Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

छापामार कमाण्डरदेखि उपराष्ट्रपतिसम्म–मगरको छोरो पासाङ (दूर्लभ फोटाहरूसहित)

\"pasangकाठमाडौं । उपराष्ट्रपतिमा निर्वाचित पासाङको नाम वास्तविक नाम नन्दकिशोर नभई नन्द बहादुर पुन हो । चलनचल्तीमा नन्दकिशोर पुन ‘पासाङ’ भन्ने गरिए पनि नागरिकताको प्रमाणपत्रमा उनको नाम नन्दबहादुर पुन उल्लेख छ । उनको जन्म रोल्पा जिल्लाको  राङसीमा भएको हो ।   पंचायती व्यवस्थाले जरा गाडेको समयम उनले राजनीतिक यात्रा सुरु गरिसकेका थिए । जनमतसंग्रहको समयमै २०३६ सालबाट पासाङले राजनीतिक यात्रा सुरु सुरु गरेका हुन् । विद्यालयमा पढ्दै गर्दा २०३७ सालमा राङ्सी माध्यमिक विद्यालयमै इकाई कमिटि अध्यक्ष बन्दै संगठनमा नेतृत्वको राजनीतिक सुरु गरेका थिए । संस्थागत रुपमा राजनीतकि पाइला चालेका पासाङ विद्यालय तहको राजनीतिमा सीमित भएनन् । माविमा पढ्दै गदौ उनी जिल्लाको विद्यार्थी प्रतिनिधि बनिसकेका थिए ।   पंचायती व्यवस्थामा विद्यार्थी राजनीति गरेको भन्दै उनी व्यवस्थाको तारो बनिसकेका थिए । विद्यार्थी राजनीति गर्दै गर्दा उनी प्रहरीको तारोमा परेका थिए । प्रहरीले पछ्याए  दबाद दिन नछोडेपछि पासाङ लिवाङको पढाई छोडेर थवाङतिर लागे । तर, थवाङ पनि पासाङका लागि अनकूल ठाउँ बन्न सकेन । तीन दिन थवाङमा थुनेर प्रहरीले उनलाई यातना दियो । तर, प्रहरीको निर्ममतासामू पासाङ झुकेनन् । थवाङबाटै २०४२ सालमा एसएलसी पास गरे । एसएलसी पास गरेको एक वर्षपछि जन्मस्थल राङसीमा शिक्ष बनी फर्किए ।   शिक्षणसँगै राजनीतिलाई अघि बढाएका उनलाई २०४६ सालको जनआन्दोलनपछि ०४७ मा सविधान जारी भएपछि प्रहरीले पुनः पक्राउ गर्यो । उनलाई त्यतिखेर प्रहरीले १३ दिन थुनामा राखेको थियो ।   त्यसपछि ५१ सालबाट सुरु भएको जनयुद्धमा पासाङ होमिए । जनयुद्धकै क्रममा उनीमाथि ३० भन्दा बढी मुद्दा लगाइए । मुद्दसहित उनको टाउकोको मूल्य पनि तोकियो ।   क्याम्पस पढ्ने क्रममा २०४६ साल अघि पासाङ अखिल क्रान्तिकारीको अध्यक्षमा चुनिए । २०४६ सालकै आसपासमा पार्टी सदस्यता लिनुका साथै पासाङ युवा संगठनमा पनि सक्रिय थिए ।   जनयुद्ध सुरु हुनु तीन वर्ष अघि अर्थात उनी कम्युनिस्ट राजनीतिमा लाग्दै होलटाइमर भइसकेका थिए । जनयुद्धमा उनी सैन्य भूमिकामा लागे । जनयुद्धकै क्रममा प्रहरीले उनीमाथि गोली पनि हान्यो । गोली देब्रे हातमा लागेपछि उनी बाँच्न सफल भए ।  उनैलाई बचाउने शिलशिलामा लोकबहादुर घर्ति र मनबहादुर पुनले ज्यान गुमाउन पुगेका थिए ।   रोल्पामा कम्युनिष्ट घटक नेकपा एकता केन्द्र बन्दा ५ जनाको जिल्ला कमिटिान उनी जिल्ला सदस्य बने । जनयुद्धको तयारी हुँदै गर्दा पासाङ रोल्पा जिल्लाको वाइसिएलको कमाण्डर र सैन्य प्रशिक्षक समेत भए । जनयुद्धको क्रममा को दौरानमा पासाङ लडाकु कमाण्डर हुँदै २०५५ सालमा टास्क फोर्सको कमाण्डर बन्न पुगे ।   २०५६ सालमा छापामारको पहिलो कम्पनि कमाण्डर पनि पासाङ नै बने । १० वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पासाङ जनसेनाको सर्वोच्च कमाण्डर बनिसकेका थिए । जनयुद्धकै क्रममा उनका भाई कमल पुनले ज्यान गुमाएका थिए ।   २०६२/६३ को दोस्रो जनआन्दोलपछि शान्ति प्रक्रियामा पनि पासाङ जनसेनाको कमाण्डर थिए । उनी कमाण्डर भएकै बेला नेपाली सेना र जनसेना समायोजन प्रक्रिया अघि बढेको थियो । तर, उनी आफैंले भने समायोजन नरोजी राजनीति नै रोजे । त्यसयता राजनीतिमा सक्रिय रहेका उनी चुनावमा गत संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बने पनि पराजित हुन पुगे । स्वास्थ्य समस्या देखिए पनि विदेशमा उपचार गर्न नगई स्वदेशमा नै उपचार गराएपछि उनको चर्चा झन् बढेको थियो । \"pasang-51-e1446197642644-1124\" \"prabhakarsanga-1124\" \"aaphhule \"beni \"buwa \"chunban \"company \"dangma \"pasang-1-1124\" \"pasang-2-1124\" \"pasang-3-e1446197737695-1124\" \"pasang-6-e1446197697700-1124\" \"pasang-7-1124\" \"pasang \"pasang                                         \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang \"memo_pasang
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies