Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पुरानो बसपार्कमा दक्षिण एसियाकै २१ तले भ्यु टावर बनाइदैं

\"view-tower\"काठमाडौं । रत्नपार्कस्थित पुरानो बसपार्कमा २१ तले ‘काठमाडौं भ्यु टावर’ निर्माण हुने भएको छ । विवादका कारण लामो समयसम्म स्थगित भ्यु टावरको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले शिलान्यास गर्ने भएका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–काठमाडौं महानगरपालिकाले निजी कम्पनी जलेश्वर स्वच्छन्द बिकोइसँगको साझेदारीमा टावर निर्माण गर्न लागेको हो । टावर निर्माणका लागि लाग्ने सम्पूर्ण रकम निजी कम्पनी बिकोइले नै गर्नेछ । टावरको लागत रकम तीन अर्ब रुपैयाँ रहेको छ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्न पाउनेछ । ३० वर्षपछि भने टावर स्वतस् महानगरपालिकाको स्वामित्वमा आउने महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार टावर तीन वर्षभित्र निर्माण भइसक्नेछ ।   काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत तामाङका अनुसार पब्लिक प्राइभेट पार्टनसिप ९पिपिपी० प्रणालीअन्तर्गत निर्माण हुन लागेको यो मुलुककै ठूलो परियोजना हो । ‘पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गत बन्ने यो मुलुककै ठूलो परियोजना हो । यो तीन वर्षभित्र बन्नेछ । टावरको लागत रकम तीन अर्ब रुपैयाँ तोकिएको छ । सबै रकम निजी कम्पनीेले नै लगानी गर्नेछ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्नेछ । त्यसपछि भने महानगरपालिकाको स्वामित्वमा आउनेछ,’ कार्यकारी अधिकृत तामाङले भने । यसअघि साउनको तेस्रो साता नै टावरको शिलान्यास गरिने भनिएको थियो । महानगरपालिकामा टावरको नक्सा पास नभएका कारण शिलान्यास रोकिएको थियो ।   पहिलो चरणमा टावर १२औँ तलासम्म मात्रै बन्नेछ । यसको लागत रकम तीन अर्ब रुपैयाँ अनुमान गरिएको छ । २१ तलाका लागि भने सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । कम्पनीले भ्यु टावर निर्माणका लागि माटो तथा वातावरण परीक्षणको काम सकिसकेको छ ।   प्रारम्भिक प्रस्तावना तयार गरिएको चार वर्षपछि योजनाले साकार रूप लिएको हो । कम्पनीले बसपार्कमा टावर बनाउने प्रस्तावना ०६८ मै तयार गरेको थियो । ठेक्का सम्झौता प्रक्रियामा भ्रष्टाचार भएको आशंकापछि प्रस्तावना रोकिँदै आएको थियो । यही सन्दर्भमा परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिइसकेको छ ।   कम्पनीले नयाँ बसपार्कको २३ रोपनी ५ आना जग्गामा भ्यूटावर निर्माण गर्नेछ । भ्यु टावरको भूमिगत तलामा व्यवस्थित पार्किङ व्यवस्था हुनेछ । त्यसभन्दा माथि बसपार्क हुनेछ । मोटरसाइकल पार्किङ पनि सोही भागमा रहनेछ । महानगरपालिकाका अनुसार निर्माण हुने पार्किङ क्षेत्रले रत्नपार्क र न्युरोड आसपास पार्किङ हुने सम्पूर्ण सवारीसाधनलाई धान्नेछ ।   टावरको माथिल्ला तलामा बैंक, सपिङ कम्प्लेक्स, सोरुम, सिनेमा हल, डिस्को, रेस्टुरेन्ट, जिमहल, स्विमिङ पुलदेखि फाइभ स्टार होटेलसमेत निर्माण गरिनेछ । दक्षिण एसियाकै नमुना बनाइने टावरभित्रका सम्पूर्ण सुविधा चौबिसै घन्टा खुला हुनेछन् ।   नमुना टावर बनाउने योजना पहिलो चरणमा १२ तला निर्माण हुने भएको छ । टावरमा बैंक, सपिङ कम्प्लेक्स, सोरुम, सिनेमा हल, डिस्को, रेस्टुरेन्ट, जिमहल, स्विमिङ पुलदेखि फाइभ स्टार होटेलसमेत निर्माण गरिनेछ । टावरलाई दक्षिण एसियाकै नमुना बनाउने कम्पनीको भनाइ टावर बनाउ ३ अर्ब लाग्ने काठमाडौं महानगरपालिकाले निजी कम्पनी जलेश्वर स्वच्छन्द बिकोइसँगको साझेदारीमा टावर निर्माण गर्न लागेको हो । टावर बनाउन तीन अर्ब लाग्ने अनुमान छ । सबै खर्च निजी कम्पनी बिकोइले नै गर्नेछ । त्यसबापत कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्न पाउनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending