Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

शाहरुखको कमी महशुस हुन्छः दीपिका पादुकोण

\"Shahrukh_Deepikaएजेन्सी– बालिउडका बादशाह शाहरुख खानका साथ तीन फिल्ममा सँगै काम गरेकी दीपिका पादुकोणको आगामी फिल्ममा शाहरुख सहभागी हुन नसकेकोमा अफसोस जाहेर गरेकी छन् । सन् २००७ मा फिल्म ‘ओम शान्ति ओम’मा पहिलो पटक शारुख खानका साथ देखा परेकी २९ बर्षीया दीपिका सन् २०१३ मा उनैका साथ ‘चेन्नई एक्सप्रेस’मा र सन् २०१४ को तीहारमा रिलिज भएको ‘ह्याप्पी न्यू ईयर’मा सँगै काम गरेकी थिइन । जसलाई दर्शकहरुले निक्कै रुचाएका थिए । उनले आफ्नो आगामी फिल्म ‘बाजीराव मस्तानी’ मा मस्तानीको पोस्टर रिलीज गर्ने अवसरमा संबाददाताहरुसँग कुरा गर्दै भनिन्– ‘मेरो विचारमा हामी दुबैको बीच निक्कै राम्रो समिकरण छ । यसका साथ साथै हामीलाई एक अर्काको सम्झना पनि भैरहन्छ ।’ \"Shahrukh_Deepikaदीपिकाले थपिन– ‘पछि उहाँले जुन फिल्महरु खेल्नु भयो त्यसमा म आफै हुन नपाउँदा मलाई निकै नरमाइलो लाग्यो र सेटमा पनि उनको कमी मलाई महशुस भैरहन्छ ।’ बाजीराव मस्तानी संजय लीला भन्सालीले निर्देशन गरेको ‘पीरियड ड्रामा’ हो जसमा रणवीर सिंह र प्रियंका चोपडाको मुख्य भूमिका रहेको छ । बाजीराव मस्तानी १८ दिसम्बरका दिन रिलीज हुदैछ र यसै दिन शाहरुख र काजोल अभिनित ‘दिलवाले’ फिल्म पनि रिलीज हुँदैछ । हालै शाहरुखले पनि दीपिका आफ्ना लागि भाग्यशाली भएको बताउँदै दीपिकाको सौभाग्यले आफ्नो आगामी फिल्म ‘दिलवाले’ले सफलता पाउनेमा आशा व्यक्त गरेका थिए । यस पटक दीपिकालाई सोध्दा उनले भनिन्– ‘यो कुराले उनलाई निकै उदार बनाई दिन्छ जस्तो कि उनी छन् ।’ उनले ‘ओम शान्ति ओम’ र ‘चेन्नई एक्सप्रेस’को सफलताको श्रेय शाहरुखले आफूलाई दिए पनि त्यसमा आफ्नो भन्दा कयौं गुणा धेरै काम उनले गरेको बताउन पछि परिनन् । ‘उहाँले मलाई त्यति नै मन पराउनु हुन्छ जति मैले ।’– दीपिकाले भनिन् । \"Shahrukh_Deepika1\"तथापी दीपिकालाई ‘बाजीराव मस्तानी’ र ‘दिलवाले’ एकै समयमा रिलीज हुन लागेकोमा आफूलाई त्यसको कुनै परवाह नभएको टिप्पणी गरेकी छन् । मलाई के विश्वास छ भने– ‘दिलवाले सुपिरहिट हुन्छ किनकी त्यसमा निक्कै प्रतिभाशाली मानिसहरुले काम गरेका छन् र उनीहरुले पनि त्यति नै मेहनत गरेका छन् जति कडा मेहनत हामीले हाम्रो फिल्मका लागि ।’ दीपिकाले यदि दिलवाको राम्रो प्रदर्शन भएमा त्यसको श्रेय आफूलाई नभई उनीहरुको परिश्रमलाई जाने बताएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending