Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

निगमले विराट पेट्रोको तेल नकिन्ने

\"oil_nigam\"काठमाडाैं । नेपाल आयल निगम विराट पेट्रोलियम प्रालिबाट डिजेल–पेट्रोल नकिन्ने निष्कर्षमा पुगेको छ । हालको खरिददरभन्दा चार गुना महँगो मूल्य पेस गरेको विराटलाई प्रबन्ध निर्देशक गोपालबहादुर खड्का एक्लैले निर्णय गरी तेल ल्याउन स्वीकृति दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –तर, सर्वत्र आलोचना भएपछि विराटको तेल नकिनी सोझै उपभोक्तालाई बिक्री गर्न दिन सकिने निगमको निष्कर्ष छ । विराट पेट्रोले भने आफ्नो तर्फबाट सम्झौता खारेज गरेको जनाएको छ । निगमका कर्मचारीले विराटलाई तेल किन्न २० करोड रुपैयाँ दिएको पेस्कीसमेत चाँडै फिर्ता गराउन पहल गर्नुपर्ने बताएका छन् । विराटबाट निकै महँगोमा तेल किनेर सस्तोमा उपभोक्तालाई बेची संस्थालाई करोडौँ नोक्सान पुर्‍याउन लागेको विषय बाहिर आएपछि प्रबन्ध निर्देशक खड्का विराटबाट तेल किन्न हच्किएको स्रोतको दाबी छ । स्रोतका अनुसार शुक्रबार साँझ विराट पेट्रोबाट तेल नकिन्ने विषयमा निगम अधिकारीको समान धारणा बनिसकेको छ । ‘विराटले ल्याएको तेल निगमले नकिन्ने निष्कर्ष निस्किएको छ,’ स्रोतले भन्यो, ‘उसले तेल ल्याएर आफ्नो हिसाबले बेचोस् भन्ने छ । बरु उसलाई तेल बिक्रीका लागि निगमले सहजीकरण गरिदिने भन्ने छ ।’ विराटले भारतको सिलगुडीबाट ल्याउने डिजेल–पेट्रोल झापाको चारआलीसम्म ढुवानी गरिदिने सम्झौता छ । चारआलीमा निगमको कार्यालय छ, तर तेल भण्डारण गर्ने ठाउँ छैन । भारतको नाकाबन्दीका बाबजुद एउटा कम्पनीले भारतबाटै इन्धन ल्याउने, तर निगमले ल्याउन किन नसक्ने भन्दै निगमका कर्मचारी प्रबन्ध निर्देशक खड्को निर्णयप्रति रुष्ट छन् । ‘एउटा कम्पनीले भारतबाटै तेल ल्याएर दिन सक्ने, तर झन्डै आधा शताब्दीदेखि भारतसँग तेल कारोबार गरिरहेको संस्थाले ल्याउन नसक्ने भन्ने हुँदैन,’ स्रोतले भन्यो, ‘त्यसैले भारतबाट तेल ल्याउन सकिन्छ भने निगमले नै पहल गर्नुपर्छ भन्ने निष्कर्ष छ । तर, भारतबाट निजी कम्पनीले ल्याएको तेल निगमले किन्न हुँदैन भन्नेमा सबै कर्मचारी एकमत छन् ।’ निगमले विराटबाट प्रतिलिटर पेट्रोल १ सय ९९ र डिजेल १ सय ८७ रुपैयाँमा खरिद गर्ने ९भन्सारबाहेक० गरी सम्झौता गरेको थियो । भन्सारसमेत जोड्दा उक्त तेलको खरिद मूल्य पेट्रोल २३० रुपैयाँ ७१ पैसा र डिजेल १९३ रुपैयाँ ८६ पैसा प्रतिलिटर पुग्छ । जबकि भारतकै इन्डियन आयल कर्पोरेसन ९आइओसी०बाट निगमले भन्सारसहित प्रतिलिटर पेट्रोल ७६ रुपैयाँ ६५ पैसा र डिजेल ५९ रुपैयाँ ३३ पैसामा खरिद गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending