लेखनाथ। नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण पोखराका अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) बन्द भएको छ ।
नारायणी अस्पताल वीरगञ्जमा कार्यरत डा। प्रमोद राममाथि भएको कुटपिटको विरोधमा सङ्घको आह्वानमा देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प छन् ।
सेवा रोकिँदा सर्वसाधारणहरु मर्कामा परेका छन् । गण्डकी प्रदेशकै सबैभन्दा बढी बिरामी हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका अस्पतालमा उपचारका लागि पुगेका वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र छिमेकी जिल्लाबाट आएका बिरामीसमेत सेवा नपाउँदा निराश बनेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउनुभएका पोखरा–१४ का उमेश नेपालीले सरकारसँगको मागका कारण सेवा रोक्न नहुने बताए। “म फलोअपका लागि आएको हो,” उनले भने, “दु:खमात्र पाइयो । हामी बिरामीले माग पूरा गर्न सक्ने होइन, उताको रिसले किन बन्द गरेको होला ?”
पोखराका अधिकांश अस्पतालका ओडिडी सेवा बन्द भएको सूचना टाँसिएको छ । आन्दोलनका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित गण्डकी मेडिकल कलेज, नेपाल मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल, मेट्रोसिटी अस्पताल, पद्मा अस्पताल, सहारा अस्पताल, शिशुवा अस्पताल, पोखरा अस्पताल, पद्म नर्सिङ होम, मातृशिशु मितेरी अस्पताल, मेडी प्लस एन्ड ट्रमा सेन्टर, चरक अस्पताल लगायत अस्पतालको ओडिडी सेवा बन्द भएको छ ।
नेपाल चिकित्सक सङ्घ गण्डकी अध्यक्ष डा। सुनील पनेरु सङ्घको केन्द्रीय निर्देशनअनुसार चिकित्सक आन्दोलनमा उत्रिएको बताउछन् । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आन्दोलनरत चिकित्सकसँग अनौपचारिक कुराकानी भइरहेको बताए । “अहिले अस्पतालका ओपिडी बन्द छन्, अहिले समन्वय हुँदै छ, चाँडै समाधान हुन्छ,” उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...
श्रावण १२ गते, २०८३ - १५:४३
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गरेको छन्। असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक...



प्रतिकृया लेख्नुहोस्: