Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एमाओवादीबाट कति जान्छन् बाबुरामको नयाँ शक्तिमा ? देशैभरको आँकडा यस्तो छ

\"baburam-prachanda1\"काठमाडौं । एकिकृत नेकपा माओवादीबाट अलग्गिने भनेका बाबुराम समर्थकहरु अलग्गिदा बाबुराम भट्टराईको पार्टी कत्रो बन्ला ? एमाओवादीबाट बाबुरामको नयाँ शक्ति निर्माण अभियानमा जानेहरु कति होलान् ? यो आम चासोको विषय हुन सक्छ ।  

साेमबार मात्रै नयाँ शक्ति निर्माणको अभियानमा रहेका पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नै निवास सानेपामा एमाओवादीमा रहेका आफु पक्षधर केन्द्रीय नेताहरुको गोप्य भेला बोलाएका थिए ।

एक्लै पार्टी परित्याग गरेका बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको रोडम्याप तयार गर्दै मंगलबार केन्द्रिय सदस्यहरुले एमाओवादीलाई अनुशासन उल्लघंन गर्ने पत्र बुझाएका छन् ।

खबरडबलीले केही समय अघि एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईलाई उनी एमाओवादीमै रहँदा उनका समर्थकहरु र उनलाई अहिलेको अवस्थामा साथ दिनेहरुको बारेमा केही आँकडा खिच्ने प्रयास गरेकाे छ  ।

यी जाँदैनन्

बाबुराम भट्टराईपछिका दोस्रा तहका नेता एंव एमाओवादी सचिव टोप बहादुर रायमाझीले बाबुरामको गलत कदमलाई साथ नदिने बताईसकेका छन् । रायमाझी हाल एमाओवादीका तर्फबाट सरकारको नेतृत्व गरी उपप्रधान तथा उर्जामन्त्री समेत भएका छन् ।

उता सूदुरपश्चिममा बाबुरामका खम्बा मानिएका युवा नेता खगराज भट्टले पनि भट्टराईलाई साथ नदिने भन्दै  सोमबार भट्टराईले बोलाएको सानेपा भेलामा गएनन् । थारुवानका अर्का केन्द्रिय सदस्य देवराज रेग्मीले पनि भेला बहिस्कार गरेका थिए ।

भट्टले भट्टराईको कदम गलत रहेको भन्दै एमाओवादीमै रहने बताएपछि सुदुरपश्चिम अर्थात सेती-महाकालीमा भट्टराई सुन्य अवस्थामा हुनेछन् ।

 केन्द्रमा के छ ?

भट्टराईको समर्थनमा तलका कमिटि अर्थात जिल्ला वा क्षेत्रहरुमा भन्दा केन्द्रमा तुलनात्मक रुपमा राम्रो थियो । तर पार्टी नै छोड्ने र नयाँ शक्ति निर्माणमा लाग्ने अवस्थामा हिजोका उनी पक्षधर केन्द्रिय सदस्यहरुले साथ नदिने बताईन्छ ।

एमाओवादीमा १५१ केन्द्रिय सदस्य रहेकोमा पोष्ट बहादुर बोगटीको निधन, भट्टराईले पार्टी परित्याग गरेपश्भात १४९ जनाको केन्द्रिय समिति छ ।

१४९ मध्य भट्टराईको पक्षमा २९ जना केन्द्रिय सदस्य थिए । तर भट्टराईले पार्टी परित्याग गरेपश्चात त्यो अवस्था अहिले एमाओवादीमा नरहेको एमाओवादीका कार्यालय सचिव हितराज पाण्डेले बताए । पाण्डे भट्टराईको गृहजिल्ला गोरखाका हुन् । उनी भट्टराईको अवस्था दयनीय भएको बताउँछन् ।

२९ केन्द्रिय सदस्यमध्य टोपबहादुर रायमाझी, खगराज भट्ट र देवराज रेग्मीले भट्टराईलाई साथ नदिएपछि २६ जना केन्द्रिय सदस्य बाँकी रहन्छन् । सो मध्य झण्डै १५ जना केन्द्रिय सदस्यबाहेक अन्य सदस्यहरु मौन बसेका छन् । तर नयाँ शक्ति निर्माणको अभियानमा लागेको केन्द्रिय सदस्य कूमार पौडेल भने आफ्ना पक्षमा ३५ केन्द्रिय सदस्य रहेको बताए ।

उनका अनुसार मंगलबार एमाओवादीको अनुशाषन नमान्ने र फरक मत राख्दै पार्टी अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डलाई ४५ जनाकाे हस्ताक्षर सहितको पार्टी अनुशाषन उल्लघन गर्ने हस्ताक्षर बुझाइएकाे छ । केन्द्रिय सदस्य,  सल्लाहाकार, तथा पूर्व केन्द्रिय सदस्यहरुको संयुक्त हस्ताक्षर बुझाइएकाे उनले बताए ।

कस्तो छ राज्यहरुको अवस्था

एमाओवादीका अन्तरिक संरचनामा १४ वटा राज्यहरु छन् । प्रत्येक राज्यहरुमा इन्चार्जको ठाँउमा कोअर्डिनेटरहरुको व्यावस्था छ भने राज्य समिति छैन । विराटनगर भेलासम्म भएका राज्य समितिहरुलाई भंग गरी जिल्ला समितिहरुमात्रै राखिएको छ  । अधिकांश जिल्लाहरुमा निर्वाचित जिल्ला समितिहरु छन् भने केही जिल्लाहरुमा तात्कालिन विवादका कारण जिल्ला समितिहरु निर्वाचित छैन ।

किराँत राज्य– एमाओवादीको संरचनामा किराँत राज्य अन्तर्गत पूर्वका ६ वटा जिल्लाहरु पर्छन् । सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर । यो राज्यमा भट्टराई समर्थक  केन्द्रिय सदस्य राजेन्द्र किराती एक मात्रै हुन् ।

६ वटा जिल्लामध्य एउटै जिल्लाको पनि नेतृत्व भट्टराईको पक्षमा छैन । तर कुमार दाहालको दावी फरक छ । उनि यि जिल्लाहरुमा प्रभाव राम्रो रहेको बताउँछन् । एमाओवादी नेताहरुका अनुसार पूर्व राज्य समितिका सदस्यहरुमध्य ७–१० जना मात्रै भट्टाईको पक्षमा जान सक्छन् ।

लिम्बुवान राज्य–ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम गरी ५ वटा जिल्ला मिलाएर लिम्बुवान राज्य एमाओवादीले बनाएको छ । यी जिल्लाहरुमा पनि भट्टराई पक्षधर जिल्ला नेतृत्वमा छैनन् । यसको अवस्था पनि किराँत राज्यकै जस्तो छ । न्यून संख्यामा भट्टराई पक्षधरहरु छन् । तर याँहा भट्टराईका नजिकका केन्द्रिय सदस्य हेमराज भण्डारी छन्  । तर अाज बुझाइएकाे ४५ जनाकाे हस्ताक्षरमा भण्डारीकाे हस्ताक्षर छैन ।

कोचिला राज्य–झापा, मोरङ र सुनसरी ३ वटा जिल्ला मिलाएर यो राज्य बनाइएको छ । भट्टराई पक्षधर कुमार पौडेलले उनका समर्थकहरुको नेतृत्व गर्छन् । यी जिल्लाहरुमा पनि भट्टराइ पक्षको जिल्ला नेतृत्व छैन भने जिल्लाका  प्रभावशाली नेताहरु समेत छैनन्  नयाँ शक्ति निर्माणको पक्षमा छैनन् ।

मिथिला राज्य–मिथिला राज्यमा पर्सादेखि मकवानपुरसम्मको भूभाग पर्छ । अहिले नयाँ संविधानको २ नं. प्रदेशको भुगोल नै एमाओवादीको राज्य संरचनामा छ । यहाँ भने भट्टराईको समर्थन बलियो छ । एमाओवादीका मधेसी नेताहरु प्राय भट्टराईको पक्षमा छन् । रामचन्द्र झा, रामकुमार शर्मा, रामरिझन यादव, प्रभु साह, महेन्द्र पासवान लगायतका मधेसी नेताहरु भट्टराईको पक्षमा छन् । तर अाज बुझाइएकाे ४५ जनाकाे हस्ताक्षरमा प्रभु साहकाे हस्ताक्षर छैन । मिथिला राज्यमा जिल्ला तहका नेताहरु भने विभाजीत छन्  । यी जिल्लाहरुमा दुबै पक्षको आआफ्ना दावी छन् । तर यो राज्यमा एमाओवादी कमजोर हुने देखिन्छ ।

तामासालिङ राज्य–यो राज्य अन्तर्गत दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, सिन्धुलि र चितवन गरी १० वटा जिल्ला पर्छन् । याँहाबाट केन्द्रिय सदस्य तथा भट्टराई निकटका गंगा श्रेष्ठले नेतृत्व गर्छन् । यी जिल्लाहरुको पनि नेतृत्व तहमा भट्टराई पक्षधर छैनन् । सोनामसिहं स्याङ्तान र देवी खड्का लगायतका थप दुई केन्द्रिय पनि भट्टराई समर्थक छन् । तर उनिहरुले भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा साथ दिने या नदिने टुगिंएको छैन । दोलखा र रसुवामा तत्ला तहरुमा भट्टराईको केही बलियो अवस्था छ ।

नेवा राज्य–काठमाडौं, ललितपुर र भक्तपुर गरी ३ जिल्लाको यो राज्यमा भट्टराई पत्नि तथा एमाओवादी नेतृ हिसिला यमी र अर्का नेता देवेन्द्र पौडेलले भट्टराई पक्षधरहरुको नेतृत्व गर्छन् । तर तल्ला कमिटिहरुमा खासै पकड छैन  तिनै जिल्लामा भट्टराई पक्षधरहरु जिल्लाको नेतृत्वमा छैनन् । पौडेल पत्नी तथा केन्द्रीय सदस्य बलावती शर्मा र खिमलाल देवकोटा पनि यहि राज्यमा कार्यरत छन् ।

तल्ला कमिटिहरुबाट ३०० पूर्व राज्य सदस्यमध्य २५–३० जना राज्य सदस्यहरु भट्टराईको पक्षमा जान सक्ने नेवा राज्यका झक्कु सुवेदीले अनुमान लगाए । तर उनका अनुसार पार्टी नै छोड्ने अवस्थामा त्यो संख्या घटेर १२–१५ मा पुग्छ ।

तमुवान राज्य–तमुवान राज्य बाबुराम भट्टराईको गृहराज्य हो । गोरखा, लमजुङ, तनहु, कास्की, स्याङजा, पर्वत, मनाङ र मुस्ताङ गरी  ८ वटा जिल्लाहरु यसमा पर्दछन्  । पूर्व विद्यार्थी नेता देवेन्द्र पराजुलि र कृष्ण शर्मा भट्टराई समर्थक केन्द्रिय सदस्यहरु हुन् ।

बढो अचम्मको कुरा के छ भने भट्टराईको गृहजिल्ला गोरखामा उनको अवस्था दयनीय छ  ।  जिल्ला समितिमा पनि झिनो उपस्थिति छ । यसअघि भट्टराई समर्थकहरुको नेतृत्व गरिरहेका जिल्ला नेता यानप्रसाद भट्ट सरोजले समेत भट्टराईको पार्टी छोड्ने कदममा साथ नदिने भएका छन् । उनकै जिल्लाबाट समेत भट्टराईका पक्षमा ३,४ मात्रै पूर्व राज्य सदस्यहरुले साथ दिन सक्छन् । तमुवानबाट जम्माजम्मी भट्टराईका पक्षमा १२–१५ पूर्व राज्य सदस्यहरुको समर्थन रहनसक्ने एमाओवादी केन्द्रिय सदस्य कूमारले बताए । यी जिल्लाहरुमा पनि भट्टराई पक्षधरहरुको नेतृत्व छैन ।

अवध राज्य–  नवलपरासी, कपिलवस्तु र रुपन्देहीका तीन जिल्ला मिलेर बनेको छ अवध । भट्टराईको पक्षको बहुमत र देशभरकै सबैभन्दा मजबुत संगठनात्मक आधार यहि छ । कुल २५० पूर्व राज्य सदस्यहरु रहेको यस राज्यमा बहुमत संख्यामा भट्टराई पक्षधरहरु छन् । कलिबस्तुमा प्रचण्ड र भट्टराई पक्षधरहरुको दूईवटा जिल्ला समिति छ भने रुपन्देहीमा जिल्ला सम्मेलन भएको छैन । अवधमा वामदेव क्षेत्रि, चिनक कुर्मी र घनश्याम यादव लगायतका केन्द्रिय सदस्यहरु हिजो भट्टराईलाई समर्थन गरेपनि क्षेत्रि र कुर्मी बाहेक यादव पछिल्लो अवस्थामा मौन छन् ।

थारुवान राज्य–थारु बाहुल्य प्रदेश बनाइएको यो प्रदेशमा बाँके, बर्दीया, कैलाली, कन्चनपुर  र दाङ गरी ५ जिल्लाको राज्य हो । यथारुवानका थारुहरु भट्टराईका पक्षमा छैनन् । दुर्गा भण्डारी, लिला भण्डारी र देवराज रेग्मी भट्टराई पक्षका भएपनि रेग्मीले भट्टराईलाई साथ नदिने बताइसकेका छन् भने भण्डारीद्धयले भट्टराईलाई साथ दिने नदिने बताएका छैनन् । जिल्लाहरुमा भट्टराई पक्षधर कार्यकर्ता करिब-करिब छैनन् । यो राज्यबाट समेत ७–१० जना पूर्व राज्य सदस्यहरु भट्टराईको नयाँ शक्तिमा जान सक्छन् ।

मगरात राज्य–रोल्पा, रुकुम, वाग्लुङ, सल्यान, प्यूठान, पाल्पा, गुल्मी, अर्घाखाँची र म्याग्दी गरी ८ वटा जिल्ला मिलेर बनेको मगरातमा बाबुराम पक्षधरहरुको अवस्था नाजुक छ । जिल्ला नेतृत्व तहमा खासै नेता कार्यकर्ता छैनन् भने अर्घाखाँचीका माओवादी नेता टोप बहादुर रायमाझीले भट्टराईलाई छोडीसकेपश्चात उनको अवस्था नाजुक छ । भक्त बहादुर शाह र कर्णध्वज केसी दूईजना केन्द्रिय सदस्य भट्टराई पक्षधर रहेको यो तल्ला तहका कार्यकर्ता नगन्य संख्यामा छन् ।

शाह र केसी पनि पछिल्लो अवस्थामा सोच्ने र हेर्ने भन्दै बसेका छन् ।

सेम/भेक राज्य–मगरात र थारुवान बाहेकका बाँकी जिल्लाहरु यो राज्यमा पर्छन् । भट्टराईलाई जहिल्यै साथ दिदै आएका यो राज्यकै युवा नेता दगराज भट्टले पछिल्लोपटक साथ नदिने बताएपछि राज्यमा भट्टराई पक्षधरहरुको अवस्था नाजुक बन्न पुगेको छ ।

भट्ट याँहाका प्रभावशाली नेता हुन् । तर यी जिल्लाहरुमा पनि भट्टराई पक्षधरहरुको जिल्ला नेतृत्व तहमा छैन ।

सभासद संख्या एकदमै न्युन

माओवादीका ८४ सभासद संख्यामध्य भट्टराईको राजिनामा स्किृत भएपछि ८३ छ । ८३ मा भट्टराई पक्षधर सभासदहरुको संख्या ५–७ हुने एमाओवादी संसदीय दलको कार्यालय बताउँछ । ति सभासदहरुले पनि अहिले पार्टी छोड्न सक्ने अवस्था छैन ।

उनिहरुले पार्टी छोड्दा उनिहरुको समानुपातिक सभासद पदसमेत जान्छ । प्रत्यक्षमा प्रभु शाह बाहेक भट्राई पक्षधर अरु कोही छैन ।

जवसमोर्चामा बुदिजिवि बाहेक अरुको अवस्था नाजुक एमाओवादी जवस तथा मोर्चाहरुमा भट्टराई पक्षधर खिमलाल देवकोटाले नेतृत्व गरेको बुद्दिजिवि संगठन बाहेक अन्य मोर्चाहरु प्भावकारी उपस्थिति छैन । विद्यार्थी संगठनमा केही केन्द्रिय सदस्यहरु उनि निकटका छन् तर युवा, महिला, मजदुर लगायतका संगठनहरुमा देखिने नेता कार्यकर्तासमेत छैन ।

युवा संगठन वाइसिएलमा सिला खोजनुपर्ने अवस्था छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies