Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

यसकारण बाेली फेरियाे बाबुरामकाे

\"BABURAM-BHATTARAI-01-400\"काठमाडौं । एकीकृत माओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागि परेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यति बाेली फेर्न थालेका छन् । केही दिनयता भारत र मधेसी दलहरूविरूद्ध अभिब्यक्ति दिन थालेका छन् । नयाँ संविधान जारी गर्नेबेलामा आफैले हस्ताक्षर गरेर मधेसको पक्षमा उभिने जनाएका भट्टराई अहिले भारत र मधेसविरोधी अभिब्यक्ति दिन थालेका हुन् । माओवादीमै रहँदा पनि भारत परस्त भनी आरोप लाग्ने गरेका भट्टराई पछिल्लो पटक मधेसी दलहरुलाई समेत साथमा लिएर नयाँ शक्ति निर्माण अभियानमा जुटेका थिए । आफूले मधेसी दलहरुको आन्दोलनलाई पनि साथ दिएर उनीहरुलाई पनि आफ्नो अभियानमा लगाउने रणनीति बनाउँदै भट्टराईले भारतको साथ लिन चाहेका थिए । तर उनको नयाँ शक्तिलाई बेवास्ता गर्दै भातर आफैले मधेसी मोर्चाका नेताहरुलाई बोलाएर छलफल थालेपछि उनी भारतप्रति रुष्ट भएको स्रोतको भनाइ छ । भारतले आफूलाई साथ नदिइ मोर्चाका नेताहरुलाई डाकेर छलफल थालेपछि रुष्ट बनेका भट्टराईले आन्तरिक मामिलामा विदेशीलाई गुहार्न नहुने अभिब्यक्ति दिएका थिए । शनिवार नयाँ शक्ति निर्माण अभियानकै क्रममा धनगढी पुगेका उनले भारतविरोधी अभिब्यक्ति दिएका छन् । भारतको खराब नियत पुरानै भारतको अहिले मात्र नभइ पहिलेदेखि नै नियत खराब रहेको भट्टराईले बताउँन थालेका छन् । एक्कासी भारतको आलोचक बन्दै भट्टराईले मधेसी जनतालाई साथ दिएजस्तो गरी भारतले आफ्नो स्वार्थ पूरा गर्न खोजेको समेत भारतसँगै सीमा जोडिएको जिल्लामा गएर अभिब्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भट्टराईले नेपालका राजनीतिक दलका नेताहरु अदुरदर्शी रहेकोसमेत टिप्पणी गरे । राजनीतिक दलका शीर्ष नेताहरुको अदुरदर्शिताकै कारण अहिले मुलुकले समस्या भोग्नुपरेको समेत उनले बताए । मधेसी दलहरुको साथ दिने भन्दै एमाओवादी छाडेपछि मधेस दौडाहामा समेत गएका भट्टराईले पछिल्लो समय बोली फेर्दै जानुलाई केहीले भट्टराईको रणनीति पनि हुन सक्ने आशंका गरेका छन् । नयाँ शक्ति निर्माणमा जनयुद्धकै सम्झना मुलुकका पूराना शक्तिहरुबाट मुलुक बन्न नसक्ने भन्दै नयाँ शक्ति निर्माण अभियानमा जुटेका भट्टराईले नयाँ शक्ति निर्माणका क्रममा पनि जनयुद्धकै सम्झना गर्न थालेका छन् । नयाँ शक्ति निर्माण अभियानका क्रममा देशब्यापी रुपमा छलफल, अन्तरक्रिया तथा बहस सञ्चालन गर्दै आएका भट्टराईले कैलालीको फूलबारीमा भएको कार्यक्रमलाई जनयुद्धकै स्मरण गरेका छन् । फूलबारीमा भएको कार्यक्रममा मंसिरको चिसो समयमा पनि राती अबेरसम्म जनसमुदायको सहभागिता देखेपछि उनले जनयुद्धलाई सम्झिएका हुन् । ‘कैलालीको फूलबारीमा नयाँ शक्ति अभियान, मंसिरको चिसोमा राती अबेरसम्म जनसमुदायको उत्साहजनक उपस्थिति, जनयुद्धकालको झल्को’ भनी भट्टराईले ट्वीट गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending