Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

टाउको दुखिरहन्छ ? यस्तो रोग हुनसक्छ -ख्याल गर्नुहोस्

\"Headache1\"एजेन्सी– शरिर कहिलेकाहीँ अस्वस्थ हुनु स्व्भाविक हो । तर, निरन्तर शारीरिक रुपमा कम्जोरी वा अस्वथ भएमा चिकित्सकको परामर्श लिनुपर्छ । तपाईँलाई बारम्बार टाउको दुःख्ने समस्या त छैन ? यदि छ भने ख्याल गर्नुहोस् यस पछाडि विभिन्न कारणहरु हुन सक्छन् ।असमान्य उच्चरक्त चाप उच्च रक्तचाप एक ‘साइलेन्ट किलर’ नै हो यद्यपी यसको खास लक्षण हुँदैन । यदि तपाईँलाई कडा रुपमा टाउको दुःखिरहन्छ भने तपाईँ केही समयदेखि उच्च रक्तचापले पीडित हुनुहुन्छ भन्ने बुभm्न ढिलाई नगर्नुहोस् । सामान्यतया १४०÷ ९० लाई समान्य रक्तचाप अवस्थाको रुपमा लिइन्छ । तर, तपाईँको रक्तचाप १८०÷१२० छ भने खतराको संकेत हो । यसले तपार्इँको कुनै पनि अंगलाई हानी गर्ने सम्भावना हुन्छ । निरन्तर टाउको दुख्छ भने तत्कालै नजिकको चिकित्सककहाँ वा मुटु विशेषज्ञको परामर्श लिनुपर्छ । निरन्तर टाउको दुख्ने मानिसमा उच्च रक्त चाप हुने यसअघिका विभिन्न अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् । टाउको दुखाईसँगै धमिलो देख्ने, स्मरण हराउने, रिंगटा लाग्ने, कमजोर महशुस हुने, छात दुख्ने समस्या रक्तचापका अन्य लक्षणहरु हुन् । मुटुमा कडा स्ट्रोक उच्च रक्तचापसँगै ह्दयघात पनि आकस्मिक रुपमा हुन्छ । हृदयघातको प्रमुख लक्षण टाउको दुःख्नु हो । दिमागमा रगतको प्रवाह रोकिनु स्ट्रोकको लक्षण हो, जुन विभिन्न कारणहरुले हुने गर्छन् । नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोकका अनुसार हृदयघात हुनुअघि कडा टाउको दुख्ने गर्छ । तपाईँलाई छातीमा पिडा हुन्छ भने तत्काल चिकित्सकीय सहयोगको आवश्यक छ भन्ने बुझ्नुहोस । अतिरिक्त हृदयघात हुँदा टाउको दुख्नुको अगाडि बोल्न अप्ठ्यारो हुने, आँखा धमिलो हुने, सन्तुलन गुमाउने, हिड्न गाह«ो र शरीरको एउटा पाखोमा कमजोर महशुस हुने गर्छ । ग्लुकोजको मात्रा न्यून यदि तपार्इँको शरीरमा ग्लुकोजको मात्र कम भएको छ भने पनि निकै कडा रुपमा टाउको दुख्छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा हाइपोग्लाइसिमिया भनिन्छ । शरिर भित्रका गतिबिधि सक्रीय सञ्चालनका लागि हाम्रो शरिरमा निरन्तर ग्लुकोज प्रवाहको आवश्यकता पर्छ । न्युन ग्लुकोजले सुरुमा दिमागलाई प्रभाव पार्छ र विस्तारै अन्य अंगहरुमा पनि असर देखिन्छ । तर न्युन ग्लुकोजकै कारण तपाईको टाउको दुख्ने गरेको छ भने पर्याप्त तरल पर्दाथ र कार्बोहाइडे«डयुक्त खानेकुरा खानुभयो भने पनि केही हदसम्म मुक्ती पाउनुुहुनेछ । चिनियुक्त खानेकुराबाट टाढै रहनुहोस् तर शरीरको ग्लुकोज तहलाई पनि कायमै राख्नुहोस । हाइपोग्लाइसिमिया निकै खतरनाक अवस्था हो जसका कारण मानिसको अकस्मात् मृत्युसम्म हुुन सक्छ । तपार्इँ लामो समयदेखि भोकाउनु भएको छ र निरन्तर टाउको दुःख्छ भने ब्लड ग्लुकोजको तहलाई कायम गर्नका लागि पनि केही न केही खानेकुरा खानुहोस् । रिंगटा लाग्ने, धमिलो देख्ने, शरिरमा पसिना बग्ने, दिक्क लाग्ने, अनियमित रुपमा धड्कन चल्ने र चिसो महशुस हुनु हाइपोग्लाइसिमियाको अन्य लक्षण हुन् । दिमागमा संक्रमण तपाईँलाई गम्भीर रुपमा टाउकोमा संक्रमण जस्तै मेनेन्जाइटिस भएको छ भने पनि अत्यधिक रुपमा टाउको दुख्न सक्छ । तसर्थ यसबारेमा आजैदेखि बिचार पुयाउनुहोस् । भाइरल अथवा ब्याक्टेरियाका कारण दिमाग ढाक्ने पत्र र स्नायु प्रणालीको स्पाइनल कोर्डमा पीडा बढाउनु मेनेन्जाइटिस हो । यसको समयमै पहिचान गरिएन भने मानिसको ज्यान नै जोखिममा हुने गर्छ । अत्यधिक टाउको दुखाइका अतिरिक्त ज्वरो, शरिरमा रातो फोका आउनु, गर्धन दुख्ने, उज्यालोमा हेर्न नसक्नु, शरिरका मांशपेशी लचकदार नहुनु म्यानेन्जाइटिसका अन्य लक्षणहरु हुन् । आन्तरिक रक्त प्रबाह उच्च रक्तचाप वा अन्य मानसिक समस्याहरुका कारण कहिलेकाही दिमागको रक्तनली फुट्न गई दिमागमै रगत वग्न सक्छ जसका कारण पनि खपिनक्नु टाउको दुख्न सक्छ । दिमागको कुनै रक्त नली च्यातिएमा शरिरको कुनै अंग निकै कमजोर हुनुका साथै गम्भीर टाउको दुख्न सक्छ । आखाँमाथिको भाग दुख्नु, आखाँका नानीहरु केही फराकिलो देखिनु, आखाँका ढकनी कमजोर देखिनु, धमिलो देख्नु, रिंगटा लाग्नु, चेतना गुमाउनु आन्तरिक रक्त प्रवाहका अन्य लक्षणहरु हुन् । टाउकोमा लागेको गम्भीर चोट बल्झिनु यदि कुनै वेला तपाईको टाउकोमा गम्भीर चोट लागेको छ भने पनि बारम्बार यो बल्झिन सक्छ जसका कारण खप्नै नसक्ने गरी टाउको दुख्छ । तसर्थ कुनै दुर्घटनापछि वा घाइते भएपछि तपाईलाई भएको पीडा वा उपचारबारे जीवनकालभर ध्यान दिनुहोस । टाउकोको खप्पर वा दिमागको रक्त नलीमा हुने अशरले दीर्धकालिन रुपमा टाउको दुख्छ । वाकवाकी लाग्नु, कुनै पनि विषयमा ध्यान केन्द्रित गर्न नसक्नु, स्मरण हराउनु, शरिरका कुनै अंगहरु दुख्नु, धमिलो देख्नु, भोक नलाग्नु टाउको चोट बल्झिदाका लक्षणहरु हुन् । उमेरसँग सम्बन्धित समस्या यदि तपाई ५०वर्ष भन्दा बढी हुनुभएको छ र बेग्लै ढंगले टाउको दुखेको छ भने अब उपचार गर्ने बेला आएको छ भन्ने बुझ्न ढिलाई नगर्नुहोस् । टाउकोका कोषहरुमा समस्या वा ब्रेन ट्युमरका कारणले पनि टाउको दुख्ने गर्छ ।
(स्रोत : स्वास्थ्यखबर)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies