Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

एमाओवादीबाट ४ जना निष्काशित

\"82ffecdc140c2e5a5dc6135a28970204\"काठमाडौं । एकीकृत एमाओवादीको काठमाडौं जिल्ला समितिका नामबाट सामूहिक राजीनामा पत्र पठाउने चार जनालाई एमाओवादी काठमाडौं जिल्ला समितिले कार्वाही गरेको छ ।   एमाओवादी काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्मा र सचिव रेणु दाहालले विज्ञप्ती जारी गर्दै विगतमा समानान्तर समिति मार्फत अनुशासन विपरित कार्य गर्ने र नयां शक्तिको अभियानमा लागेको भन्दै वक्तव्यबाजी गरेको आरोपमा महेन्द्र श्रेष्ठलगायत ४ जनालाई निष्काशित गरिएको जनाइएको छ ।   वक्तव्यमा भनिएको छ ‘जिल्ला समितिको सदस्यहरु मध्ये महेन्द्र श्रेष्ठ, ईश्वर रिजाल, चिजा गर्तौला, सविता भण्डारी र लक्ष्मण कार्कीले यस अघि समानान्तरको नामवाट पार्टी विरोधी गतिविधी गर्दै आएको र कथित नयाँ शक्तिको अभियानमा लागेको भन्दै वक्तव्य वाजी गरेकोले उहाँहरु ४ जनालाई पार्टीवाट निष्काशन गरिएको छ ।’   बिहिबार एमाओवादी काठमाडौं जिल्ला समितिको लेटरप्याडमा अध्यक्षको नाम उल्लेख गर्दै महेन्द्र श्रेष्ठले एमाओवादी छोडेको वक्तव्य जारी गरेका थिए । अध्यक्ष हिमाल शर्माले भने महेन्द्र श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा आएका नामहरु मध्ये अधिकांस कार्यकर्ताले आफुहरु मुल पार्टी छोडेर नगएको र एनेकपा (माओवादी)मै रहेको बताएको शर्माले जनाए ।   महेन्द्र श्रेष्ठहरुले यसअघि नै समानान्तर समिति चलाउन खोजेको बताउँदै शर्माले पार्टीको लेटरप्याड प्रयोग गरेर राजिनामा दिनु कुनै नैतिकताले नदिने समेत बताए ।   “जुन पार्टीको विचार मन नपरेको दावी गरिएको छ, त्यही पार्टीको लेटरप्याडमार्फत अनधिकृत अध्यक्ष बनेर विज्ञप्ती जारी गर्नुले उनीहरुको राजनीतिक स्तर निर्धारण गर्छ । माओवाद र क्रान्तिमा प्रश्न उठाउने र निष्ठा त्याग्नेहरुले अझ जनयुद्ध र शहीदका सपनाको कुरा गर्नु झनै बेइमानी हो ।” शर्माले भने । शर्माले प्रेस वक्तव्यमा मनगढन्तेरुपमा बिभिन्न व्यक्तिहरुको नाम उल्लेख गरिएको बताए ।   विज्ञप्तीमा यसप्रकारका भ्रमपुर्ण गतिविधीवाट पार्टी पंक्ति र आम कार्यकर्तालाई विचलित नभै पार्टी विभाजनको गतिविधीमा संलग्न नहुन र विभिन्न अफवाहवाट भ्रमित नहुन अपिल गरिएको छ । यसका साथै एमाओवादीलाई पुर्ननिर्माण र रुपान्तरण गरी वर्तमान राष्ट्रिय र अन्तराष्ट्रिय चुनौतिहरुको सामना गर्दै पार्टी र क्रान्ति प्रति दृढ रहन समेत जिल्ला समितिले अनुरोध गरेको छ । \"12193748_1205483712801379_4888244451704927052_n\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE