Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अभावसँग जुधेकोमा जनतालाई सलाम, सम्पूर्ण ध्यान इन्धनको व्यवस्थामा लगाएको छु–आपूर्तिमन्त्री पून

\"ganeshmanकाठमाडौं । आपूर्ति मन्त्री गणेशमान पून आफ्नो सम्पूर्ण ध्यान अहिले पेट्रोलियम पदार्थको आपूर्तिमा लागेको बताएका छन् । १ महिनाभन्दा लामो समय भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास, औषधी लगायतका सामाग्रीहरुको चरम अभाव भएका बेला पूनले यस्तो बताएका हुन् । खबरडबलीसँग कुरा गर्दै पूनले भने, –‘अहिले सम्पूर्णरुपमा मन्त्रालयको ध्यान पेट्रोलियम पदार्थको आपूर्तिमा लागेको छ  । हामीले भारतको विकल्पका रुपमा चिनसँग सघन छलफल गरेका छौं र केहीदिनमै परिणाम आउनेछ’ । सोही छलफल अनुरुप चिनले १ हजार मेट्रिक टन तेल बुधबारसम्म नेपाल पठाउन लागेको समेत पूनले बताए । शुक्रबार पूनले चिनियाँ राजदूत उ चिन्ताइसँग छलफल गरेका थिए । आइतबार चिनसँग दिर्घकालिन सम्झौताका लागी मन्त्रालय तथा नेपाल आयल निगमका अधिकारीहरु चिन जाने र औपचारिक सम्झौताका लागी वातावरण निर्माण गर्नेछ  । पूनले असहज स्थितिमा पनि धैर्यताकासाथ नाकाबन्दी सामाना गरेकोमा नेपाली जनताप्रति कृतज्ञ रहेको समेत बताए । भने,–‘नेपाली जनता आत्मसम्मानका लागी कहिल्यै झुकेको छैनन् र झुक्ने छैनन् भनी फेरी एकपटक प्रमाणीत भएको छ । त्यसलाई म सलाम गर्छू र चाँडै समस्या सुल्झाउने गरी काममा लाग्छु ।’ पूनले चाडै नै यो अभाव सामाधान हुने समेत बताए । आपूर्ति मन्त्रालयको विशेष आग्रहमा केहीदिन अघि मात्रै परराष्ट्र मन्त्रालयले चिनलाई तेल उपलब्ध गराईदिन पत्राचार गरेको थियो । छिट्टै अभाव हट्ने समेत पूनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending