Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

डन गणेश लामाको घरमा इजलास

\"Ganesh-lama-don-400\"काठमाडाैं । जग्गा लेनदेन विवादमा पैसा उठाउन खोज्दा राजधानीका चर्चित गुन्डा नाइके गणेश लामा प्रहरी फन्दामा परेका छन् । उनले ललितपुर भैँसेपाटीका कैलाश बास्कोटालाई अपहरण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको ललितपुर प्रहरीले जनाएको छ । त्यो घटनामा उनका सहयोगी विक्रमजित लामा पक्राउ परेका छन् भने गणेश फरार छन् । गत ३० साउनमा लामासहितका व्यक्तिले ललितपुर भैँसेपाटीका बास्कोटलाई अपहरण गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए । ‘एक महिलाको जग्गाको विवादमा त्यसरी अपहरण गरी गणेश लामाकै घरमा ४० लाख रुपैयाँको कागज गरिएको अनुसन्धानमा खुलेको छ,’ एसएसपी अधिकारीले भने ‘लामाको घरमा समेत हामीले छापा हानेका छौँ, तर उनी पक्राउ परेका छैनन् ।’
पीडित भनिएका बास्कोटाले आफूलाई अपहरण गर्न गणेश लामा स्वयं गएको र उनकै घरमा बन्धक बनाएर कागज गराएको बताएका छन् । पक्राउ परेका विक्रमजितले पनि गणेश लामाकै सहयोगमा फसेको पैसा उठाउन अपहरण गरेको बयान दिएका छन् । बास्कोटाले २०६७ सालमा कान्छीमाया तामाङलाई भैँसेपाटीमा सात आना जग्गा दिए । सोबापत उनले तामाङसँग १३ लाख रुपैयाँ र चार आना जग्गा लिए । तर, बास्कोटाले झुक्याएर जग्गा बेचेको खुलेपछि तामाङले जग्गा फिर्ता गर्न खोजिन् । १२ लाख रुपैयाँ बास्कोटाले फिर्ता दिने लिखित सहमतिसमेत भएको थियो । पछि, विक्रमजित लामाले उक्त जग्गा किने । त्यसरी जग्गा लिएको पाँच वर्षपछि उनले ४० लाख माग गर्दै बास्कोटालाई धम्क्याउन थाले । सोही जग्गाको विषयलाई लिएर लामाले उनलाई भैँसेपाटीबाटै अपहरण गरेका थिए । पेस्तोल देखाएर गाडीमा राखी कोटेश्वरस्थित घरमा पुर्‍याई मारिदिने धम्की दिएर जबर्जस्ती कागज गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।
गणेश लामाको घरमा लगेको हुँ विक्रमजित लामा मेरो गाउँकी दिदी नाता पर्ने कान्छी माया थिङ, कैलाश बास्कोटा र उनका दाजु विक्रम बास्कोटाबीच जग्गा खरिदको विषयमा कुरा भएको र अर्काको नामको जग्गा बिक्री गरिएको रहेछ । ललितपुरको कित्ता नम्बर एक सय ४३ नम्बरमा पर्ने सात आना जग्गा दिदीले किन्ने र दिदीको सातदोबाटोको चार आना जग्गा र १२ लाख उनीहरूलाई दिने सहमति भएको थियो । सोहीअनुसार जग्गा नामसारी भएको रहेछ । पछि, दिदीले नख्खुस्थित सात आना जग्गामा सानो टहरो बनाउनुपर्‍यो भनी जाँदा अर्कैले घर निर्माण गरिसकेको रहेछ । उक्त कुरा मलाई भनेपछि म मालपोत कार्यालयमा गई बुझ्दा नक्साअनुसार जग्गा रहेको तर छिमेकीले मिचेको भन्ने खुल्यो । त्यसको मुद्दा दायर गर्ने हदम्यादसमेत नाघिसकेको थियो । त्यसपछि जग्गा मेरो नाममा नामसारी गरी मैले अदालतमा मुद्दा हालेँ । अदालतले जग्गा मैले नपाउने फैसला गर्‍यो । त्यसपछि मैले कैलाश बास्कोटा र विक्रम बास्कोटासँग छलफल गरेँ । उनीहरूले चार आना जग्गा र १३ लाख रुपैयाँ फिर्ता दिऔँला भने ।
कान्छीमायाले उनीहरूलाई दिएको चार आना जग्गाको बजार मूल्य २९ लाख रुपैयाँ छ । १३ लाख जोड्दा ४२ लाख पुग्ने भए पनि ४० लाख मात्र दिए पुग्छ भनेँ । उनीहरू त्यसमा सहमत पनि भएका थिए । तर, पछि उनीहरू सम्पर्कविहीन भए । लामो समयपछि गत भदौ ३० गते उनीसँग सम्पर्क भयो । नख्खुमा भेट्ने कुरा भयो र म छोराले चलाएको मोटरसाइकलमा बसेर त्यहाँ पुगे । मैले उनीहरूसँग ४० लाख रुपैयाँ तत्काल दिन नसके कागज गर्नु भनेँ । उनीहरूले मानेनन् । मेरा साथी गणेश लामा र मेरो पूर्वयोजनाअनुसार उनीहरूलाई ट्याक्सीमा राखेर सातदोबाटो हुँदै पेरिसडाडाँस्थित गणेश लामाको घरमा ल्याएँ । त्यहाँ लेखापढी कागज गर्ने व्यक्तिलाई बोलाई कात्तिक मसान्तभित्र ४० लाख रुपैयाँ दिने कागज गराई कैलाश र विक्रम बास्कोटालाई छाडिदिएको हो । (प्रहरीमा दिएको बयानमा आधारित)
पेस्तोल देखाएर कागज गराए कैलाश बास्कोटा साउन ३० गते शनिबार बिहान सवा आठ बजे म र दाजु विक्रम बास्कोटा नख्खु पुलस्थित सडकमा उभिरहेका थियौँ । तीनवटा पल्सर मोटरसाइकलमा आएका ६ जना व्यक्तिले हामीलाई घेरे । कपाल पालेका गुन्डाजस्ता थिए । उनीहरूमध्ये आफूलाई विक्रमजित लामा बताउने व्यक्तिले धम्कीपूर्ण भाषा प्रयोग गरी मलाई नियन्त्रणमा लियो । केही छिनमै एउटा पजेरो गाडी आयो । मलाई उनीहरूले बोल्नसमेत नदिई सोही पजेरोमा राखे । गाडीका चालक गणेश लामा थिए । मलाई उनीहरूले कोटेश्वर लगे । त्यहाँ गणेश लामाको घर रहेछ । त्यहाँ पुर्‍याएर मार्ने धम्की दिइयो । कान्छीमाया तामाङको जग्गाको पैसा फिर्ता नगरेको भन्दै धम्क्याइयो । कोठाभित्र राखेर पेस्तोल देखाई धम्क्याउने काम भयो । उनीहरूले मलाई ४० लाख रुपैयाँको कपाली तमसुक गराए ।
गणेश लामाले नै लेखापढी गर्ने व्यक्तिलाई त्यहाँ बोलाए । त्यसबेलासम्म मलाई बन्धक बनाएर राखियो । २०७२ साल कात्तिक अन्तिमसम्ममा ४० लाख रुपैयाँ दिने गरी कागज गराइयो । करिब दुई घन्टा राखेपछि मलाई त्यहाँबाट छाडिएको हो ।
मैले कान्छीमाया तामाङलाई भैँसेपाटीको चार आना जग्गा बिक्री गरेको थिएँ । पछि, उहाँलाई चित्त नबुझेपछि दुईजना बसी छलफल भयो र मैले १२ लाख रुपैयाँ दिने सहमति भएको थियो । त्यो २०६७ साल पुस २६ गतेको कुरा हो । तर, पछि कान्छीमाया तामाङ सम्पर्कविहीन भइन् । साक्षी बस्ने व्यक्तिले ‘तपार्इंहरूले जग्गा फिर्ता गर्नुपर्दैन, हामीहरूले उक्त जग्गा अर्कै व्यक्तिलाई बिक्री गर्‍यौँ’ भन्दै कागज गर्दाको ५० हजार रुपैयाँ पनि मेरो दाजु विक्रम बास्कोटालाई फिर्ता गरेका थिए । उक्त जग्गा विक्रमजित लामाले कान्छीमाया तामाङबाट लिएको रहेछ । पाँच वर्षपछि विक्रमजित लामाले पहिले गरेको १२ लाख रुपैयाँको सावाँब्याजसहित फिर्ता गर भनी मेरा दाइलाई धम्क्याउन थाल्यो । त्यही क्रममा साउन ३० गते छलफल गर्न भनेर फोन गरी बोलाएर मलाई अपहरण गरी बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गराइयो । कागज गरेपछि बाहिर कसैलाई भने परिवार नै सिध्याइदिने धम्कीसमेत दिइयो । (प्रहरीमा दिएको जाहेरीमा आधारित)
अाजकाे नयाँ पत्रिकाबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending