Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

बालेनलाई सांसद राईले भने - सरकार चलाउन नसक्ने भए हात उठाए हुन्छ

खबरडबली संवाददाता

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र सरकारलाई जिम्मेवारीबाट नभाग्न आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले मुलुकमा विकसित पछिल्लो अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउँदै जनतासँग प्रत्यक्ष संवाद, सूचना संकलन र शान्ति–सुरक्षा कायम गर्न सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।

सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै उनले देश र जनतालाई अभिभावकविहीन अवस्थामा छाड्न नहुने बताए।

सरकारले देश सञ्चालन गर्न नसक्ने अवस्था आएको हो भने त्यसलाई स्पष्ट रूपमा स्वीकार गरी मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ थियो। संसद्मा पर्याप्त प्रतिनिधित्व रहेकाले आवश्यक परे अर्को नेतृत्वबाट पनि देश सञ्चालन सम्भव रहेको उनले उल्लेख गरे।

राईले सरकारलाई या त जिम्मेवारीपूर्वक सक्रिय भएर काम गर्न, नभए देश सञ्चालन गर्न नसक्ने स्वीकार गर्दै पदबाट हट्न आग्रह गरे। वर्तमान शैलीमा शासन सञ्चालन गर्नु स्वीकार्य नहुने उनको तर्क थियो।

सुनसरी घटनापछि सर्वदलीय बैठक आयोजना गरिएको विषयलाई सकारात्मक कदमको रूपमा उल्लेख गर्दै उनले सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए। यस्तो पहलको नेतृत्व भने सरकारले नै गर्नुपर्नेमा उनले जोड दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी विभागमा पासपोर्ट लिनेको भीड, दुई सिफ्टमा सेवा विस्तार

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...

सुनसरी घटनाबारे प्रचण्डको माग: ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, छानबिन होस्’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...

स्मार्ट टेलिकम–एनसेल प्रकरण: व्यवसायी उपेन्द्र महतो सिआईबीमा उपस्थित

काठमाडौं । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका ...

राप्रपाको प्रश्न: सुनसरीमा गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...

लघुवित्त पीडितसँग संवादका लागि सरकारको पहल, अर्थ मन्त्रालयले गठन गर्‍यो वार्ता समिति

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...

बालेनलाई सांसद राईले भने - सरकार चलाउन नसक्ने भए हात उठाए हुन्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र...

सरकारलाई नेकपाको प्रश्न: सुनसरी घटना पनि स्थानीय तहलाई जिम्मा दिने हो कि आफूले लिने हो ?’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर सरकारको भूमिका र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending