Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कांग्रेसीजन तिम्रो वंशमा इमान छैन ?

\"dipshikha_new_article\"‘के यो देश कांग्रेसको हो ?’ कोटेश्वरको चिया पसलमा चिया खाइरहेका एक अधबैंसे अर्को साथीसँग चर्किरहेका थिए । अलि पल्लो टेबलमा बसेको मैले उनको कुरो सबै सुनिनँ । जब उनी उत्तेजित हुन्थे र चर्कन्थे–म सुन्थे । सायद उनी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पछिल्लो कदमप्रति खुश थिएनन् । देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी दल बनेको छ । भन्नेहरु के भन्छन् भने–पहिलो संविधानसभामा एमाओवादीको अवस्था र दोस्रोमा कांग्रेसको अवस्था उस्तै भयो । यो प्रसंगको बारेमा यहाँ चर्चा नगरौं ।   चिया पसलमा सुनिएको चर्चाले मलाई केहीदिनसम्म घच्घच्याइ रह्यो । यो देश कांग्रेसको मात्रै होइन । तर, कांग्रेसलाई यो देश आफ्नैमात्रै लाग्छ । उनी भन्दैनन् तर आसय व्यक्त गर्छन् –राजनीति गर्ने अधिकार कांग्रेसको मात्रै छ । म यो प्रसंगको पुष्टि कहाँ गरौं भने, कांग्रेस अघिल्लो हप्ता सरकारले बोलाएको निर्णायक वार्तामा विना कारण गएन र भन्यो–त्यस्तो बैठक हामी आयोजना गर्छौ, सरकार आउनुपर्छ । नभन्दै आइतबार कांग्रेसले बैठक बोलायो । माथि उल्लेखित चरित्रको यो भन्दा अर्को प्रमाण सायद खोज्नुनपर्ला ।  
अरु राज्यको ओहोदामा होउन् या नहोउन् । खासमा स्थायी सत्ता कांग्रेसको हो । कांग्रेसलाई नसोधी केही नगर । कांग्रेसको अनुमतिविना सिन्को नभाँच । अर्थात, प्रतिपक्षमा रहेर पनि कांग्रेस सत्ता खोजिरहेछ
  कांग्रेसलाई के लाग्छ भने– स्थायी सत्ताका मालिक हामी हौं । हामीले दिए अरुले पाउने हो । संसदीय मामलाको अंकगणित केवल लोकतन्त्रको देखाउने घामछायाँ हो । अरुले जितून् या हारुन् । अरु राज्यको ओहोदामा होउन् या नहोउन् । खासमा स्थायी सत्ता कांग्रेसको हो । कांग्रेसलाई नसोधी केही नगर । कांग्रेसको अनुमतिविना सिन्को नभाँच । अर्थात, प्रतिपक्षमा रहेर पनि कांग्रेस सत्ता खोजिरहेछ ।   कांग्रेसलाई यदि यस्तो लाग्दैनथ्यो भने–लोकतन्त्रको प्रचलन अनुसार सरकारले ‘सरकार’ चलाउ । संविधान जारी हामीले गर्यौँ । कार्यान्वयन गर्ने चूनौतिपूर्ण अवस्थामा हामी जिम्मेवार प्रतिपक्षीका रुपमा छौं । देश गम्भीर संकटको अवस्थामा भएकोले एकतावद्ध भएर जाऔं –भन्थ्यो ।  
कांग्रेसले जस्तै दोस्रो संविधानसभामा प्रतिपक्षीको भूमिकामा रहेको एमाओवादीले नकारात्मक भूमिका खेलेको भए नयाँ संविधान जारी हुँदैनथ्यो
  हामी स्मरण गरौं – दोस्रो संविधानसभाको शतप्रतिशत कार्यकाल कांग्रेसको हो । हिजो पहिलो संविधानसभामा प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले जस्तै दोस्रो संविधानसभामा प्रतिपक्षीको भूमिकामा रहेको एमाओवादीले नकारात्मक भूमिका खेलेको भए नयाँ संविधान जारी हुँदैनथ्यो ।   अहिले जारी भएको संविधानको शतप्रतिशत जस या अपजस नेपाली कांग्रेसले लिनुपर्छ । किनभने संविधान जारी गर्दाको अवस्थाको नेतृत्वमा कांग्रेस थियो । त्यसपछि एमालेले । एमाओवादीले नयाँ संविधानप्रति लिखित रुपमा असहमति दर्ज गरेको छ । त्यो बाहेक संविधान निर्माणमा सहमत सबै दल र विषयमा सबैले जिम्मेवारी लिनुपर्छ ।   देश चरम संकटमा छ । आँकडाहरुका अनुसार करिब ३६ वर्षपछि मुलुक आर्थिक रुपमा सबैभन्दा कमजोर भएको छ । भारतीय नाकाबन्दीले प्याकप्याक परिरहेका नेपाली जनता द्रुत निकासको अपेक्षामा छन् ।
सत्तामा हुँदा कांग्रेसलाई शान्तिपूर्ण समाज होइन आतंकपूर्ण घैंटेको मृत्यु दुख्यो । भलाद्मीहरुले हेर्दै जाऊ–कांग्रेसलाई अब समग्र देश दुख्न थाल्छ
तर आज ‘सत्ताको स्थायी ठेकेदार’ ठान्ने उही कांग्रेस निकास निकाल्न होइन समस्या बल्झाउन न्वारानदेखिको बल लगाईरहेको भान हुन्छ ।   हिजो सत्तामा हुँदा नदुखेको मधेस आज कांग्रेसलाई एक्कासी दुखेको छ । आफू सत्तामा हुँदा नेदेखेको समस्या कांग्रेसले आज देख्न थालेको छ । अब कांग्रेसलाई नाकाबन्दी दुख्न थाल्छ । बिस्तारै कांग्रेसलाई नाकाबन्दीको अभाव दुख्न थाल्छ । सत्तामा हुँदा कांग्रेसलाई शान्तिपूर्ण समाज होइन आतंकपूर्ण घैंटेको मृत्यु दुख्यो । भलाद्मीहरुले हेर्दै जाऊ–कांग्रेसलाई अब समग्र देश दुख्न थाल्छ ।   जतिबेला कांग्रेस सत्तामा थियो, मधेस आन्दोलन त्यतिबेलादेखि भएको हो । भारतीय नाकाबन्दी कांग्रेसले छोडिगएको दुखद् उपहार हो । अर्को भाषामा भन्दा देश कांग्रेसी सरकारको असफल कुटनीतिको सिकार भएको हो । समस्या नै समस्याको ‘उपहार’ पस्केर सिहंदरबारबाट बाहिरिएको कांग्रेसले अब समस्या निदानका लागि संघर्ष गर्ने रे ! यो कांग्रेसले गरेको देश र जनताप्रतिको नमिठो ठट्टाबाहेक अरु केही होइन ।  
यी १६ वर्षमा कांग्रेसले देशलाई कति अघि लग्यो ? राष्ट्रिय गौरवका योजना कति बने ? कांग्रेसले गरेको एउटै सम्झन लायक काम मरिमरि खोज्दा पनि भेटिंदैन
  बहुदलपछिका २४ वर्षमा १३ वर्ष ६ महिनासम्म यो देशको सत्तामा कांग्रेसले राज गर्यो । अन्य दलसँग सत्ता सहकार्य गरेको १ वर्ष ११ महिनासमेत जोड्दा कांग्रेसको शासनकाल झण्डै १६ वर्षको हुन्छ । २४ वर्षमा ८ वर्षमात्रै अरुले शासन चलाए । त्यो पनि १४ महिना त शाहीकाल रह्यो । जम्माजम्मी बाँकी राजनीतिक दलले ६ वर्षमात्रै सरकार चलाएको तथ्य छ ।   यी १६ वर्षमा कांग्रेसले देशलाई कति अघि लग्यो ? राष्ट्रिय गौरवका योजना कति बने ? कांग्रेसले गरेको एउटै सम्झन लायक काम मरिमरि खोज्दा पनि भेटिंदैन । बरु जनताको सत्ता निरंकुश राजाको हातमा बुझाउने कांग्रेस नै हो । ३० वर्ष लामो पञ्चायती शासनकालमा संचालित खरबौं रुपैयाँ लगानी भएका झण्डै दुई दर्जन राष्ट्रिय उद्योग तथा संस्थानहरुका आज नाम मात्रै छन् । विराटनगर जुट मिल, हैटौडा सिमेन्ट कारखाना, काठमाडौंको ट्रलि बस, खरिढुंगा परियोजना, जनकपुर चुरोट कारखानालगायतका राष्ट्रिय उद्योगहरु ध्वस्त बनाउने कांग्रेसी जनहरु नै हुन् । राष्ट्रियताको कुरा कांग्रेसले कहिल्यै गरेन । स्वभिमान कांग्रेसले जान्दैन । कांग्रेसले शासन गरेको १६ वर्षमा देशलाई आत्मनिर्भर बनाउने बाटो लिएको भए आज देश नाकाबन्दीको चपेटामा पर्ने नै थिएन । अन्य देशहरुसँग समान स्वामित्वको कुटनीति कहिल्यै अपनाएन । टनकपुरजस्ता राष्ट्रघाती सम्झौता गर्ने को थियो भनेर कसैले बताइरहनु पर्दैन ।   कांग्रेसले कहिल्यै उत्पीडितको पक्ष लिएन । मधेसको असन्तुष्टि कांग्रेसको छोइछिटोको परिणाम हो । हालका मधेसी नेतामध्ये उपेन्द्र यादवबाहेक अरु कांग्रेसका उपार्जन् हुन् । कांग्रेसले तिनी नेताहरुबाहेक जनतामा अधिकार या सुविधा पुर्याएको भए मधेस आज जल्नु पर्दैनथ्यो । देशको भूगोलप्रति, उत्पीडित जनताप्रति, उपेक्षित समुदायप्रति कांग्रेसले थोरैमात्रै पनि सोचिदिएको इतिहास छैन ।  
संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा प्रतिपक्षीले एजेण्डा बनाउने र सरकारले लागू गर्ने गरेको पाइदैन । प्रतिपक्षीले बोलाएको बैठकमा प्रधानमन्त्री जानुपर्ने र प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रतिपक्षी नजाने यो कस्तो चरित्र हो ?
  अब कुरा थेग्रयाउँ–खासमा अहिले देशले भोगिरहेको समस्या कांग्रेसले सिर्जना गरेको समस्या हो । १६ वर्ष शासन गर्ने कांग्रेसले देशलाई आत्मनिर्भर बनाएन र हामी नाकाबन्दीको असह्य पीडामा छौं । मधेस समस्याको सम्बोधन गर्न संविधान जारी गर्नेबखत कांग्रेस राजी भइदिएको भए यस्तो अवस्था आउने थिएन । एमाओवादीले मधेस समस्याका बारेमा पटकपटक कांग्रेस नेतृत्वलाई सम्झाउने दुःख गर्यो । मधेसबारे एमाले पनि सकारात्मक थिएन र ओली झन् जण्ड थिए । तर, कांग्रेस र एमाओवादी मिल्दा एमाले लत्रिन्थ्यो । कांग्रेसले अनौठो अनिच्छा देखायो । तर प्रतिपक्षीमा झरेको उही कांग्रेस आज मधेस अधिकारको कुरा गर्दैछ ।   कांग्रेस आफैंमा एकमुष्ठ छैन । कांग्रेस यस्तो छाडा पार्टी हो जहाँ भ्रष्टचार गरेको प्रमाणित भएर जेल बसेपछि पनि नेता बन्न पाइन्छ । उही भ्रष्ट नेता देश हिन्दु धर्ममा नगए हतियार उठाउने धम्की दिन्छ–कांग्रेस फिस्स हाँस्छ । अर्को मधेसमा छ–जो देश अलग्याउने कुरा गर्छ– कांग्रेस करतल सुन्दो छ । कांग्रेसमा निष्ठा छैन । सिद्धान्त र विचार त परै जाओस् । उद्देश्य छैन । लक्ष्य छैन । यस्तो पार्टी ठूलो बनाउने जनता छन् । कांग्रेस जे गरेनी ढुक्क छ ।   केही मानिसहरु भन्छन् कांग्रेस बैगुनी छ । हुन त राजनीतिमा गुन लगाईदैन । तर इमानचाँही चाहिन्छ । अहिले कांग्रेससँग आम मानिस र संविधान निर्माणका सहयात्रीहरुको अपेक्षा इमानको हो । कम्तीमा कांग्रेसले इमान देखाउनुपर्छ । जसरी हिजो संविधान निर्माणका लागि कांग्रेसको नेतृत्वमा अरु राजनीतिक सहयात्रीहरुले इमान देखाए ।   कांग्रेसीहरुले हिजो दिएको वचन नभुल । संविधान जारी गरिसकेपछि एमालेलेलाई नेतृत्व सहमतिमै दिने वचनमा त इमान्दार रहन सकेनौ नै । तर, संविधान कार्यान्वयन नभएसम्म कम्तीमा ठूला दलहरु एकतावद्ध भएर जानुपर्ने अवस्थाप्रति इमान्दार बन । देश संकटमा भएको बेलामा सरकार या प्रतिपक्षीको राजनीतिक सीमादुरी हुनुहुँदैन । जसरी कांग्रेसकै नेतृत्वमा संविधान जारी गर्दा प्रतिपक्षी भएर पनि एमाओवादीले सरकारसँग सीमादुरी राखेन ।   प्रतिपक्षीमा झर्नासाथ कांग्रेसले देखाएको बेइमान रवैया राष्ट्रिय हितमा छैन । संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा प्रतिपक्षीले एजेण्डा बनाउने र सरकारले लागू गर्ने गरेको पाइदैन । प्रतिपक्षीले बोलाएको बैठकमा प्रधानमन्त्री जानुपर्ने र प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रतिपक्षी नजाने यो कस्तो चरित्र हो ? मिलेर संविधान कार्यान्वयन गर्ने हिजोको वचन खै ?   के कांग्रेसीजन तिम्रो वंशमा इमान छैन ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending