Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

नेपाली स्वाभिमान अगाडि यसरी झुक्यो भारत

\"nepal_india_flag\"काठमाडौं । नेपालमा जारी भएको संविधान आफूले भनेजस्तो नभएपछि अघोषित नाकाबन्दी गरेको भारत विस्तारै पछि हट्न थालेको छ ।   नेपालका राजनीतिक नेताहरुले भारतलाई एकपछि अर्को काउण्टर गर्न थालेपछि भारत पछाडि फर्केर सम्बन्ध सुधार गर्ने मनस्थितिमा पुगेको हो ।   मधेशमा जारी आन्दोलन प्रत्यक्ष सहयोग गर्दै सोही आन्दोलनलाई कारण देखाई नाकाबन्दी गरेको भारतले नेपालमा इन्धन र ग्याँस लगायतको अभाव सिर्जना गराई नेपाली नेताहरुलाई दबाब दिने र संविधान आफुले भनेजस्तो गरेर संशोधन गराउने रणनितिमा थियो ।   एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय हस्तक्षेपका अगाडि नझुक्ने रणनीति अख्तियार गरेपछि जनसमुदायबाटसमेत त्यसलाई ठूलो समर्थन प्राप्त भएको छ । भारत सूरुमा नकाबन्दीबाट नेपालमा हाहाकारको अवस्था आउँदा जनताले अभाव पचाउन नसक्ने र नेपाली सरकारका विरुद्ध विद्रोह हुने बुझाईमा थियो । तर जनताले उल्टो अभावको सामना गर्न आफू तयार रहेको र नेताहरुलाई नझुक्न भन्ने सन्देश दिन थालेपछि भारतीय योजना असफल हुन पुग्यो । दुत पठाएर संविधान रोक्न खोज्ने भारतको प्रयास पनि नेपालका प्रमुख दलहरु संविधान निर्माणमा एकजुट देखिएपछि तुहिएको थियो । राष्ट्रपति निर्वाचन, प्रधानमन्त्री, सभामुख र उपराष्ट्रपति निर्वाचनमा समेत भारतीय योजना असफल मात्रै भएन प्रचण्ड र ओलीलाई पराजित गर्न बनेको भारतीय रणनीति भारतका लागि प्रत्युपादक हुन पुग्यो । परिणामअनुसार प्रचण्ड र ओलीले जे चाहेका थिए सोही भयो । प्रधानमन्त्रीमा ओलीर्ला हराउन आन्दोलनरत मधेश केन्द्रित दललाई कोइरालाको पक्षमा मतदान गराउन पठाएर अर्को गल्ती गर्र्यो ।   मधेशवादी नेताहरु प्रधानमन्त्रीको चुनाव प्रकरणलाई लिएर मधेशमा विवादास्पद भए । उनीहरुलाई भारतले परिचालन गरेको नाङ्गोरुपमा सतहमै आयो। प्रधानमन्त्रीमा भोट हालेपछि मधेस केन्द्रित नेताविरुद्ध तराईका जनताहरु नै सडकमा नाराबाजीमा उत्रिए ।   सुरुमा नाकाबन्दीबाट नेपाललाई चेताउन खोजेको भारत उल्टो फस्यो । परिणाम त वर्षौदेखिको भारतसँगमात्र रहेको इन्धन व्यापार चीनतिर सर्र्यो । भारतको विकल्पको रुपमा चीनसँग इन्धन ल्याउने सम्झौता प्रक्रिया अघि बढेपछि भारत पूर्णरुपमा नेपाल नीतिमा असफल रहेको निष्कर्षमा अहिले कुटनितिक विज्ञहरु पुगेका छन् । साथै, भारत भित्रैसमेत भारतीय प्रधानमन्त्रीको नेपाल नीतिलाई लिएर विरोध हुन थालेको छ ।   नेपालका राजनीतिक दलका कोठे बैठक तथा कम्युनिष्ट पार्टीहरुमा मात्रै सीमित भारतीय विरोध यसपटक जनस्तरसम्म देखियो भने ‘भोकै बस्छौ–भारतसँग नझुक’ भनेर जनस्तरबाट समेत सन्देशहरु प्रवाह हुन थाले ।   चीनसँग इन्धन ल्याउने सैद्धान्तिक सम्झौता भएलगत्तै चीनले नेपाललाई बिजुली विक्री गर्न इच्छुक रहेको बताएपछि भारत झन संकटमा फसेको छ । नेपाललाई भारतले दैनिक २५० मेघावाट बिजुली बिक्री गर्दै आईरहेको छ । चीनले गएहप्ता नेपालको सबैभन्दा नजिकको नदी ब्रम्हपूत्रबाट विद्युत उत्पादन शूरु गर्नु र नेपाललाई आफ्नो इच्छा व्याक्त गर्नुले भारत तनाव परेको छ ।   यसअघि नेपालको सिहंदरबार चलाउने भारत अब नेपालसीमाको दशगजामा खुम्चन पुग्नु उसका लागि सबैभन्दा ठूलो घाटा हो । नेपालको सिनियर सरकारी अधिकृत र सचिवहरुको बढुवा तथा स्थानान्तरण प्रकरणमा समेत हस्तक्षेप गर्ने गरेको भारतले सरकार निर्माणमा यसअघि जहिल्यै निर्णायक भूमिका निर्वाह गर्ने गरेको राजनीतिज्ञहरु बताउँछन् । तर भारतले पछिल्लोपटक गरेको हस्तक्षेपले भारतलाई धकेलेर अब दशगजामा पुर्र्यादिएको छ भने सिंहदरबारबाट खेदिनु परेको छ । यो बीचमा देशको पक्षमा अडान लिएका नेताहरुलाई ज्यान लिनेसम्मको धम्की भारतले दिएको थियो तर नेताहरु झुकेनन् । बरु राजनीतिक नेतृत्व जनताबीच पैदा भएको अनेकता तथा अविश्वासलाई मजबुत सम्बन्ध तथा एकतामा रुपान्तरण गरिदियो ।   परिणामत: भारत विस्तारै पछाडि हट्ने र पुरानै अवस्थामा फर्कनका लागि फेससेभ खोजिरहेको एक कुटनीतिज्ञ बताउँछन् । मधेशवादी दल र सरकारबीचको वार्ता सकारात्मक हुन थालेको छ । नाकाहरु एकपछि अर्को गरेर खुल्न थालेका छन् भने चीसँगको सम्झौतापछि भारतले सामान्य अवस्थाभन्दा बढी तेल दिन थालेको छ । इन्धन लगायत दैनिक आवश्यकीय सामग्री ७० प्रतिशत आउने वीरगन्ज नाकालाई भारतले खुलाएको थिएन । तर, मधेसी मोर्चाले गरेको धर्ना प्रहरीले बल प्रयोग गरी सोमबार मात्र हटाएपछि सो नाका पनि खुलेको छ । अब भारतलाई नाकामा अवरोध छ भन्ने बाटो पनि बन्द भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies