Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पूर्व राजा रहस्यमय भारत भ्रमणमा

\"Ex-king-Gyanendra-shaha-At-pashupti-7\"काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपरान्ह भारत प्रस्थान गरेका छन् । आजको तरुण साप्ताहिकमामा खबर छ–संविधान जारी हुनासाथ भारतद्धारा लगाइएको नाकाबन्दी अझ कडा बनेका बेला पूर्वराजा शाहको यो भ्रमणलाई रहस्यमय मानिएको छ ।   समाचार स्रोतका अनुसार भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको निमन्त्रणमा उनी दिल्ली प्रस्थान गरेका हुन् । संविधान जारी हुनु अघि पनि पूर्व राजा शाह बैंकक प्रस्थान गी भारतीय गृहमन्त्री राजनाथ सिंह र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो तहका नेतालाई भेट गरेको बताइएको थियो ।   उक्त भेटवार्तापछि पूर्वराजा शाह दिल्ली फर्केर केही दिन बसी काठमाडौं आएका थिए । स्रोतका अनुसार राजसंस्था पुनस्थापना तत्काल गर्न नसके पनि संविधान जारी हुने भने ढिलाई गरिदिने वचन त्यतिबेला भारतलेले पूर्वराजा शाहलाई दिएको बताइन्थ्यो । यो सूचना चिनियाँ राजदुतमार्फत प्राप्त गरेपछि मुलुकका प्रमुख दलहरु हतारहतार १६ बुँदे सम्झौता गर्दै संविधान निर्माणमा जुटेका थिए ।   पूर्व राजा शाहलाई दिइएको वचनवद्धता अनुरुप संविधान जारी गर्ने अभियानमा ढिलाई गराउन भारतले भरमग्दुर प्रयत्न गरेको थियो । यसका लागि भारतले विभिन्न चरणमा आफ्ना दुतहरु पठाएर संविधान निर्माणको काम स्थगित गर्न दबाब दिएको थियो ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अन्तिम दुतका रुपमा नेपाल आएका विदेश मन्त्रालयका सचिव एस जयशंकरले सकेसम्म बिहारको चुनाव सम्पन्न नभएसम्मका लागि र नसके कम्तिमा १५ दिनका लागि संविधान निर्माण कार्य स्थगित गर्न दलहरुलाई सुझावमात्रै होइन दबाबसमेत दिएका थिए । तर, राजतन्त्र स्थापित गर्ने दिल्लीको डिजाइन थाहा पाएका दलहरुले जयशंकरको कुरा नसुनी असोज ३ गते नै संविधान जारी गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending