Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

यसरी मनाउँदै छन् अभिनेत्रीले तिहार

\"herion\"काठमाडौं । आम नेपालीजस्तै नेपाली अभिनेत्री पनि तिहारलाई आफ्नै तरिका मनाउन योजनामा छन् । कुन अभिनेत्रीको तिहार मनाउने तयारी कस्तो छ त ? साह्रै उमंगित छु झरना थापा नाकाबन्दीका कारण दसँै अभाव र तनावमै मनाइयो । तिहार पनि सहज छैन । तर पनि, हिन्दू संस्कारअनुसार तिहार मनाइन्छ । घरमा दीपावली गर्ने, कुकुर, लक्ष्मी, गोबर्धनको पूजाआराधना गर्ने, सेल पकाउने, देउसी–भैलो खेल्न आउनेहरूलाई दक्षिणा दिने, भाइटीकामा भाइलाई टीका लगाइदिने । तीन वर्षपछि यसपालि भाइटीका लगाउँदै छु । साह्रै उमंगित छु । पूजाका लागि सामग्री किन्दै छु । घरपरिवारका सदस्यसँग हल्का तास खेल्ने, मीठो–मीठो खाँदै तिहार मनाउने योजना छ । मेरो ‘फेभरेट’ पर्व हो रजनी केसी तिहार मेरो फेभरेट पर्व हो । जताततै झिलिमिली बत्तीले गर्दा साह्रै रमाइलो लाग्छ । काग, कुकुर, लक्ष्मी, गोबर्धन र भाइको पूजा गरिने चाड भएकाले अन्यभन्दा विशेष लाग्छ । ममीसँग मिलेर सेल पकाउने, भाइसँग बत्ती बाल्ने, देउसी–भैलो खेल्न आउनेहरूसँगै रमाइलो गर्न खुब मन पर्छ । लक्ष्मीपूजा र भाइपूजाका लागि सपिङ गर्दै छु । बच्चामा त देउसी–भैलो खेल्न, नाच्न हुरुक्कै हुन्थेँ । अचेल भने हेर्न रमाइलो लाग्छ । दसैँ परदेशी फिल्मकै प्रमोसनमा बित्यो । तिहार फिल्म सफलताको खुसीयालीमा बिताउँदै छु । सेल पकाउँछु रेखा थापा अहिले जताजतै अभाव र त्यसले सिर्जित तनाव छ । तर पनि, हाम्रो संस्कार र परम्परा निभाउनुपर्छ । दसैँझैँ तिहार पनि आएझैँ महसुस भएको छैन । स्थिति सहज भएको भए धेरै उमंग हुने थियो । यसपालि म काठमाडौंमै तिहार मनाउँछु । देउसी खेल्न आउनेहरूसँग रमाउँछु । लक्ष्मीको पूजाआराधना गर्छु । ममीसँग मिलेर सेल, मीठा–मीठा परिकार पकाउँछु । दाइ, भाइहरूलाई टीका लगाइदिन्छु । अझ सफल होऔँ, सारा नेपालीले सुख पाऊन् भन्ने आशीर्वाद माग्छु । कतारमा हुन्छु केकी अधिकारी अधिकांश पर्वमा जनावरको बलि चढाइन्छ । तर, तिहारमा भने जनावरहरूको पनि विधिपूर्वक पूजा गरिन्छ । त्यसैले पनि मलाई तिहार निकै राम्रो लाग्छ । बत्तीको झिलिमिली, सप्तरंगी टीका, चारैतिर रौनकता, माहोल नै सुनौलो हुन्छ । यसपालिको तिहारमा भने म प्रोग्रामका लागि कतार जाँदै छु । यसअघिका तिहारमा कहिल्यै पनि बाहिर थिइन् । कतारमा रहेका नेपाली दाजुभाइसँग रमाइलो गरेर तिहार मनाउँदै छु, टीका पनि उतै लगाउनुपर्ला । रंगोली बनाउँछु सुरबिना कार्की अरू पर्वभन्दा तिहार मलाई विशेष लाग्छ । चारैतिर बत्तीको झिलिमिली, फूलहरूको बहार, मौसम नै कत्ति रोमान्टिक हुन्छ । त्यसले गर्दा मनमा साह्रै ऊर्जा थपिने गर्दछ । मान्छेको मात्र होइन, घरपालुवा जनावरको पनि पूजा हुने भएकाले तिहार साँच्चै विशेष छ । घर रंगाउन, फूलहरूले सजाउन, सेल पकाउनुका साथै रंगोली बनाउँछु । पहिला–पहिला त भुराभुरी जम्मा पारेर भैलो खेल्न जान्थेँ । अचेलचाहिँ भैलो खेलेको हेर्न मन पर्छ । पटकाहरूको आवाज सुन्दा पनि आनन्द लाग्छ । म घरकी जेठी हुँ । हामी तीन बहिनीको एउटा भाइ छ । उसैलाई टीका लगाइदिन्छौँ । धुमधामसँग मनाउँछु सारिका केसी मेरो एउटा दाइ हुनुहुन्छ । यसपालि तिहार मनाउन घरै ९बागलुङ० जान्छु । तिहारमा घर रंगाउन, भैलो खेल्न साह्रै मन पर्छ । काग, कुकुर, गाई अनि गोरुको पूजा गर्ने प्रचलन निकै राम्रो लाग्छ । मलाई दसैँभन्दा तिहार बढी मन पर्छ । गाउँमा तिहारको रौनक नै बेग्लै हुन्छ । साथीहरूसँग हल्का तास पनि खेल्छु । दाइलाई टीका लगाएपछि पाइने आशीर्वाद साह्रै महत्त्वपूर्ण लाग्छ । यसपालि अलि अभाव र स्थिति असहज छ । तर पनि, वर्ष दिनमा एकपटक आउने तिहार धुमधामसँग मनाउँछु । लंगुरबुर्जा खेल्छु महिमा सिलवाल दसैँमा झँै तिहार मनाउन पनि चितवन नै जाँदै छु । चाडपर्व आफ्नै घरमा रमाइलो हुन्छ । मलाई लक्ष्मीपूजा निकै मन पर्छ । लक्ष्मीलाई सजाएर पूजा गर्दा साह्रै आनन्द महसुस हुन्छ । पहिला–पहिला भैलो खेल्न पनि जान्थँे । अचेल भने साथीसंगी कहाँ–कहाँ पुगे, त्यसैले माहोल हुँदैन । घरमा देउसी खेल्न आउनेहरूसँगै रमाउँछु । सेल पकाउने, पटका पड्काउने अनि लंगुरबुर्जा खेल्न आनन्द लाग्छ । एउटा भाइ छ, उसलाई टीका लगाइदिन्छु । रंगीन पर्व जमेर मनाइन्छ अनामिका चौलागाईं तिहार रंगीन पर्व हो । दीपहरूको उज्यालो, रङहरूको विविधताले वातावरण नै सुन्दर बनाउँछ । त्यसमाथि देउसी–भैलोले माहोल नै रमाइलो हुन्छ । चाडहरूमध्ये तिहार निकै मन पर्छ मलाई । फूल टिप्ने, माला उन्ने, घर सजाउने, लक्ष्मीको आराधना गर्ने पर्वको विशेषता नै बेग्लै छ । मेरा दुई दाइ हुनुहुन्छ, दिदीबहिनी मिलेर टीका लगाउँछाँै । साथीहरूसँग भेटघाट हुन्छ, परिवारमा तास खेल्ने, बत्ती बाल्ने तथा दाइहरूबाट आशीर्वाद लिन्छु । नाकाबन्दीका कारण तनाव र अभाव छ । तर पनि, तिहार भने जमेर मनाइन्छ । देउसी भैलोको आनन्द लाग्छ आशिष्मा नकर्मी झिलिमिली बत्तीको प्रकाश, फूलहरूको सुगन्ध, देउसी–भैलोको गुञ्जाहटले तिहारमा मन आनन्द पार्छ । हरेक तिहारमा थ्री स्टार क्लबले पाटन दरबार स्क्वायरमा नेपाल संवत् नयाँ वर्षको कार्यक्रम आयोजना गर्ने गर्छ । त्यसमा सहभागी हुन्छु । नेपाल संवत्को नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा म्हस् पूजाको माहोल नै बेग्लै हुन्छ । मेरा आफ्ना दाजुभाइ नभएकाले भाइटीका लगाइँदैन । सानामा साह्रै लजालु भएकीले कहिल्यै देउसी–भैलो खेलिनँ । अचेल त झन् कहाँ जानु र खेल्न । नयाँ पत्रिका दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending