Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

दिदीले भाइलाई उनेको माला दिदीकै शवमा चढाउनुको परेको त्यो भाइटिका

\"raju-syangtan1\"नाकाबन्दी अभाव र पीडाका बाबजुत काठमाण्डु धपक्क बलेको देख्छु । म भने यो घरबेटीको छतमा कापी कमल बोकी झिलिमिली काठमाण्डु हेरिरहेछु । जब जब रेडियो टेलिभिजनहरुमा तिहार सम्बन्धी गीतहरु बज्न थाल्छ; जनयुद्धको एउटा अविस्मरणिय घटना तर्फ अनायासै मोडिन पुग्छु । मुटु चस्स चस्स विझाउन सुरु गर्छ । मनको चङ्गा अनायासै भिडबाट उडेर परपर पुग्छ ।   म त्योे क्षण चाहेर पनि भुल्न सक्दिन । साँच्चै अदित्तिय वर्गियमायाको पलहरु थियो त्यो । जहाँ रगतको साईनो भन्दा वर्गिय साईनोले हामी बाँधिएका थियौं । एउटालाई बिझ्दा अर्कोलाई दुख्थ्यो । आँशुहरु बरावरी बाँडिन्थे । खुशीहरु सरावरी बाँडिन्थे । न कुनै स्वार्थ न कुनै मोह । सवैको एउटै लक्ष्य ।   वि.सं. २०५९ सालको तिहार कुरा हो यो । त्यतिवेला म सर्लाही र महोत्तरीको चुरे क्षेत्रमा कार्यरत थिएँ । तिहारको रौनकले वातावरण घमाइलो थियो ।  हाम्रो भने अर्कै सुर । के दशैं, के तिहार, युद्धको वेगले सबै बिर्सिसकेका थियौं । एक डेढ महिना अघि मात्र सिन्धुलीको भिमान चौकी आक्रमणको घाउ ओभाई सकेको थिएन । गन्भिर घाईते साथीहरु सिमा पारी गईसकेका थिए । केही सामान्य घाईते साथीहरु चुरेमा हामीसगै थियौं ।   मेरी दिदी प्रतिक्षा स्याङतान (काकाको छोरी) ले आज गोरु तिहार भोली भाई टिका भन्ने कुरा मलाई सेन्ट्री बदल्ने बेलामा खुसुक्क भन्नु भयो । मैले खासै मतलब गरिन । डिउटी अवधी नसकिदै कार्यालयबाट मलाई बोलाईयो । बिरामीको सुरक्षाको लागी यता आएका जनमुक्ति सेनाका साथीहरुलाई लडाईकोलागि पुर्व जानु पर्ने भएछ । सुरक्षित बाटो हुँदै साथीहरुलाई सिन्धुलीको सिरुडाँडा पु¥याउनु पर्ने जिम्मा साथी प्रकाश र मेरो आयो । हामी तयारी भयौं । दिदीले मलाई दालमोट र चिउरा पोको पारेर दिनु भयो । हामी हिँड्दा घाम रातो भएर चुरेको कापमा लुक्न खोज्दै थियो ।   सर्लाहीको कालिन्जोर खोलाको शिरबाट सुर भएको यात्रा फुल्जोर खोला शिर, बाँके खोलाको पिपल दमार, लामीदमार हुँदै सिन्धुलीको पाथीपरान टेक्दै राती ११ बजे महोत्तरीको रातु खोलाको एउटा सानो गाँउमा पुगेर रोकियो । स्थानिय पार्टीका साथीहरुले खाना बनाउनु भएछ । प्रकाशले हँसाउनु भयो । “ राजु मैले तिन पटक भात थपेको बल्ल २ टुक्रा गुन्द्रुक भेटियो यार, अरु त नुन र पानी मात्रै” । सुन्ने साथीहरु हाँसे ।   टिम कमाण्डर बिकल्पले हिँड्ने आदेश गर्दा रातीको १२ बजेको थियो । सबै भन्दा मुख्य गांैडा कट्नु थियो । पुर्व र पश्चिमको पार्टी जोड्ने एउटै मात्र चोर बाटो । जहाँ भर्खरै जनमुक्ति सेनाले सानदार बिजय प्राप्त गरेको थियो । आक्रमणको टाटाहरु सुमसुम्याउदै बैरीहरु ठुलै तामझामका साथ करिब दुई किलोमीटर तर तैनाथ थिए । कयौं साथीहरु त्यहाँ हताहत भएका थिए । बाटो कट्ने हामीसँग अरु विकल्प थिएन । एउटा बिकल्प ईन्डियाको भुगोल प्रयोग गर्नु पर्ने थियो  ।   महिनौ लाग्ने जुन तत्काल सम्भव थिएन । डाँडा काटेर ५० मिटर नजिक पुग्यौं ।  म र प्रकाश तल रिकी गर्न गयौं । एक, एक घण्टाको दुरीमा सेनाको गाडी ओहोर दोहोर हुन्छ भन्ने गाँउमै थाहा पाएका थियौं । करिब २० मिनेट पछि सेनाको गाडी माईथानबाट भिमान तिर गयो । हामीले मौका छोप्यौं । सेनाका साथीसहित हामी एकै झोंकमा खुरुरु कुदेर रोड पार गरी कमला नदीको बगरमा पुग्यौं ।   पारी गाँउमा देउसी खेलेको सुनियो । औंशीको रात, डाँडाकाँडा र बगरको हिंडाई, मेरो गोलस्टार जुत्ता फाटेर खुट्टा बाहिर पानी र बालुवाहरु भित्र भयो । कमलाको बगरमा हिड्न सारै गा¥यो भयो । उकालो चढ्यौं । साथीहरु जहाँ बस्यो त्यहि निदाउने भइसकेका थिए । बिहानको करिब ४ बजे हामी सम्पर्क स्थल पुग्यौं ।   बिदाईको साथ मिलाएर फर्किहाल्यौं । एकछिनपनि थकाई मार्ने हामीसँग फुर्सद थिएन । अध्यारो मै अघिको जङ्घार तर्नु थियो । ओरालो झर्दा झदै घाम उदाउन सुरु गरि हाल्यो । कमला नदी किनारको गाउँमा पुग्दा त घाम छिप्पि सकेको थियो ।   कम्बरको ग्रिनेट र पेस्तोल झोलामा हाल्यौं । जब गाँउमा निस्क्यौं । मान्छेहरु परपर भाग्न थाले । अनिदो आँखा, भोको पेट, मैलो लुगा, फाटेको गोल्डस्टार जुत्ता, हाम्रो स्वरुप देखेर माओवादी कता भिडन्तबाट उम्केर आएछ भन्ठाँने क्यार । गाउँलेहरु परपर तर्किन पो थाल्यो । गाउँमा भाईटिकाको दिन कुनै अप्रिय घटना आँखा सामुन्ने देख्न नपरोस् भन्ने भाव बुझिन्थ्यो । खोला पारी शाहीसेनाको क्याम्प । कसैले सुँईको दियो भने आधा घन्टा मै आईपुग्न सक्छ । घर–घरमा भाईटिकाको तयारी थियो । सयपत्री फूलले सजिसजाउ वातावरण । दिदीबहिनीहरुमा खुशियाली उमंग । दाजुभाई टिका थाप्न आतुर थिए । हामीलाई देखेपछि गाउँमा एक प्रकारको सन्नाटा छायो ।   अव अर्को आपत आईलाग्यो । अघि रातीको नाका कट्ने बेला सबैको निधार र गला चम्किएको हुनेछ । हामी टिका थाप्न जाँदैछौं जस्तो पनि देखिदैनौं । यस्तो हातलमा भेट्यो भने सिदै गोली ठोक्छ । प्रकाशले भन्नु भयो“ राजु जाँउ, एउटा दिदीलाई टिका लगाईदेउ भनौं” । तिन चार ओटा घरमा अनुनय गरौं । कसैले पनि टिका लगाईदिएनन् । डराएर लुक्न थाले मानिसहरु । उनीहरुको मुहारमा केही महिना अघिको भिमान आक्रमणको गोलाबारीको क्रास झल्किन्थ्यो । पार्टीका साथीहरु पनि क्याम्प नजिक भएको कारण कोही पनि नआउने रहेछ ।   एउटा जुक्ति आयो । मैले प्रकाशलाई टिका र माला लगाई दिएँ । प्रकाशले मलाई । पाईन्टको चोर जोगीबाट २० रुपैंया निकालेर थालमा छोडी दियौं । अनि बाटो लाग्यौ त्यहाँबाट ।   कमला नदीको बगरमा पुग्यौं । त्यो दिनको हिंडाई फरक थियो । आँखा अगाडी बितेका भाईटिकाहरु झलझली आउन थाले । दिदीले तेल लगाई दिएर काँईयोले जुल्फी कोरी दिएको सम्झें । मादल बजाउँदै साथीहरुसँग देउसी खेलेको सम्झें । भोक असाध्यै लागेको थियो । कमलाको चियो पानी पियौं । सम्झें, यसपालीको भाईटिका यस्तै भयो । क्रान्तिको बिजय पछि नै मनाउँला भाई टिका । मनमा बिजय पछिका सपनाहरु सजाउदै कमलाको बगरै बगर हिंडीरह्यौं ।   मुख्य गौडा पार भयो । संयोगले बाटो सुनसान थियो । सबै खानपिनमा ब्यस्त थिए होला सायद । चुरेको जंगल नै जंगल दिदी अनि आमा बुवा साथीसंगी धेरै पटक सम्झें । दिनको २ बजे तिर महोत्तरीको चुरेमा पुग्यौं । जहाँ हामी डोकोमा राखेको किनारा पसल थियो । सबै सकिएछ सामान । खान मिल्ने २ वटा टेस्टी बिस्कुट मात्रै बाँकी रहेछ । पानीमा चोपेर खायौं । त्यसपछि हिड्यौं फेरी । रातको ८ बजे जहाँबाट यात्रा सुर गरेका थियौें त्यहीँ आई पुग्यौं ।   जब बसेको घरमा पाईला टेकेँ, त्यहाँ अनौठो भावहरु देखें । सबै जना मेरो अनुहार हेरि रहेका थिए । मैले ठम्याउन सकिन । कोही सुकसुकाउँदै थिए । मेरो मनमा चिसो बतासले मुटु छोएर गए जस्तो लाग्यो । मन सिरिड्ड भयो । मलाई हेडक्वाटरमा बोलाईयो । जिल्ला ईन्चार्ज लोचनबाट जब सुने वास्तविकता धर्ति भाँसिएर पुरिएको महसुस गरेँ ।   भाइटिकाको दिन करेसामा फुलेको सयपत्री र मखमली फूल टिपेर दलानमा राख्नु भयो रे । त्यसपछि कुचो लगाउँन थाल्नु भएछ । कुचो लगाउन निउरिदा दिदीले बोक्नु भएको ग्रिनेट भुईमा खसेछ ।   एक्कासी ग्रिनेट पड्क्यो । थाहा भएन मेरी दिदीले पानी भन्न पाउनु भयो कि भएन । घटना सुनिसकेपछि चिच्याएछु, कराएछु । “तपाईहरुको लापरवाहीले मेरो दिदीको ज्यान गयो” । जिल्ला ईन्चार्जसँग मुखमुखै लागेछु । सान्त्वना फिका फिका लागीरहेको थियो । आकाशको एक फक्लेटा खसेर म पुरिएँ जस्तो भइरहेको थिएँ ।   भाईटिकाको दिन मेरी दिदीले अव कहिले पनि मलाई काँईयोले कपाल कोरि दिनु हुन्न । विदामा घरजाँदा अव दिदीले कहिल्यै राजारानी बनको तेर्सो बाटैबाटो सुरिलो स्वरमा तामाङ गीत गाउँनु हुनेछैन । साझँपख आगनमा टुकीबालेर आमा दिदीबहिनीहरुलाई महिलामुक्तिको कुरा अव कहिल्यै सिकाउनु हुन्न ।   दिदीलाई पुरेको ठाँउमा गएँ । आँखाबाट आँशुको धारा एकोहोरो बगिरहेको थियो । धर्ति अध्यारो बनाई घाम डुब्यो । भोली त फेरी उदाउँछ । गाँउघर अध्यारो बनाई दिदी सधैंको लागी अस्ताउनु भयो । अब कहिलै आउनुहुन्न ।   दिदीको चिहान छेउमा टुक्रुक्क बसेर धेरै बेर एक्लै रोईरहेँ....। बिस्तारै मेरो कुममा कसैको स्पर्श महसुस गरेँ । हेरेँ, मेरो साथी प्रकाश हातमा फूल बोकेर आएको रहेछ । उसले आँशु झार्दै मलाई फूल दियो । मैले फूल दिदीको चिहानमाथी चढाएँ; जुन फूल मेरो लागि दिदीले दिउँदो टिप्नु भएको थियो ।   आज पनि प्रत्येक वर्ष आउने रमाईलो तिहारले दिदीको सम्झना बोकेर आउँछ । जव जव तिहार नजिकिदै आउँछ, काठमाण्डुको भिडबाट भागेर कतै टाढा जान मन लाग्छ । आज म यो छतमा बसेर लेखिरहेकोछु संस्मरण । काठमाण्डु झन झन उन्मत्त हुँदैछ । पर धमिलो देखिने चन्द्रागिरि पहाड तिर हेर्छु । मेरी दिदी त्यही पहाडको काखमा, सपनाको अपुरो ईन्द्रणी बनेर मलाई सोध्नु भए झैं लाग्छ “मेरो भाई, पुरा भयो मेरो सपना ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending