काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा रहेका छन्। अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत चिकित्सकहरूको सामूहिक राजीनामाका लागि हस्ताक्षर सङ्कलन भइरहेको छ।
गत साउन ८ गते नारायणी अस्पतालमा कार्यरत डा। प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा। रामको हाल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँमा उपचार भइरहेको छ। उक्त घटनापछि चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गरी आन्दोलन गर्दै आएका छन्।
डा। सिंहका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि अस्पतालका चिकित्सकहरू जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका लागि पुगेका थिए। तर, वार्ताका क्रममा वातावरण तनावपूर्ण बनेको उहाँले बताए।
उनका अनुसार नेपाल चिकित्सक सङ्घका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित भएको थियो।
डा. सिंहले भने, “त्यसपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले चिकित्सकप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिनुभयो। वार्ताबाट बाहिर निस्किने क्रममा प्रहरी परिचालन गरी चिकित्सकहरूलाई घेरा हालेर कार्यालयभित्र लगियो र करिब एक घण्टा नियन्त्रणमा राखियो। हामीलाई अपराधीसरह व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका हौँ।”
उहाँका अनुसार प्रशासनको उक्त व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। नारायणी अस्पतालमा भएको घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १५:४३
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गरेको छन्। असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक...
श्रावण १२ गते, २०८३ - १५:३०
लेखनाथ। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ । नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद रामम...
श्रावण १२ गते, २०८३ - १५:१४
सिरहा । सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा। लुस्युनकुमार यादवले साउन १२ गतेमै साउन २८ गतेसम्मको हाजिर गरेको भेटिए...
श्रावण १२ गते, २०८३ - १५:०५
काठमाडौं । धनुषाको विदेह नगरपालिका–५ का तत्कालीन वडाध्यक्ष विजयकुमार यादवविरुद्ध भारतीय सरकारको सहयोगमा प्राप्त एम्बुलेन्स निजी प्रयोजनमा प्रयोग गरी स...
श्रावण १२ गते, २०८३ - १४:३९
काठमाडौं । एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। यससँगै यस प्रकरणमा पक्राउ पर्न...
श्रावण १२ गते, २०८३ - १४:३३
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुनसरीमा आज पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सुनसरीमा ९० दशमलव ६ मिलिमिटर वर्षा भएक...
श्रावण १२ गते, २०८३ - १४:२१
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि देशभरका चिकित्सकको आन्दोलन जारी रहँदा स्वास्थ्य तथा जनसंख्य...
श्रावण १२ गते, २०८३ - १३:५९
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोज...
श्रावण १२ गते, २०८३ - १३:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज केन्द्रित विवादपछि उत्पन्न तनाव थप चर्किएको छ। मंगलबार प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोड,...
श्रावण १२ गते, २०८३ - १३:४३
काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा रहेका छन्। अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा। उदयनारायण सिंहका अ...



प्रतिकृया लेख्नुहोस्: