Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

मधेसी मोर्चाका नेताहरु भारतमै अपहेलित

\"fourकाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा दिल्ली भ्रमणमा गएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु भारतमै अपहेलित भएका छन् । लामो समयदेखि मधेस आन्दोलन जारी रहँदा पनि मधेसीको माग पूरा नभएको र भारतले गरेको नाकाबन्दीको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै आलोचना भएपछि भारतले मधेस आन्दोलनको मध्यस्थता गर्ने पहल थालेको छ । सोही पहल स्वरुप नेपाल सरकारसँग छलफल गरिसकेपछि मोर्चाका नेताहरुलाई दिल्ली बोलाइएको थियो । मोदी सरकारको निमन्त्रणा पाएपछि मोर्चाका नेताहरु दिल्ली दौडिए । नेपालको अन्तरिक मामिलामा भारतीय सहयोग आवश्यक नभएको भन्दै मोर्चाका नेताहरुको आलोचना भएपछि मोर्चाले भने भारत सरकारको निमन्त्रणामा नभई भारतीय संसदमा नेपालबारे बहस भएकाले मधेसको यथार्थ जानकारी दिन दिल्ली आएको बताउँदै आएको छ । मधेस आन्दोलनका अगुवाहरु नै पराजित मोर्चाका नेताहरुको दिल्ली भ्रमणलाई नेपालमा मात्रै होइन, भारतमै पनि आलोचना भएको छ । मोर्चाका नेताहरुले नेपालको ठूलो संख्यामा रहेका नेपालीहरु संविधानप्रति असन्तुष्ट रहेको बताए पनि जनताबाट पराजित मधेसी नेताहरुको अगुवाईमा मधेस आन्दोलन भएको भारतीय संसदहरुले नै बताए । भारतीय राज्यसभाका विपक्षी दलका सांसद मणिशंकर एैय्यरले मधेसको आन्दोलनको अगुवाई गर्ने तथा भारत भ्रमणमा रहेका मोर्चाका चार नेतामध्ये तीन नेता जनताबाटै पराजित नेता भएको टिप्पणी गरे । उनले नेपालको संविधानमा पनि पूर्ण बहुमत सदस्यले स्वीकार गरेको दाबी गर्दै ६ सय १ जना मध्ये तराईका ११ जना मात्रै निर्वाचित सांसदले विपक्षीमा मतदान गरेको बताए । मणिशंकरले नेपाललाई श्रीलंको जस्तो अवस्थामा नपु¥याउन भारत सरकारलाई आग्रह गरे । नाकाबन्दीको पनि विरोध मणिशंकर जस्तै धेरै सांसदहरुले मधेसी भारतीय रबैयाको खुलेर विरोध गरे । सत्तारुढ भारतीय जनता पार्टीका सांसदबाहेक सबैले भारतले गरेको नाकाबन्दीको चर्को विरोध गरे । संविधानसभाले बनाएको नयाँ संविधानप्रति भारतले असन्तुष्टी जनाउनु गलत हुने उनीहरुको भनाइ थियो । अर्का संसद पवनकुमार बर्माले भारतले ठूलो दाइको जस्तो हैसियतमा नेपालमाथि हस्तक्षेप गर्न नहुने बताए । नेपाल भ्रमण गर्दा मोदीले पाएको सम्मान यति चाडै समाप्त भएको भन्दै डीपी त्रिपाठीले मोदीको आलोचना गरे । सदनमा भाग लिएका अधिकांश सांसदहरुले नेपालसँगको सम्बन्ध विगारेर चीनलाई मौका दिन नहुने सुझाव दिए । मोर्चा र सदनको प्रभाव बीजेपीबाट भारतको प्रधानमन्त्री बनेका मोदी नेपालीहरुको मन मुटुमा छिट्टै भिजेका थिए । लामो समयपछिको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणदेखि सार्क शिखर सम्मेलन ह्ँदै वैशाखको विनाशकारी महाभूकम्पमा भारतले गरेको सहयोगको नेपालीले मुक्त कण्ठले प्रशंसा गरे । तर लामो समयको पर्खाइपछि संविधानसभाबाट बनेको नयाँ संविधानलाई नेपालीले जेजस्तो भए पनि स्वीकारेको अवस्थामा भारतले खुलेआम विरोध गरेपछि भारतप्रति केही मधेसीबाहेक अधिकांश नेपाली विरोधी बने । नेपाली जनताहरु अब भारतसँगको सम्बन्ध तोडेर चीनसँगको सम्बन्ध मजबुत बनाउनुपर्छ भनेर सरकारलाई दबाब दिइरहेका छन् । नेपालसँग सम्बन्ध बनाउने कि मधेससँग मात्रै ? मधेसका मुद्दालाई लिएर गरेको नाकाबन्दीकै कारण आम नेपालीको भारतविरोधी भावना जागृत भएको भारतीयहरुकै बुझाइ छ । त्यसैले जनताबाटै पराजित केही मधेसी नेताहरुलाई काखी च्यापेर समग्र नेपालीलाई भारतविरोधी भावना जगाउनु गलत हुने सुझाव भारतीय सांसदहरुले नै दिएका छन् । एकातर्फ मोर्चाको दबाब र अर्कोतर्फ आफ्नै राज्यसभामा विपक्षीहरुको विरोधले गर्दा मोदीलाई समस्या देखिएको छ । त्यसैले मोर्चाको प्रभावमा नपरी सबै नेपालीको मन जित्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि मधेससँगमात्र नभई छिमेकी मुलुक नेपालसँग नै सम्बन्ध सुधार्नुपर्ने खाँदो परराष्ट्रविद्हरु औल्याउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending