Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ओलम्पिकमा म्याराथुन पूरा गर्ने पहिलो नेपाली खेलाडिको रोचक इतिहास

\"Bhakta\"ओलम्पिकमा नेपालले सहभागिता जनाउन थालेको धेरै भएको छैन । स्विमिङ, तेक्वान्दो, म्याराथनजस्ता केही खेलमा मात्र नेपालले प्रतिस्पर्धामा भाग लिन्छ । पहिलोपटक सन् १९६४ मा टोकियो ओलम्पिकमा नेपालले म्याराथनमा मात्र भाग लियो । तर, म्याराथनमा भाग लिएका भूपेन्द्र सिलवाल र गंगाबहादुर थापाले मार्चपासमा मात्र सहभागिता जनाए । प्रतिस्पर्धामा सहभागी भएर पनि म्याराथन पूरा गर्ने पहिलो नेपाली धावक हुन्, भक्तबहादुर सापकोटा । नयाँ पत्रिकाका दीपेन्द्र गुरुङले भक्तबहादुरलाई भेटेपछि तयार पारेको फिचर :   खेलकुदको महाकुम्भ नेपालले पहिलोपटक टोकियो ओलम्पिकमा सहभागिता जनाउँदा नेपालको खेलकुदको ‘इतिहास’ बन्ने मोडमा थियो, न रंगशाला विकसित भइसकेको थियो, न खेलकुदलाई अगाडि बढाउन कुनै ‘मास्टर प्लान’ बनिसकेको थियो । सन् १९७२ को म्युनिख ओलम्पिकमा नेपालले दोस्रोपटक सहभागिता जनायो । त्यसअघि टोकियोमा भएको १९६४ को ओलम्पिकमा नेपालका प्रतिनिधि त पुगे, तर कुनै प्रतिस्पर्धामा भाग लिएनन्, मार्चपासमा सहभागी भएर फर्किए । खेलकुद क्षेत्रलाई यो एउटा निराश क्षण थियो । महाकुम्भमा नेपाल पुगेको थियो, तर आफ्नो कौशल देखाउन सकेन ।   त्यही कारण हुन सक्छ, खेलकुद परिषद्ले सन् १९७२ को म्युनिख ओलम्पिकमा आधिकारिक प्रतिस्पर्धामै सहभागी गराउने निर्णय गर्‍यो । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव कुमारखड्गविक्रम शाहले यसका लागि पहल गरे । र, त्यस प्रतियोगितामा नेपालबाट सहभागी भए, भक्तबहादुर सापकोटा र जितबहादुर केसी ।   ‘हामी दुई नेपालबाट छानिएका थियौँ, त्यो सुवर्ण अवसर थियो,’ अहिले भक्तबहादुर सम्झन्छन्, ‘खुसी नहुने कुरै भएन ।’ चितवनबाट काठमाडौं आएका वेला बानेश्वरमा भेटिएका भक्तबहादुरको अनुहारमा त्यतिवेलाको कथा सुनाउन देखिएको आतुरता त्यस्तै थियो, जस्तो उनी ओलम्पिकमा सहभागी हुँदा पाएको खुसीबारे भन्न खोजिरहेका थिए । भाइको घरको तेस्रो तलाको बैठककोठामा बसिरहेका भक्तबहादुरले सायद म्युनिख सम्झिए, ‘देशका लागि दौडन पाउँदा मैले त्यतिवेला अरू केही सोचिनँ, जसरी पनि प्रतियोगितामा राम्रो गर्छु भन्ने थियो ।’   कति राम्रो रु यो प्रश्नको जवाफ भक्तबहादुरसँग छैन । सायद ओलम्पिकमा पहिलोपटक प्रतिस्पर्धामा भाग जनाउन लागेकाले होला, नेपालका खेलाडीले राम्रो प्रस्तुति केसँग तुलना गर्ने निक्र्योल भइसकेको थिएन ।   सेप्टेम्बरको चिसोमा म्युनिखमा भक्तबहादुर दौडिए, सोचेजस्तै सफलता पनि पाए । त्यो प्रतियोगितामा एक सय २५ धावक थिए । सौभाग्य भनौँ कि दुर्भाग्य, भक्तबहादुरले दौड पूरा गरिसक्दा, अरू २४ जना अघि फिनिसिङ लाइनमा पुगिसकेका थिए । तर, पहिलोपटक ओलम्पिकमा दौड पूरा गर्ने नेपालीमा पनि भक्तबहादुरले नै आफ्नो नाम दर्ता गराए ।   ‘त्यतिवेला प्रतियोगितामा उपाधि हासिल गरुँला भन्ने त मनमै थिएन,’ भक्तबहादुर सम्झन्छन्, ‘दौड प्रतियोगिता पूरा गरेर फर्किन पाए हुन्थ्यो भन्ने मात्र थियो, सफल पनि भएँ ।’   भक्तबहादुर एउटा यस्तो समय दौडन म्युनिख पुगेका थिए, जतिवेला नेपालमा दौडका लागि कुनै ट्रयाक नै थिएन । ‘त्रिपुरेश्वरको रंगशाला त सानो टुँडिखेल भनिन्थ्यो,’ उनी भन्छन्, ‘न त्यहाँ प्याराफिट थियो, न फुटबल ग्राउन्ड । दौडनका लागि ट्रयाकको कुरै पर ।’   तर, भक्तबहादुरले पहिलोपटक म्युनिखमै पुगेर दौडने ट्रयाक देखेका होइनन् । त्यसअघि उनी १९७० मा थाइल्यान्डमा पुगेका थिए । त्यो छैटौँ एसियन खेलकुदमा सहभागिता जनाएका भक्तबहादुरले ट्रयाकमा दौडिँदाको अनुभव सँगालिसकेका थिए । ट्रयाकमा दौडँदा ‘फलो’ गर्नुपर्ने नियमबारे बुझिसकेका थिए । ‘थाइल्यान्ड जानुअघि त हामी खाली भुइँमा इँटाको धुलो हालेर दौडन्थ्यौँ,’ उनी सम्झन्छन्, ‘थाइल्यान्डमा भने पहिलोपटक १० हजार मिटर ट्रयाकमै दौडिएँ ।’   त्यसपछि मात्र भक्तबहादुर ‘फुल’ म्याराथनतिर लागे । त्यसको एक वर्षभित्रै खेलकुद परिषद्ले म्युनिख ओलम्पिकका लागि वीरगन्जमा छनोट आयोजना गर्‍यो । पहिलोपटक म्याराथन दौडिएका भक्तबहादुर छनोटमा दोस्रो हुँदै म्युनिख यात्रा पक्का गरे । ‘जितबहादुर ९केसी० दाइ पहिलो र म दोस्रो भएर म्युनिख ओलम्पिकका लागि छनोट भयौँ,’ उनले झन्डै ४४ वर्षअघि ओलम्पिकका लागि छनोट भएको खुसी सुनाए । त्यो खुसी उनको अनुहारमा झल्किन्थ्यो । लामो समय आँखा चिम्लिएर भक्तबहादुरले सम्झिए, ‘ओलम्पिकमा भाग लिन जान पाउनु चानचुने कुरा थिएन ।’ यो एउटा वाक्य भनिसक्दा भक्तबहादुरको अनुहारमा छाएको उज्यालो यस्तो थियो, मानौँ उनले भर्खरै म्याराथन जितेका छन् र ट्रफी उचालेका छन् ।   म्युनिख जानुअघि भक्तबहादुरले नेपालमा अभ्यास सुरु गरे । लक्ष्मणविक्रम शाहले प्रशिक्षण दिन थाले । अर्को सौभाग्य, ओलम्पिक सुरु हुनुभन्दा तीन महिनाअघि नै भक्तबहादुरको टोली जर्मनी जान पायो, त्यहीँ अभ्यास गर्न पायो । उनीसँगै म्युनिख पुगेका थिए जितबहादुर केसी । केसीले भक्तबहादुरलाई घरेलु प्रतियोगितामा सधैँ पछाडि छाड्थे । तर, म्युनिख जितबहादुरका लागि ‘लक्की’ सावित हुन सकेन । दौडको बीचमै खुट्टाका ‘मसल्स क्र्याम्प’ भएपछि उनले दौड बीचमै त्यागे । भक्तबहादुरलाई समयले साथ दियो, दौड पूरा गरे ।   ‘फिनिसिङ लाइन’मा पुग्दा उनले नम्बर पाए, २५ । ‘म अझै अघि आउन सक्थेँ, तर फिनिसिङका लागि स्टेडियमभित्र दुई चक्कर लगाउनुपर्ने थियो,’ उनी भन्छन्, ‘मैले एक ल्यापमै टुंग्याए, फेरि पछि फर्केर जाँदा केहीले मलाई उछिने, केही सेकेन्डले मलाई जितेकाहरू पनि छन् ।’   तैपनि, भक्तबहादुरले पहिलो भएजस्तै धेरै बधाई पाए । नपाऊन् पनि किन, त्यो एउटा त्यस्तो क्षण थियो, जतिवेला नेपाली खेलकुदले इतिहास रच्यो । म्युनिखमै रहेका प्रशिक्षक लक्ष्मणविक्रम र खड्गविक्रम शाहले बधाई दिए । ‘नेपाल फर्किएपछि खेलकुद पत्रकार गोपाल बस्नेतले ओलम्पिक म्याराथन पूरा गर्ने पहिलो नेपाली बन्नुभयो भने, निकै खुसी लाग्यो,’ भक्तबहादुरले बल्ल आफूले इतिहास रचेको थाहा पाए ।   ६८औँ वसन्तमा ‘रेस’ गरिरहेका भक्तबहादुरका लागि अहिले त्यो खुसी कायम छैन । उनीसँग गुनासो छन् । नहोऊन् पनि किन, अहिले न उनीबारे सोधखोज हुन्छ, न कसैले उनको नाम नै लिन्छ । ‘कम्तीमा पनि खेलकुद परिषद्ले अप्ठ्यारो पर्दा सहयोग गर्न अग्रसर भएको भए हुन्थ्यो,’ उनी दुस्खी हुन्छन्, ‘तर, कसैले हामीलाई हेर्दैनन् । एउटा किताब जहाँ मेरो नाममा लेखिएको छ, त्यही किताबलाई लिएर सन्तुष्ट हुनुपरेको छ ।’   काभ्रेको रयालेमा सामान्य परिवारमा जन्मिएका भक्तबहादुर ०२३ चैतमा नेपाली सेनामा भर्ती भए । देशका लागि लड्न सेनामा भर्ती भएका भक्तबहादुरको जीवनले भने फरक बाटो समायो, खेलकुदको । अनि सुरु भयो ‘आर्मीको खेलजीवन’ । ‘सेनामा नियमित दौडनुपथ्र्यो, त्यसमा म सधैँ प्रथम भएँ, त्यसले मेरो परिचय नै सिपाहीबाट खेलाडीका रूपमा परिवर्तन भयो,’ भक्तबहादुर भन्छन् ।   भक्तबहादुर पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुँदा उनको गण बद्र्धबहादुर धनगढीमा थियो । परिषद्ले थाइल्यान्डको छैटौँ एसियन खेलकुदमा सहभागिता जनाउने योजना बनाउँदा ऊसँग खेलाडी थिएन । त्यसैले खेलाडीका लागि परिषद्ले विभागीय टोली नेपाली सेना र नेपाल पुलिसमा पत्राचार गर्‍यो । क्षेत्रीय टोलीहरूलाई पनि खबर गर्‍यो । भक्तबहादुर छानिए ।   म्युनिखको त्यो दौड नेपाली खेलकुद इतिहासका लागि मात्र महत्त्वपूर्ण भएन, त्यही खेल भक्तबहादुरको प्रमोसनको कडी बन्यो । ‘म्युनिखमा दौडिएपछि सेनाले पनि मलाई हवलदारबाट जमदारमा बढुवा गर्‍यो,’ उनी भन्छन्, ‘खेलकुदमा लागेर पनि देश–विदेश पुगियो, यसमा गर्व गर्छु ।’   तर, अहिले भक्तबहादुरसँग त्यो म्युनिख दौडको सम्झनाबाहेक अरू केही छैन । १२ वैशाखको विनाशकारी भूकम्पले भक्तबहादुरलाई म्युनिखको त्यो यात्रा सम्झनामा मात्र सीमित गराइदियो, प्रमाण सबै नष्ट गरेर । उनीसँग म्युनिखमा दौड पूरा गरेको सर्टिफिकेट थियो, काभ्रेको घरमा सजाएर झुन्ड्याएको । तर, भूकम्पले उनको घर लडाइदियो, सर्टिफिकेट कतै माटोमा विलीन गराइदियो । भक्तबहादुर सर्टिफिकेट पुरिएको घटनाले विक्षिप्त बनेका छन् । ‘घर भन्ने कुरो त फेरि बनाउँला, तर म्युनिख ओलम्पिक न अब फेरि हुन्छ, न म त्यसमा सहभागी हुन पाउँछु । कहाँबाट ल्याऊँ, म त्यो सर्टिफिकेट रु कहाँबाट आर्जिऊँ त्यो सम्पत्ति । मेरो सर्वनाश भयो, सबैथोक गुम्यो,’ भक्तबहादुर विस्मृतिका पानामा हराउँछन् । प्यालेस्टाइनी अतिवादीको आक्रमणको प्रत्यक्षदर्शी १९७२ को म्युनिख ओलम्पिकको दौरानमा विश्वमै हलचल ल्याउने घटना भयो, जसको भक्तबहादुर प्रत्यक्षदर्शी बने । १९७२, ५ सेप्टेम्बरमा पाँच प्यालेस्टाइनी विद्रोहीले म्युनिखको ओलम्पिक भिलेजमा प्रवेश गरी इजरायली खेलाडीलाई नियन्त्रणमा लिए । पाँचबाहेक थप तीन विद्रोही त्यसअघि नै भिलेजमै रहेको जर्मन प्रहरीको अनुसन्धानले देखाएको थियो ।   अत्याधुनिक हतियार र बम–बारुदसहित रहेका ती विद्रोही लडाकुले त्यसवेला नौ इजरायली खेलाडीलाई बन्धक बनाएका थिए । उनीहरूले ती खेलाडीलाई छुटाउन इजरायलमा बन्दी बनाइएका दुई सय ३४ जना र जर्मनीकै फ्र्यांकफर्टमा बन्दी बनाइएका आफ्ना दुईजनालाई विनासर्त मुक्त गरिनुपर्ने माग राखे । उनीहरूले आफूलाई त्यहाँबाट भाग्नका लागि हेलिकोप्टरको व्यवस्था गर्न पनि माग गरेका थिए । जर्मनी सरकारले उनीहरूको त्यो मागमा सहमति जनायो ।   तर, जर्मन सरकारको योजना एयरपोर्टमा पुगेपछि ‘सार्प सुटर‘मार्फत ती लडाकुको हत्या गरी खेलाडीलाई मुक्त गर्न रहेको थियो । त्यही योजनाअनुसार नजिकैको नेटो एयर बेसमा बसमार्फत पुर्‍याइयो । त्यसवेला उनीहरूले भनेअनुसार दुई हेलिकोप्टरसमेत उपलब्ध गराइएको थियो । ती विद्रोहीलाई त्यहाँबाट कायरो पुर्‍याइने सहमति थियो ।   तर, एयरपोर्टमा गोप्य रूपमा तैनाथ गरिएका सार्प सुटरहरूले ती विद्रोही खेलाडी लिएर एयरपोर्ट पुग्नासाथ लोडसेडिङ गरी गोली बर्साउन सुरु गरे । दुवैतर्फको गोली प्रहारबाट ती नौजना खेलाडीको मृत्यु भयो । चार खेलाडी लडाकु र एक जर्मन प्रहरी पनि मारिए । दुई लडाकुलाई जर्मन प्रहरीले नियन्त्रणमा लियो ।   सो घटनापछि ओलम्पिक खेल तीन दिनसम्म स्थगित भयो । भक्तबहादुरको खेल म्याराथन सुरु भएकै थिएन । त्यो क्षण भक्तबहादुरको सम्झनामा अहिले पनि ताजै छ । ‘इजरायली खेलाडी हामीभन्दा दुई–तीन भिलेज पछाडि बस्थे, ती खेलाडीलाई एयरपोर्टमा मारिएको दृश्य टेलिभिजनमा देख्यौँ,’ भक्तबहादुरको गला अवरुद्ध हुन्छ, ‘हामी आतंकित नहुने कुरै भएन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending