Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

११२ किमि छोटो, पक्की र दूईलेनको सडक भएको तातोपानी नाका किन खुलेन ? यस्ताे छ रहस्य

\"chinकाठमाडौं । लामो समयदेखिको भारतीय नाकाबन्दीको विकल्पको रुपमा चीनबाट इन्धन भित्र्याउने सरकारी प्रयास भौगोलिग जटिलता तथा चीनसँगको नाका असहज भएको चर्चा चौतर्फी चलिरहेको छ ।   हाल चीनसँग सडक संजालबाट जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका दुईवटामात्रै भरपर्दा विकल्प हुन् । चिनले नेपाललाई अनुदान स्वरुप दिएको १ हजार मेट्रीक टन इन्धनमध्य १ लाख लिटरभन्दा बढी मात्रामा केरुङ नाकाबाट भित्रिइसकेको समेत छ । तर चीनको भुगोलमा बाटो अवरुद्ध भएका कारण बाँकी इन्धन भित्रिन सकेको छैन ।   महाभूकम्पका कारण यि दूबै नाका केही समय अघिसम्म बन्द थियो । दशैं अगाढी दुबै नाका संचालनमा ल्याइएपनि व्यापारिक कारोवार भने दुवै नाकाबाट भईरहेको छैन । तातोपानी नाकामा चीनियाँ पक्षले व्यापारिक कारोवार गर्न खुल्ला गरेको छैन भने केरुङ नाकामा बारम्बार चीनियाँ भुगोलमा आउने बाटोको अवरोधका कारण संचालनमा छैन ।   नेपालको तात्कालिन आवश्यकतालाई ध्यानमा राख्ने हो भने केरुङभन्दा तातोपानी नाका नै बढी सहज  हुन्छ तर चीनिया पक्ष तातोपानी भन्दा केरुङलाई नै दिर्घकालिन रुपमा जोड गरिरहेको छ । चीनिया पक्षको दिर्घकालिन रुपमा जे जोड भएपनि नेपाली अधिकारीहरुले अहिलेलाई तातोपानी नाका खुलाउन पहल गर्नुपर्नेमा त्यो पहल भईरहेको छैन ।   रणनीतिक हिसाबले चीनको लक्ष्य सिल्क रोडको अवधारणा अनुसार केरुङ नाका नै हो र उनिहरुको चासो तिब्बतको सूरक्षा जोखिमसँग समेत सम्बन्धित छ । तर नेपालको अहिलेको अभाव टार्ने सजिलो उपाय भनेको तातोपानी नाका संचालनमा ल्याउनु बाहेक अरु देखिन्न ।   किन तातोपानी नाका ? अहिले केरुङ नाका खुल्ने र बन्द हुने क्रममा छ । काठमाडौंदेखि केरुङसम्मको १७४ किमि बाटो करिब सबै ठाउँमा सिंगल लेन छ भने नेपालतिर वर्षामा पहिरोको जोखिम उच्च छ । उता चीनको भुगोलमा अब करिब ३ महिना हिउँ परेर बाटो अवरुद्ध हुन्छ । त्यो क्रममा प्राय त व्यापारिक कारोवार गर्न असम्भव हुन्छ । अर्कोतिर काठमाडौंदेखि चीनको सिगात्सेसम्मको दुरी तातोपानी नाकाको तुलनामा ११२ किलोमिटर बढी पर्छ । अर्थाता काठमाडौं–केरुङ–सिगात्से सम्मको दुरी ७१० किलोमिटर हो भने काठमाडौं–तातोपानी–सिगात्सेको दुरी ११२ किलोमिटर कम अर्थात ५९८ किलोमिटर मात्रै हो ।   भौतिक पुर्वाधारका हिसाबले बर्षौदेखि संचालनमा रहेको तातोपानी नाकामा सबै पूर्वाधारहरु छन् । विजुली, टेलिफोन, इन्टरनेट, बैंक तथा होटल लगायतको बजार व्यावस्था तातोपानी नाकामा दुबै मुलकका सिमाक्षेत्रहरुमा प्रशस्त छ । तर केरुङ नाकामा दुबै देशका सिमाक्षेत्रहरुमा माथी उललेखित सुविधा छैन ।   केरुङ नाकाबाट नेपालतिरको बाटोमा १२ हजार लिटर क्षमताका ट्यांकरहरु पनि मुश्किलले छिर्छन् भने १२ हजार लिटर तेल बोकेर आउन सक्दैनन् । नेपालसँग १६ हजार लिटर क्षमताका ट्यांकरहरु बढी छन् । ति जान सक्ने कुरै भएन । उता तातोपानी नाकामा भने १६ हजार लिटर क्षमताका ट्यांकरहरुले समेत पूर्ण क्षमतामा ढुवानी गर्न सक्छन् ।   तातोपानी  नाकामा बाह्रविसेमाथिको २८ किलोमिटर सडकखण्ड बाहेक चीनको बाटो समेत दुरुस्त र राम्रो छ भने केरुङ नाकामा पर्ने चीनको बाटोसमेत कच्ची अवस्था र पहिरोको जोखिममा छ ।   भूकम्पले थिलोथिलो बनाएको तातोपानी सडकखण्ड अहिले मालबहाक गाडी संचालनमा आउनसक्ने अवस्थामा छ । वर्षाको समयमा बाह्रविसे माथिको २८ किलोमिटर सडकखण्डमा समस्या आउन सक्छ तर अहिल्यै भने केही समस्या छैन । तातोपानी बजारमा नयाँ खनिएको सडक ट्रयाक केही अप्ठ्यारो छ तर मर्मत गरे २,४ दिनमै सहज सडक बन्छ ।   दुबै पक्षको उदाशिनता तातोपानी नाका तत्कालन संचालनमा ल्याइने हो भने नेपाललाई आवश्यक इन्धन भित्र्याउन कुनै समस्या छैन । तर नेपाल र चीनका अधिकारीहरु यसबारेमा उदाशिन छन् । नेपालको कर्मचारी संयन्त्र सकेसम्म चीनसँग कारोबार नहोस् भन्ने ठान्छ । यसअर्थमा सहज रहेको तातोपानी नाकाभन्दा केरुङ नाकामा जोड गरिरहेको छ । जसलेगर्दा कारोबार हुन नसक्ने चीनिया नाकाबाट कारोबार हुने कुरै भएन । आयल निगमका एक अधिकारी भन्छन्–निगम नै इन्धन चीनबाट ल्याउने पक्षमा छैन । कर्मचारी संयन्त्र भारतीय प्रभाव छ । उनिहरु केरुङ नाका रोज्नुको पछाडी चीनसँग तत्काल कुनै कारोबार नहोस् भन्ने पक्षमा छन् ।   उता चीनको आफ्नै रणनीतिक र दिर्घकालिक अनि सूरक्षा जोखिमका कारण उदाशिन बनिरहेको छ । चीनले सिल्करोडका अवधारणामा नेपालको केरुङ नाकालाई राखेको छ । जसका कारण पूर्वाधारहरु केरुङतिरै विकास होस् भन्ने पक्षमा छ । अर्को उसको तीब्बती मामला हो । तातोपानी नाकाबाट चीनले सुरक्षा खतरा मानेको छ ।   दुबै मुलकको अनौठो उदाशिनताले नेपालको नाकाबन्दीको बैकल्पिक व्यवस्था भरपर्दो भइरहेको छैन । नेपालले चीनलाई रणनीतिक रुपमा केरुङ नाका बनाउन सहयोग गर्ने बचन सहति अहिलेलाई तातोपानी नाका संचालनमा ल्याउन मनाउनुपर्ने अवस्था देखिन्छ । यसो गर्दा पनि चीनले मानेन भने भन्नुपर्ने हुन्छ कि –चिन भारतीय नाकाबन्दीलाई अघोषित रुपमा सहयोग गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy