मंसिर १० गते, २०७२ बिहिवार 26th November, 2015 Thu१७:११:३६ मा प्रकाशित
मस्को । टर्कीले हालैमात्र रसियाको एक युद्धक विमान खसालेकोले टर्की र रसियाबीचको सम्बन्धमा तनाव उत्पन्न भएको समाचार छ । यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा दरार उत्पन्न भएको समाचारमा जनाइएको छ ।
टर्कीले आफ्नो भूभागमा विना अनुमति प्रवेश गरेको भन्दै सोमबार मात्र रसियाको एक युद्धक विमान खसालेको बताएको थियो । सिरियामा रसियाले आक्रमण गरिरहेको जनाएको छ ।
सो आक्रमणका क्रममा एक विमान सिरियाली भूभागमा नै उडेको रसियाली अधिकारीहरुको दाबी छ भने टर्कीले भने रसियाली विमान विगत लामो समयदेखि नै टर्कीको भूभागमा उड्ने गरेको बताएको छ ।
सिरियमा गत महिनादेखि नै रसियाली सेनाले पनि आक्रमणलाई निरन्तरता दिएको छ । जसका कारण आफ्नो भूभागमा रसियाका युद्धका विमानहरु प्रवेश गर्ने गरेको अधिकारीहरुको भनाई छ ।
रसियाली नागरिकले यहाँको सु–२४ नामक युद्धक विमानलाई गोली हानी खसालिएको प्रति रोष प्रकट गर्दै विरोध स्वरूप प्रदर्शन गरेको मस्कोका सुरक्षा अधिकारीले बताएका छन् ।
नागरिक तहमा नै यस्ता क्रियाकलापहरु जारी नै रहँदा उता सरकारी स्तरमा पनि एक आपसमा विरोधहरु भइरहेका छन् ।
सो विमानमा दुई जना पाइलट रहेका र एकजनाको ज्यान गएको छ । अर्का एकजना जिवीत पाइलटले टर्कीले आफुहरुलाई कुनै पूर्व जानकारी वा चेतावानीयुक्त सन्देश नै नदिइकनै सो विमानमा हमला गरेको जनाएका छन् ।
जिवीत पाइलटको यो अनुभवपछि झनै यी दुई देशबीच तनाव उत्पन्न भएको हो । यो विमान खसालिएपछि रसियाली राष्ट्रपति भ्लालिदिमिर पुटिनले दुर्भाग्यपूर्ण भनी प्रतिक्रिया दिनुभएको थियो ।
उता टर्कीको वायुसेनाले भने उक्त रसियाली विमान अन्तर्राष्ट्रिय सीमा कानुनलाई उल्लङ्घन गर्दै आफ्नो आकाशमा प्रवेश गरेपछि लगातार टर्कीको आकाश छोड्न आह्वान गरिएको तर विमानले टर्कीको उक्त आग्रहलाई बेवास्ता गरेपछि विमानलाई गोली हानी खसालेको बताएको छ ।
रसियाली राष्ट्रपति पुटिनले आफ्ना नागरिकलाई टर्कीको भ्रमण नगर्न आग्रह समेत गर्नुभएको एक अर्को समाचारमा जनाइएको छ ।
राष्ट्रपति पुटिनले हाम्रो विमान खसाल्ने र हाम्रो विमानचालकको हत्या गर्नेजस्तो निन्दनीय काम गरेको भन्दै हालका लागि आवश्यक कदमका रुपमा सो देशमा भ्रमण रद्द गरिएको बताए ।
उनले बुधबार मात्र एक रसियाली टेलिभिजनलाई दिएको अन्तरवार्तामा टर्कीको उक्त कार्य निन्दनीय भएको भन्दै आगामी दिनमा उसले पनि महंगो मूल्य चुकाउनुपर्ने धारणा राखेका थिए ।
उता रसियाली नागरिकले पनि रसियाको राजधानी मस्कोस्थित टर्कीको राजदूतावास अगाडि सयौँको सङ्ख्यामा जम्मा भएर बुधबार प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले बुधबार करिब एक घण्टा ३० मिनेटसम्म दूतावास वरपर प्रदर्शन गरेपछि रसियाली प्रहरीले बलपूर्वक प्रदर्शनीस्थल खाली गराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस÷सिन्ह्वा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: