Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

रोल्पाका दुई नेपाली साउदीको जेलमा, उद्धारको आग्रह

\"karagar\"साउदी अरब । विगत दुई वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका दुई नेपालीले उद्धारका लागि आग्रह गरेका छन् । अदालतले तोकेको जेल सजाय पूरा भएको महिनौं बितीसक्दा पनि जेल मुक्त नगरेको भन्दै रोल्पा जिनावांग–३ का २४ वर्षीय गणेश ओली र सोही स्थानका २९ वर्षीय रमेश गुरुङले उद्धारका लागि सहयोग गर्न आग्रह गरेका हुन् । काठमाडौँमा रहेको सोसियल मेनपावरमार्फत् चार वर्षअघि रोजगारीका लागि साउदी अरब आएका उनीहरु चोरी मुद्दामा जेल परेका हुन् । औषधि आपूर्ति गर्ने एक कम्पनीमा लोडीङ कामदारकारुपमा कार्यरत उनीहरुलाई औषधि चोरी गरेको आरोपमा कम्पनीले जेल हालेको हो । २७ महिनाअघि जेल परेका उनीहरु हाल जेद्धास्थित आम जेलमा रहेका छन् । ‘हामीले दैनिकजसो औषधि लोडअनलोड गथ्र्यौँ, एक दिन औषधि अनलोड गर्ने क्रममा औषधिको परिमाणमा तलमाथि देखिएपछि हामीलाई चोरी गरेको आरोपमा जेल हालियो, हामी निर्दोष छौँ, हामीसँगै कामगर्ने एक साउदी नागरिकले हामीलाई फसाएको हो,’ पीडित गणेश ओलीले भने । पीडित ओलीका अनुसार अदालतले डेढ वर्षको जेल सजाय सुनाएको भएपनि जेल परेको २७ महिना बितीसक्दासम्म पनि जेल मुक्त गरिएको छैन । जेल सजाय पूरा भएपछि घर जाने आशामा रहेका उनी जेल मुक्त नगरेपछि चिन्तित वनेका छन् । जेल जीवन विताइरहेका अर्का पीडित रमेश गुरुङले आपूmहरुले विनाकसुर जेलसजाय भोग्नु परेको दुखेसो गरे । हामीले त कम्पनीले दिएको परिमाणअनुसार सामान चढाउने र झार्ने काम गरेका हौँ, हामीलाई सँगै कार्यरत साउदी नागरिक र सुडानी ड्राईभरले फसाएको हो । अदालतले तोकेको जेल सजाय नौ महिना अघि नै पूरा भइसक्यो, तर हामीलाई जेल मुक्त गरिएको छैन, पीडित गुरुङले भन्नुभयो, दूतावासमा सम्पर्क गर्दा फोन उठ्दैन, हाम्रो मुद्दा के भइरहेको छ बुझिदिने कोही भएन, हामी त जेलमै सड्ने भयौँ, हामीलाई यहाँबाट कसले उद्धार गर्ला ? यता जेद्धास्थित महावाणिज्य दूतावासका वाणिज्यदूत मनहरी दङ्गालले भने कार्यव्यस्तताका कारण सो मामिला जानकारीमा आएपनि बुझ्न नसकिएको प्रतिक्रिया दिए । ‘जेलबाट उनीहरुले फोन गर्नुभएको थियो, तर कार्यालयमा म एक्लै भएका कारण सो विषयमा केही बुझ्न र प्रकृया अगाडि बढाउन मौका मिलेको छैन,” दङ्गालले भने । घर बिदामा स्वदेश गएका कार्यबाहक महावाणिज्यदूत सुधिर भट्टराई फर्केपछि मात्र सो विषयमा जेल र अदालतबाट जानकारी लिई आवश्यक प्रकृया अगाडि बढाइने दङ्गालले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending