Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

डोल्पालिलाई सुन भन्दा नुन पाउन गाह्रो

\"Dolpa-Dunai\"डोल्पा । त्यसैत भुगोलले ठगेको डोल्पालाई राज्यलेपनि बर्षौ देखि उपेक्षित गरीरहेकोछ । डोल्पा सरकारको बिकासे रणनितिबाट पनि पछाडि परेको छ ।   आजको यस बाईसौ शताब्दिमा बिकासका लहरहरु चलिरहेको अबस्थामा नेपालकालका सबैजसो जिल्लाहरुमा मोटरबाटो पुग्दा डोल्पा सडक संजालको सुबिधाबाट पनि अछुतो रहेको छ ।   मानिसको सर्बाङगिण बिकासकालागि सबैभन्दा ठुलोकुरा पौष्टिक आहारयुक्त स्वस्थ्य खानेकुराको आवाश्यक पर्दछ तर डोल्पालिहरुलाई भने राम्रोसंग साझ बिहान पेटभोर्न समेत कठिन हुने गर्दछ ।   डोल्पामा बर्षभोरीमा उत्पादन गरीएको अन्नबालिले तिनमहिनापनि खानलाई पु¥याउनपनि मुस्किल पर्दछ ।   त्यसोत डोल्पालिहरु नुन,चामल,तेल लगाएतका दैनिक उपभोग्य बस्तुहरुको पुर्तीकोलागि अर्काको भरपर्नुपर्ने डोल्पालिहरुको नियतिनै बनिसकेकोछ ।   डोल्पामा अन्य बिकासे रणनितिहरुका कुरा त परै जावस डोल्पालिहरुलाई पछिल्लो समयमा नुन चामल जस्ता खाद्यान्न बस्तुहरुको समस्याले पिरोल्न थालेको छ ।   सुगमका जिल्लाहरुमा यातायातको पँहुचले गर्दा कस्तो गुणस्तरको खाद्यान्न खाँदा स्थास्थ्यकालागि फाईदाहुन्छ भन्ने कुरा आँउछ तर डोल्पालिहरुलाई भने सरकारले उपलब्ध गराउँदै आएको म्याद नाघेको,गुणस्तरहिन खाद्यान्नले समेत पेटभोर्न सक्दैनन् यहि खाद्यान्न पाउनपनि राजनितिक दलहरुको झोलेहुनुपर्ने बाध्यताछ ।   यस बर्ष डोल्पामा लामोसमयसम्म परेको खडेरीले गर्दा डोल्पालिहरुलाई तिनमहिना खानपुग्ने अन्नबालिहरुपनि नष्टभएकाले समस्यामा परेकाछन ।   आजका युगका मानिसहरु बैज्ञानिक आविष्कारतिर लम्किरहेकोबेला डोल्पालिहरु भने पेट कसरी भोर्ने भन्ने कुराको चटारोमा अल्झिरहेकाछन भने कतिपय डोल्पालहिरुत बिकास भन्ने कुरामा समेत अनबिज्ञ छन ।   तर यसमा डोल्पालिहरुको दोसछैन किनभने सामान्य ज्वरो आँउदा सिटामोल नपाएर ज्यान गुमाउँदै आएका,एक गाँउ बाट अर्को गाँउ जाँदा तय गर्नुपर्ने पैदलयात्रा,सामान ओसार पसार गर्नुपर्दा आफै ट्रक बन्नुपर्दा डोल्पालिहरुको जीवनस्तरमा कुनैपनि सुधार नभएको जस्तो देखिन्छ ।   डोल्पालिहरुको दुख पिडाहरुहरुलाई राम्रोसंग नियाल्नहो भने डोल्पा पुरानै युगमा रहेको जस्तो लाग्ने गरेको स्थानियबासि कालु प्रसाद हमालले बताए ।   डोल्पालिहरुलाई यो लाग्छकि डोल्पामा मोटरबाटो पुगे,गाँउ गाँउमा अस्पतालहरु स्थापना भए बिरामिपर्दा सामान्य उपचार पाईन्थ्यो,एकठाँउबाट अर्को ठाँउमा मोटरमा जानपाईन्थ्यो अनि आफै मानव ट्रकहुनुको पिडा हट्थ्यो हमालले भने ।   यद्यपि कतिपय डोल्पालिहरु भने त डोल्पामा छिटो मोटरबाटो पुगे यस्ता समस्याहरुबाट छुट्करा पाईन्छकि भन्ने आसामा बाँचिरहेका छन कतिपय मोटर कस्तो हुन्छ हेर्नपाए छुनपाए भन्ने आसमा छन ।   आजको बिश्वमा चाम्तकारीक रुपमा बिकास भईरहेको बेला डोल्पाहिरुभने नेपाल सरकाले साल्ट कर्पोरेसन मार्फत उपलब्ध गराउने गरेको नुन चामलपनि समयमै उपलब्ध नहुँदा मर्कामा परेकाछन ।   समयमै नुन उपलब्ध नहुँदा डोल्पालिहरुकालागि सुन भन्दा नुन प्यारो लाग्न थालेको छ ।   भौगोलिक रुपमा बिकटतार सरकारले समयमै नुन उपलब्ध नगराउँदा ब्यापारीहरुले प्रतिपोका नुन एकसय भन्दा धेरैलिने गरेकाले डोल्पालिलाई नुन भन्दा सुनपाउन गाह्रोहुनेस्थानियबासि लोकमान श्रेष्ठले बताउनुभयो ।   हामि शिक्षा, स्वास्थ्य, यातायात, संचार ,बिद्युत लगाएतका आधारभुत आवाश्यक्ताबाटपनि बन्चितछौ श्रेष्ठले भने सरकारले हाम्रा आधारभुत आवाश्यक्ता पुरागर्नकोलागि आवाश्य निति बनाएर काम गर्न समेत आग्रह गरे ।   डोल्पालिहरु बिपन्नताको कारणले गर्दा सुन लगाउनुत परैजावस प्रति पोका दश रुपैँयापर्ने नुन समेत समयमै खान पाँउदैनौ सरकारले हाम्रा आधारभुत आवाश्यक्तापनि पुरागर्न सकेकोछैन अरु के बिकास गर्ला स्थानिय लोकमान श्रेष्ठले भने ।   नुनको अभाबमा डोल्पालिहरुको जनवीवन कष्टकर बनिरहेको छ उनले भने ।   सरकारले प्रति पोका दश रुपैँयामा उपलब्ध गराउँदै आएको नुनपनि लामोसमयदेखि बितरण नगरीएकाले डोल्पामा नुनको हाहाकार भएकोछ ।   बिभिन्न वाहानामा ठेकेदार र साल्ट कर्पोरेसन डोल्पाको लापरबाहिका कारण हरेक बर्ष डोल्पामा नुनको अभाबहुने गर्दछ ।   नेपालको संबिधान २०७२ जारी भईरहेको अवस्थामा डोल्पालिहरु भने नुन लगाएतका खाद्यान्नको समस्या झेलिरहेकाछन ।   नेपालमा जति संबिधान बनेपनि एैन नियम लागुभएतापनि बिकासको कुरात परै जावस सुखसंग नुन खान पनि पाईदैन  श्रेष्ठले  भने  ।   चारैतिर डाँडापाखाले घेरीएको डोल्पामा बसोबास गर्ने डोल्पालिहरु आजको बैज्ञानि युगमा गुणस्तरीय शिक्षा,स्वास्थ्य,संचारको सुबिधालिनपाँउला भन्नु आकासको फल आँखातरी मर भनेजस्तै साबित भएको उनकाे भनाईछ ।   डोल्पामै राम्रा बिद्यालय कलेजहरुको स्थानपना नभएकाले उच्च शिक्षा अध्ययनकोलागि लाखौ खर्चगरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता डोल्पामा छ ।   यसको असर राज्यको हरेका निकायमा डोल्पालि कर्मचारीहरुको उपस्थिति नगन्य मात्रामा रहेको छ ।   आजको बिस तिस बर्ष अगाडि नुनलिनलाई उपल्लो डोल्पामा जानुपथ्र्यो ।चौरीले ल्याएको नुन तल्लो डोल्पामा बेच्न ल्याईन्थ्यो र बस्तुहरुसंग साटासाट गरी एक अर्काका आवाश्यक्ता पुरा गरीन्थ्यो आयोडिन नभएपनि नुनको आवाश्यक्ता पुरा गरीन्थ्यो नुनको हाहाकार हुन्थेन स्थानियबासि रबि प्रसाद न्यौपानेले भने ।   डोल्पामा राम्रो शिक्षा,बिदुत,स्वास्थ्य,संचार तथा सडकको सुबिधात छैन तर डोल्पालिहरुले खानेनुन समेत पाउँन छाडेकाले डोल्पा साँच्चिकै पिछडिएको गुनासो उनले भने ।   यसरी सरकारले महिनौपछि उपलब्ध गराएको एक दुई किलो नुनलिनपनि घण्टौँ हिँडेर सदरमुकामपुग्नुपर्ने र तिन चार दिन लाईनमा बसरेरपनि खालिहात फर्किनुपर्ने डोल्पालिहरुको बाध्यताछ न्यौपानेले भने ।   नेपालको संबिधान जारी भएसंगै आफुहरुलाई एैंन नियमका कुरा भन्दा न्युनतम आवाश्यक्ताहरु पुर्तिगर्नको लागि सरकारसंग डोल्पालिहरुले माग गरेका छन ।   डोल्पामा नाकाबन्दिका कारण नुन,चामल लगाएतको खाद्यान्न आउन छाडेपछि  घरमा नुनको अभाब भएको स्थानियबासि दिलिप गिरीले बताउनुभयो ।   राजनितिक दल तथा कर्मचारतिन्त्रको लापरबाहि तथा अनियमितताको कारण हरेकबर्ष डोल्पामा नुनको अभाबहुने अधिकासं सरोकारवालाहरुको बुझाई रहेकोछ ।   डोल्पालिको गुनासो अनुसार साल्ट कर्पोरेसन डोल्पाले नुन खुलाएको बेला सर्बसाधारण डोल्पालिहरुको घरमा एक दुई पोका बाहेक होटले,कर्मचारी संग,राजनितिक दलहरुसंग पँहुच भएको मान्छेरुसंग सयाैं पोका नुन पुग्ने गर्दछ ।   डोल्पा पनि नेपालकै एक टुक्रा भएकाले सरकारले बिकेन्द्रिकरणको माध्यामबाट बिकासगरी सर्बप्रथम डोल्पालिहरुको आधारभुत आवाश्यक्ता पुर्ती गर्न सरकार लाग्नुपर्ने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies