Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

महरालाई अख्तियारले पत्र काटेकोप्रति एमाओवादी बैठकमा आपत्ति

\"file

काठमाडौं । एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा जनतातर्फ फर्कने कार्ययोजना तत्काल ल्याउन केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार जारी बैठकमा पार्टी शान्ति प्रक्रियामा आएदेखि नै जनताको भावनालाई र चाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न आग्रह गरेका हुन् ।

पार्टीको आधार भुल्ने, जनताको एजेन्डाबाट कट्ने, सुख–दुःखमा साथ नदिने प्रवृत्तिले पार्टी, क्रान्ति र नेतृत्वको समेत हित नगर्ने भएकाले तत्काल पार्टीभित्र सुधारको आवश्यकता भएको नेताहरुले धारणा राखेका थिए ।

मुलुकको राष्ट्रिय अस्मिता संकटमा परेको, सार्वभौमसत्तामाथि लगातार आक्रमण हुँदासमेत पार्टीले प्रस्ट अडान लिन नसकेको, समग्र अवस्थाकाबारेमा ध्यान दिन नसकेको भन्दै मंगलबार बोल्ने केही नेताहरुले भने पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

विभिन्न टुक्रामा विभक्त माओवाद मान्ने पार्टी र दलबीच एकता प्रक्रिया सुरु गर्न र त्यसका लागि आवश्यक लचकता अपनाउनसमेत उनीहरुले जोड दिएका थिए ।

संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयन गराउनु पार्टीको प्रमुख दायित्व भएपनि पार्टीले राख्दै आएको फरक मतलाई पनि सँगसँगै जनतामा लैजान पनि केन्द्रीय सदस्यहरुले पार्टीको शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा अडान राखेकै आधारमा पार्टीलाई नै सिध्याउने ढंगले महासचिव कृष्णबहादुर महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेकोमा आपत्ति प्रकट गरिएको थियो ।

बैठकमा आयोगले जानी–बुझीकन पत्र काटेको भन्दै लामो समय भइसक्दासमेत पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेताहरुले किन त्यस्तो भएको हो, सो बारेमा प्रस्ट पार्न आग्रह गरेका थिए ।

मंगलबारको बैठकमा प्रवक्ता दीनानाथ शर्मा, विश्वनाथ साह, हितबहादुर तामाङ, विषमलाल अधिकारी, प्रकाश पोखरेल, कमला रोका, दृवराज रेग्मी, समिता कार्की, विमला सुवेदी, चित्रबहादुर श्रेष्ठ, श्रीप्रसाद जगेवु र वसन्तकुमार शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव हितराज पाण्डेले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending