Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

बाबुराम भट्टराईको नयाँ शक्ति र समकालीन राजनीति

[caption id=\"attachment_46375\" align=\"alignleft\" width=\"200\"]\" प्रा. कृष्ण खनाल[/caption] डा. बाबुराम भट्टराईले एउटा नयाँ प्रकारको राजनीतिक ‘मुभ’ गर्न खोज्नुभएको जस्तो देखिन्छ । मलाई लाग्छ, अहिलेको परिस्थितिमा मुलुक त्यसको लागि तयार छैन ।
मलाई एउटा कुराले घचघच्याइरहेको कुरा चाहिँ के हो भने संविधान जारी गर्नेबेलामा तपार्इं पनि एउटा महत्वपूर्ण स्थानमा हुनुहुन्थ्यो । संविधान जारी गर्ने विषयमा तपाईंले पनि भूमिका निर्वाह गर्न सक्नुहुन्थ्यो/पर्थ्यो । संवाद समितिको सभापति हुनुहुन्थ्यो, तर संविधान त तपाईंहरुकै पहलमा आयो ।
मधेशको समस्या समाधान गर्ने मौका हामीले गुमाइसक्यौं । अहिले यो समस्या हाम्रो हातमा छैन । हामी कसैको आदेश वा निर्देशनको पर्खाइमा छौं । वार्ताटोली पनि त्यसैको पर्खाइमा छ । त्यसैले अहिले हामीले केही गर्न सक्छौं भने वातावरण बनाउने काम मात्र गर्न सक्छौं । तर निकास निकाल्न सक्दैनौं ।
अहिले पनि तपाईं ‘संविधान त राम्रै आयो’ भन्दै हुनुहुन्छ । ‘यो कुरा नहुन्जेलसम्म चाहिँ संविधान जारी गर्न मिल्दैन’ भन्नुपर्थ्यो नि त । तपाईंले पनि मधेशको कुरा सुनिराख्नै भएको थियो । तर ऐनमौकामा त्यो बोलिएको कुरा पूरा गर्न किन चुक्छन् राजनीतिक दलहरु ? मधेशवादी दलहरुले पनि संविधान भएन भनेर भोट नहालेका त होइनन् नि त ! त्यसैले यो दोहोरो कुरा गरेर भएन डा.’साप । हामी चुक्यौं, तपाईं पनि चुक्नुभयो । संविधानसभा रहँदासम्म समय थियो । संविधानसभा रहँदा तपाईंहरुले संविधानसभा र राज्य पुनःसंरचनाको विषयलाई तपाईंहरुले एकअर्काबीच मेल नखाने कुराको रुपमा हेर्नुभयो । हिजोको त्यो संविधानसभाले सबै पक्षलाई समेट्छ भन्ने परिकल्पनाभन्दा बाहिर गएर हेर्नुभयो । अहिलेकै मनस्थितिमा रहेर यो समस्या हल हुँदैन । मलाई लाग्छ, यो वार्तासार्ताले पनि केही निकास दिनेवाला छैन । वार्तामा बस्दा दुई पक्षले बोलेको कुरा र वार्ता सकिएपछि उनीहरुले बोलेको कुरा सुन्दा यस्तो वार्तामा जति बसे पनि कहीँ पुगिने छैन । मधेशको समस्या समाधान गर्ने मौका हामीले गुमाइसक्यौं । अहिले यो समस्या हाम्रो हातमा छैन । हामी कसैको आदेश वा निर्देशनको पर्खाइमा छौं । वार्ताटोली पनि त्यसैको पर्खाइमा छ । त्यसैले अहिले हामीले केही गर्न सक्छौं भने वातावरण बनाउने काम मात्र गर्न सक्छौं । तर निकास निकाल्न सक्दैनौं ।
अहिले एमाओवादी, कांग्रेस र एमाले मिलेर संविधान जसरी जारी भयो, संसारमा संविधान यसरी बन्दैन । संशोधन त आज देख्न नसकिएका, आज खुट्याउन नसकिएका समस्याहरु आइपरेपछि त्यसको समाधानको लागि गर्ने हो । तर यहाँ त समस्या नाकमा झुन्डिरहेको छ, समाधान चाहिँ भोलि खोज्छु भनेर गरियो । दुनियाँमा कहीँ यस्तो हुन्छ ?
यो तनावपूर्ण वातावरणमा हामी केही गर्नै सक्दैनौं । यसले दूरगामी प्रभाव पार्ने प्रकारको परिवर्तन ल्याउँछ भन्ने मलाई लाग्दैन । विगतका हाम्रा सम्झौताहरु किन लागु भएनन् भन्ने सन्दर्भमा यो पनि एउटा कारण हो । त्यसबेला पनि सम्झौताका बुँदाहरुले भविष्यमा के प्रभाव पार्छ भन्ने नहेरी तत्कालको समस्या समाधान गर्ने भनेर गरियो । अहिले एमाओवादी, कांग्रेस र एमाले मिलेर संविधान जसरी जारी भयो, संसारमा संविधान यसरी बन्दैन । अगाडि नाकमा झुन्डिरहेको समस्यालाई भोलि संशोधनमार्फत सम्बोधन गर्छु भनेर संविधान बन्छ कहीँ ? संशोधन त आज देख्न नसकिएका, आज खुट्याउन नसकिएका समस्याहरु आइपरेपछि त्यसको समाधानको लागि गर्ने हो । तर यहाँ त समस्या नाकमा झुन्डिरहेको छ, समाधान चाहिँ भोलि खोज्छु भनेर गरियो । दुनियाँमा कहीँ यस्तो हुन्छ ? जहाँसम्म मधेशको समस्याको कुरा छ, हामीले खालि वातावरण निर्माण गर्ने हो, संवादका लागि वातावरण हामीले निर्माण गर्न सकिन्छ । तर, अहिले सत्तापक्षले सुन्छ भन्ने कुरामा चाहिँ मलाई विश्वास लाग्दैन । विश्वास भएको भए सायद डा’सापले पनि पार्टी छोड्नुहुन्नथ्यो कि ? कातिक १५ गते राजधानीमा  ‘समकालीन राजनीतिका आन्तरिक र बाह्य चुनौतीहरु’ विषयक अन्तर्क्रियामा डा. बाबुराम भट्टराईद्वारा व्यक्त विचारमाथि प्रा. कृष्ण खनालको टिप्पणीको सम्पादित अंश । स्रोतः इसमता
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies