Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कबड्डी–कबड्डी हेरेर पैसा खेर गयो भनि पछुताउनु पर्दैनः उपेन्द्र सुब्बा

\"11145041_10206790699198477_4376740656833483609_n\"   काठमाडौं । खोलाको गीत, लाटो पहाड, जस्ता चर्चित कृतिका सर्जक हुन् उपेन्द्र सुब्बा । उनले कबड्डीबाट उत्कृष्ट लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार र कथा विधाबाट पद्म श्री पुरस्कार प्राप्त गरिसकेका छन् । यतिबेला उनी र रामबाबु गुरुङ मिलेर लेखेको नेपाली चलचित्र कबड्डी–कबड्डी चर्चामा छ । उक्त फिल्मको टे«लर यु–टुवमा ५० दिनमा करिव ५ लाखले हेरिसकेका छन् । प्रस्तुत छ, उपेन्द्र सुब्बासँग दर्शक माझ आउँदै गरेको चलचित्र कबड्डी कबड्डीको सेरोफेरोमा रहेर बखरडबलीले गरेको संवाद । खबरडबलीः तपाई दुईजनाले लेख्नु भएको अघिल्लो सिनेमा कबड्डी सुपरहिट भयो । अब यसबाट चाँही कस्तो अपेक्षा गर्नु भएको छ ? उपेन्द्र सुब्बाः यो कबड्डी– कबड्डी पनि दर्शकले उसै गरि मन पराई देलान् भन्ने आशाा छ । कबड्डीमा भन्दा धेरै मेहनत गरेका छौं । खबरडबलीः कबड्डी – कबड्डीमा खास के छ ? किन हेर्नु पर्छ दर्शकले ? उपेन्द्र सुब्बाः हेर्नै पर्छ भन्ने कर त छैन । तर यसमा नेपाली मौलिक कथा छ, मनोरञ्जन भरपुर छ । हेरेर पैसा खेर गयो भनि पछुताउनु चै पर्दैन । \"11898882_930724790333111_7174197892410887390_n\" खबरडबलीः तपाईहरुले लेख्नु भएको फिल्ममा नेपाली सिनेमाको परम्परागत शैली केही पछि भेटिदैन । हिरोको जगल्टा, हिरोइनको अर्ध नग्न दृष्य, नाक थेप्चे गुन्डा, केहीपनि भेटिदैन । आफैले भोगिरहे जस्ता जीवनहरु पर्दामा हेर्न पाईन्छ । तपाईले ती पुराना शैलीहरु नसकेर छोड्नु भाको कि नजानेर ? या अरु केही छ अन्तर्यमा ? उपेन्द्र सुब्बाः नजानेर नसकेर भन्दा पनि मन नपरेर होला । म या हामी, केही नयाँ काम गर्नु चाहानेहरू छौं; जो यथार्थको नजिक रहेर हाम्रा नजिकैका हाम्रै समयका कथाहरू भन्न खोज्छौं, कोशिस गर्छौं । यसो हुँदा तपाईले भने जस्तो भो होला । खबरडबलीः यो फिल्मको ट्रेलर ५० दिनमा ५ लाखले हेरिसके । के अब नेपाली सिनेमाको परम्परागत शैलीकोे युग सकिएको हो ? उपेन्द्र सुब्बाः कला साहित्य सधै एउटै परम्परामा चल्न सक्दैन । समय समयमा नयाँ कोशिस नविन प्रयोगहरू भई राख्नु पर्छ । र मात्रै कला साहित्य बाँच्दछ । \"12243481_10207066026081477_7978131820190237360_n\" खबरडबलीः कथा विधाबाट पद्म श्री पुरस्कार प्राप्त गर्नु भयो । खोलाको गीत पाठकले खोज्न छाडेकै छैन । सिनेमामा पनि त्यतिकै लागि रहुन भएको छ । अब उपेन्द्र सुब्बालाई के भनेर चिन्ने हामीले ? उपेन्द्र सुब्बाः म जीवन भर कवि हुन कोशिस गरिरहने छु । खबरडबलीः अन्तमा, तपाईको टिमले बनाएको कड्डडी –कब्ड्डी सिनेमा लाखौं दर्शकले मन पराउन् शुभकामना । यो चलचित्र कहिले देखि कहाँ कहाँ हेर्न पाउँछौं हामीले ? उपेन्द्र सुब्बाः मंसिर ११ गतेबाट देशभर लाग्छ  र विदेशमा पनि लाग्छ ।     https://www.youtube.com/watch?v=_aqNQY5zfZQ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending