Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

भारतको निर्मम नाकाबन्दीपछि यसरी खुल्दैछन् चीनसँग ७ नाका

\"Kerungकाठमाडौं । नेपाल र चीनबीच सातवटा भन्सार नाका खोल्ने सहमति भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–काठमाडौंमा मंगलबार सुरु भएको नेपाल र चीनका अधिकारीबीचको वार्तामा संखुवासभाको किमाथाङ, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङ्चुङ्गोला, दोलखाको लामाबगर, गोरखाको लार्के, हुम्लाको यारिङ र मुगुको भन्सारनाका खोल्ने सहमति भएको हो। बिहीबार नेपालका तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनका तर्फबाट ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाङले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा तत्काल मुख्य व्यापारिक कारोबार हुने तातोपानी र केरुङ नाका पूर्ण सञ्चालनमा ल्याउने सहमति भएको छ। भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले अहिले सात नाकामा नेपाली भन्सार कार्यालय रहे पनि व्यावसायिक रूपमा नाका सञ्चालन नभएकाले अब ती स्थानमा व्यावसायिक रूपमा नाका सञ्चालन हुने बताए। ‘सम्भावना अध्ययन गरेर चिनियाँ पक्षले व्यावसायिक रूपमा नाका सञ्चालनमा ल्याउँछ’ महानिर्देशक ढुंगानाले भने, ‘त्यससँगै नेपालले पनि ती स्थानमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिनेछ।’ नेपाल र चीनबीच सिन्धुपाल्चोकको लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह निर्माण गर्न पनि सम्झौता भएको छ। चीनले नेपालमा भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने सहमति पनि भएको छ। यस्तै चीनले नेपाल निर्यात हुने खाद्य तथा पेय वस्तुको लेबलमा उत्पादन मिति, उपभोग गर्न सकिने मिति, मिश्रण सामग्रीलगायत आवश्यकताको सूचना कम्तीमा नेपाली वा अंग्रेजी भाषामा दिने भएको छ।नेपाल र चीनबीच भन्सारनाकामा कार्यालय समय फरक रहेकाले यसलाई एकै समयमा गराउन पनि दुवै पक्ष सहमत भएका छन्। चीनले नेपाललगायत अन्य देशलाई दिँदै आएको शून्य भन्सार दरको सुविधा ८ अंकको भन्सार उपशीर्षक नम्बरमा रहेकोमा यो सुविधा नेपालले उपयोग गर्न नसकिरहेकाले ६ अंकको भन्सार उपशीर्षक कायम गर्न संयुक्त प्राविधिक टोलीबाट गृहकार्य गराउन नेपाली वार्ताटोलीले प्रस्ताव गरेको छ। सुरुमा नेपालले समस्याका क्षेत्र पहिचान गरी पत्राचार गर्न र त्यसका आधारमा संयुक्त प्राविधिक टोलीबाट गृहकार्य गराउन चिनियाँ वार्ताटोली सहमत भएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending