Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कता हरायो यत्रो इन्धन ?

\"oil\"काठमाडौं । भारतले अघोषित नाकाबन्दी लगाएयता पूर्वी नाका जोगबनीबाट मात्र १ सय ४५ ट्यांकर पेट्रोल, ४ सय ७७ ट्यांकर डिजेल र १ सय ४२ बुलेट ग्यास नेपाल भित्रिएको छ । जसमध्ये १ सय ८ ट्यांकर पेट्रोल, ३ सय ५७ ट्यांकर डिजेल र १ सय ६ वटा ग्यास बुलेट काठमाडौं पठाइएको छ ।   दसचक्के एउटा ट्यांकरमा २० हजार र ६ चक्केमा १२ हजार लिटर पेट्रोलियम (पेट्रोल–डिजेल) पदार्थ अट्छ । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थ काठमाडौं पठाउन दसचक्के ट्यांकरकै प्रयोग भइरहेको स्रोतको भनाइ छ । काठमाडौं पु¥याइएका १ सय ८ ट्यांकरमा २१ लाख ६० हजार लिटर पेट्रोल थियो । ५ लिटरकै दरले वितरण गर्ने हो भन्ने जोगबनी नाकाबाट मात्रै काठमाडौं पुगेका पेट्रोल ४ लाख ३२ हजार सवारीसाधनले पाउँछ । असोज १८ देखि कात्तिक २९ गतेसम्म जोगबनी नाकाबाट विराटनगर डिपो आइपुगेका पेट्रोलियम पदार्थमध्ये ७५ प्रतिशत गृह मन्त्रालयको निर्देशनमा काठमाडौं पुर्याइएको छ ।   आजको नागरिक दैनिकमा खबर छ–काठमाडौंवासी भने पेट्रोलियम पदार्थको चरम अभाव झेल्दैछन् । जोगबनी नाकाबाट भित्रिएको पेट्रोलियम पदार्थमध्ये २५ प्रतिशत अर्थात् ३६ ट्यांकर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा वितरण गरिएको छ । छचक्के ट्यांकरको इन्धन विराटनगरमै राखिएको स्रोतको भनाइकै आधारमा एउटा ट्यांकरमा १२ हजार लिटर पेट्रोल हुन्छ । ३६ ट्यांकरलाई १२ हजारले गुणन गर्दा ४ लाख ३२ हजार लिटर पेट्रोल कोसी–सगरमाथा अञ्चलमा आपूर्ति भएको छ । तर, कोसी–सगरमाथा अञ्चलमा पनि इन्धन वितरण सहज हुन सकेको छैन । नाकामा अवरोध भएयता विराटनगरका उपभोक्ताले लाइन लागेर ५ पटक ५ सय रुपैयाँको पेट्रोल मात्र लिन पाएका छन् । \'जोगबनी नाकाबाट ल्याइएको पेट्रोलियम पदार्थ काठमाडौं नपठाएको भए यहाँ छेलोखेलो हुन्थ्यो\' नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, कोसीका उपाध्यक्ष अरबिन्द शर्माले भने, \'काठमाडौंको अभाव टार्न यहाँबाट इन्धन पठाइयो, त्यहाँका जनताले पनि पाएका छैनन्, आखिर त्यत्रो तेल गयो कहाँ ?’ एक पेट्रोलियम व्यवसायीका अनुसार आयल निगमको ट्यांकर बाहेक पनि ठूलो परिमाणमा पेट्रोलियम पदार्थ काठमाडौं गइरहेकै छ । आयात ५० प्रतिशत कम धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार नाकाबन्दीमा सुदूरपश्चिमी नाकाबाट कोटाभन्दा ५० प्रतिशत कम तेल आयत भएको छ । कात्तिकमा २० लाख लिटर तेल कम आयात भएको नेपाल अयाल निगम क्षेत्रीय कार्यालय, धनगढीका प्रमुख शरद पौडेल बताउँछन् । सुदूरपश्चिममा भित्रिने गौरीफन्टा नाकामा मधेसी मोर्चा तथा थरुहट, थारुवान संयुृक्त संघर्ष समितिको कुनै अवरोध नभए पनि भारतीय बनथरा डिपोले ५० प्रतिशत कम तेल दिएको हो । असोज १८ देखि कात्तिक २९ गतेसम्म पेट्रोल : १०८ ट्यांकर (२१ लाख ६० हजार लिटर) डिजेल : ६८५ ट्यांकर (७१ लाख ४० हजार लिटर) ग्यास : १०६ बुलेट (१,३४,६२० सिलिन्डर)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending