Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

प्रचण्डदेखि गृहमन्त्री बस्नेतसम्मलाई प्रभावमा पारेर ८० करोडको स्मार्ट कार्डको ग्लोबल टेण्डर हात पार्ने दाउमा नेपाली एजेन्टहरू

\"prachanda\"काठमाडौं । पटकपटक विवादमा परेर रद्द भएको राष्ट्रिय परिचय पत्र (स्मार्ट कार्ड)को ग्लोबल टेण्डरमा फेरि चलखेल सुरु भएको छ । आजको दृष्टि साप्ताहिकमा खबर छ–पाँच वर्ष अघि सरकारले सुरु गरेको बायोमेट्रिक परिचयपत्र छपाईको टेण्डर तेस्रो पटक अघि बढेको छ । कार्ड छपाईको लागि ६ वटा अन्तर्राष्ट्रिय कम्पनीहरुले टेण्डर दर्ता गराएका छन् ।   फ्रान्सको जिमाल्टो, मलेसियाको आईआरएस, फ्रान्सको साफ्रन मोर्फी, श्रीलंकाको इन्फरमेटिक्स प्रतिस्पर्धामा छन् । त्यस्तै फ्रान्सका अन्य दुई कम्पनी डेर्मालोग र आर्जोविङसले पनि टेण्डर हालेका छन् । यस अघि फ्रान्सको जिमाल्टो साफ्रन मोर्फीबीचको लडाईका कारण अन्तिम समयमा टेण्डर रद्द भएको थियो । त्यतिबेला दुई कम्पनीमात्र सर्टलिस्टमा छानिएका थिए । यसपटक गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्रै सर्टलिस्ट निकाल्ने तयारी गरेको छ । नागरिकतालाई विस्थापन गर्ने गरी बायोमेट्रिक स्मार्टकार्ड दिने उद्देश्यले सरकारले २०६७ साल असारमा नै राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना गरेको हो । पाँच वर्ष बित्दा पनि टेण्डरको काम सकिएको छैन । चलखेलकै कारण पाँच वर्षमा काम सुरु हुन नसकेको हो ।   एसियाली विकास बैंकको ८० लाख अमेरिकन डलर करिब ८० करोड रुपैयाँ अनुदान सहयोगमा १ लाख १० हजार बायोमेट्रिक कार्ड छाप्ने पाइलट प्रोजेक्टको काम हात पार्नेलाई नै पूरै कामको जिम्मा दिइने भएकोले यसमा करोडौंको चलखेल हुने निश्चित छ । थप कार्ड छाप्नको लागि विश्व बैंकले पनि सहयोग गर्ने आश्वासन दिइसकेको छ । लाइसेन्स तथा अन्य सरकारी परिचयका सबै विवरण रहने गरी सरकारले बायोमेट्रिक कार्ड वितरण गर्न लागेको हो । तर, कमिसनकै चलखेलमा ५ वर्ष बित्दा पनि काम सुरु हुन सकेको छैन ।   यसपटक पनि अन्तर्राष्ट्रिय कम्पनीका नेपाली एजेन्टहरु गृहमन्त्री शक्ति बस्नेतदेखि एमाओवादी अध्यक्ष प्रचण्डसम्मलाई प्रभावमा पारेर टेण्डर हात पार्ने दाउमा छन् । तर, टेण्डर स्वीकृति गर्दा एडीबीको पनि हात हुने भएकोले एडीबीमा समेत सेटिङ मिलाउनुपर्ने हुन्छ । दुई वर्ष अघि एडीबीकै स्वार्थमा टेण्डर रद्द भएको थियो । नागरिकताभन्दा महत्वपूर्ण परिचयपत्र छाप्ने कम्पनी कमिसनभन्दा पनि उनीहरुको विश्वसनीयता हेरेर गर्नुपर्नेमा धेरैको जोड छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending