगार ब्यवसायीहरुको छाता संगठन नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले श्रम तथा रोजगार मन्त्रालयले तयार गरेको निर्देशिक २०७२ संशोधन नगरेसम्म कामदार पठाउने नसक्ने बताए पनि अन्य ब्यवसायीहरुले सोही निर्देशिकाअनुसार थप २५ लाख धरौटी जम्मा गरिसकेका छन् । सरकारको सोही निर्देशिकाअनुसार घरेलु कामदार पठाउँन स्वीकृत पाएका २९ वटा म्यानपावर कम्पनीहरुले घरेलु कामदार पठाउन थप २५ लाख धरौटी राखेका छन् । म्यानपावर ब्यवसायीहरुले थप २५ लाख रकम धरौटी राखेर पनि संघकै कारण घरेलु कामदार पठाउन नपाएको भन्दै उनीहरुले छुट्टै संस्था गठन गरेका छन् । ‘एसोसियसन अफ डोमेष्टिक वर्कर रिक्रुटिङ एजेन्सी’ नामक संस्था गठन गरेका छन् । संघका निवर्तमान महासचिव कमल तामाङको अध्यक्षतामा  १० सदस्यीय तदर्थ समिति गठन गरिएको उनीहरुले बताएका छन् । तामाङ हिमारब ओभरसिज प्रा.लि.का सञ्चालक हुन् । संघकै पूर्वअध्यक्ष एलपी साँवा लिम्बु, बलवहादुर तामा, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष किरणकिशोर घिमिरे लगायतले पनि नयाँ संस्थालाई साथ दिएका छन् । हालसम्म घरेलु कामदार पठाउन ४९ वटा म्यानपावर कम्पनीहरु सूचीकृत छन् । सूचिकृत भएका मध्ये मध्ये २९ वटा म्यानपावर कम्पनीहरुले मात्रै थप २५ लाख धरौटी जम्मा गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले घरेलु कामदार पठाउन श्रम तथा रोजगार मन्त्रालयले तयार गरेको निर्देशिक २०७२ मा आधारभूत संशोधन नगरेसम्म कामदार पठाउने प्रक्रृयामा सहभागी नहुन सूचीकृत म्यानपावर कम्पनीहरुलाई निर्देशन दिए पनि अस्वीकार गर्दै सोही निर्देशिका अनुसार नै प्रक्रियामा सहभागी भएका छन् । संघले  आफ्नो निर्देशन विपरित घरेलु कामदार पठाउने प्रक्रृयामा सहभागी हुने म्यानपावर कम्पनीको सदस्यता खारेज गर्नेसम्मको चेतावनी दिएको छ । तर संघको निर्देशनविपरीत म्यानपावर कम्पनीहरु जान नसक्ने संघका पदाधिकारीहरु बताउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending