Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

आज ८० हजार ग्यास सिलिण्डर बाँडिदै, काठमाडौंमा आज यी नामका ग्यास बाँडिदै छ

\"GAS\"काठमाडौं । काठमाडौं उपत्यकामा शनिबारका लागि ८० हजार सिलिन्डरमा आधा परिमाण (७.१ किलो) भर्न पुग्ने ग्यास आएको छ । यो सामान्य अवस्थाको दैनिक खपतको तुलनामा दोब्बर परिमाण हो ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–उद्योगीका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक पूरै भरिएका ४० हजार सिलिन्डर (१४.२ किलो) ग्यास खपत हुने गरेको छ । ग्यास उद्योग संघका अनुसार सामान्य अवस्थामा दैनिक मुलुकभर ६६ बुलेट ग्यास खपत हुने गरेको छ ।   यसबाट ८२ हजार ५ सय सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ । आधा मात्रै ग्यास राख्ने हो ६६ बुलेटबाट १ लाख ६५ हजार सिलिन्डर भर्न सकिन्छ । उपत्यकामा सरदर दैनिक ३० बुलेट ग्यास खपत हुने गर्छ । ३० बुलेटबाट ४१ हजार २ सय ५० सिलिन्डरमा पूरा ग्यास भर्न पुग्छ ।   संघका अनुसार शुक्रबार साँझ र शनिबार रातिसम्म उपत्यकाका लागि ३२ बुलेट ग्यास आइपुग्नेछन् । भैरहवा नाकाबाट शुक्रबार दिउँसो २४ बुलेट ग्यास काठमाडौंका लागि हिँडेका छन् । ‘ती बुलेट साँझसम्म उपत्यका भित्रिसक्छन्,’ संघ अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘थप ८ बुलेट ग्यास पनि साँझ विभिन्न भन्सार नाका पार गरी काठमाडौंका लागि आउँछन् । ती बुलेट रातिसम्म उद्योगमा आइपुग्छन् ।’   उपत्यकालाई ग्यास आपूर्ति गर्न धादिङमा १२ र काभ्रेमा ३ उद्योग छन् । चितवन, नवलपरासी, बारा, पर्सालगायत तराईमा रहेका थप ११ उद्योगले समेत काठमाडौंको ग्यास आपूर्ति थेग्दै आएका छन् । धादिङ र काभ्ेरमा रहेका उद्योगले राति र बिहानसम्म सिलिन्डरमा आधा ग्यास भरे पनि शनिबार १० बजेपछि उपभोक्ताले ग्यास पाउन सक्ने संघको भनाइ छ । तर, उद्योग परिसरमै उपभोक्ता लाइन बढिरहेकाले उद्योग गेटबाटै सर्वसाधारणलाई ग्यास वितरण गर्नुपर्ने अवस्था रहेको उद्योगी बताउँछन् ।   सोही कारण उद्योगबाट समयमै विक्रेता (पसल) कहाँ ग्यास पुर्‍याउन नसक्ने अवस्था आउन सक्ने उनीहरूको भनाइ छ ।   सरकारले आधा ग्यास भरिएका सिलिन्डर उद्योगबाट नभई विक्रेताका माध्यमबाट मात्रै बिक्री गर्ने निर्णय गरे पनि उद्योगमा भरिएका ग्यास सिलिन्डर सीधै बिक्रेताकहाँ पुर्‍याउन समस्या छ । ‘आधा भरिएका (७.१ केजी) ग्यास सिलिन्डर विक्रेतामार्फत उपभोक्तालाई वितरण गर्ने निर्णय भइसकेको छ, त्यसैले उपभाक्ताले नजिकको विक्रेताकहाँ सम्पर्क राख्दा राम्रो हुन्छ,’ घिमिरेले भने ।   काठमाडौंको बजारमा उपलब्ध २६ ब्रान्डकै सिलिन्डरमा शनिबार ग्यास भरिँदै छ । तर, शुक्रबारदेखि ग्यास उद्योगी र विक्रेताकहाँ पुगेर नेता, व्यवसायी, होटेल–रेस्टुरेन्ट सञ्चालकलगायतले ठूलो मात्रामा लैजान थालेकाले सर्वसाधारणले सहजै नपाउने अवस्था छ । सरकारले पनि ग्यास उद्योग र डिपोमा अनुगमनमा चासो देखाएको छैन ।   शुक्रबार २७ हजार ५ सय सिलिन्डर ग्यास भित्रिए शुक्रबार काठमाडौं उपत्यकामा ११ बुलेट ग्यास आइपुगेका छन् । एभरेष्ट, साल्ट ट्ेरडिङ र सिद्धार्थ तीन ग्यास उद्योगका ११ बुलेट आएको ग्यास उद्योग संघले जनाएको छ । ११ बुलेटमा १३ हजार सात सय ५० सिलिन्डर ग्यास भर्न पुग्छ । तर, सरकार र उद्योगीले केही समयका लागि आधा ग्यास भरिएका सिलिन्डर मात्रै वितरण गर्ने निर्णय गरेका कारण ११ बुलेटको ग्यास २७ हजार ५ सय सिलिन्डरमा भरिएको छ । त्यसमध्ये एभरेष्टले चल्नाखेलस्थित उद्योगमा आधा ग्यास राखेर ७ हजार ५ सय सिलिन्डर ग्यास राखेको थियो । त्यस्तै, साल्ट ट्ेरडिङले आधा ग्यास भरिएका १० हजार सिलिन्डर भरेको छ भने सिद्धार्थ ग्यासले पनि १० हजार सिलिन्डर ग्यास भरेको छ ।   चल्नाखेलस्थित एभरेष्ट ग्यास उद्योग परिसरमा उपभोक्ता लाइनमा बसेपछि शुक्रबार दिउँसैबाट वितरण थालिएको छ । कम्पनीका बजार प्रबन्धक धु्रव कार्कीले उद्योगमा उपभोक्ताको ठूलो लाइन लागेका कारण उद्योग परिसरबाटै ग्यास वितरण गरेको जानकारी दिए । ‘उपभोक्ताको लामो लाइन भएपछि हामीले उद्योग परिसरबाटै केही ग्यास वितरण गर्‍यौँ,’ उनले भने, ‘बाँकी ग्यास सिलिन्डर विक्रेता (पसल) लाई उपलब्ध गराउँछौँ ।’ शुक्रबार दिउँसो सो उद्योग परिसरमा ५ हजारभन्दा बढी सिलिन्डर बाटोमै लाइन लागेर उपभोक्ता ग्यासको पर्खाइमा थिए । एभरेष्टका उपत्यकामा ३ लाख सिलिन्डर प्रयोगमा छन् र करिब ४ सय ५० डिपाले एभरेष्टका ग्यास उपभोक्तालाई बिक्री गरिरहेका छन् । सरकारले उद्योगबाट नभई विक्रेताबाट ग्यास बिक्री गर्ने निर्णय गरेपछि उद्योग परिसरमा सिलिन्डर भर्नासाथ उपभोक्ताको लाइन लाग्न थालेको छ, जसकारण उद्योगीले सबै ग्यास विक्रेतालाई नदिई उद्योग परिसरमा लाइन लागेका उपभोक्तालाई वितरण गर्न बाध्य भइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending