Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

हिमाल आरोहणबाट सरकारलाई सवा अर्बभन्दा बढी राजस्व

खबरडबली संवाददाता

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारले एक अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। पर्यटन विभागका अनुसार आरोहण अनुमति शुल्कबाट मात्रै एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व उठेको हो।

यस वर्ष सगरमाथासहित ३१ वटा हिमाल आरोहणका लागि एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए। तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ४९५ जनाले अनुमति प्राप्त गरेका थिए।

सगरमाथा आरोहण अनुमति लिने आरोही ५६ देशका रहेका थिए, जसमा ३९० पुरुष र १०५ महिला छन्। अनुमति प्राप्त आरोहीसँगै सहयोगी, गाइड र शेर्पा गरी एक हजारभन्दा बढी व्यक्तिले सगरमाथा सफलतापूर्वक आरोहण गरेको पर्यटन बोर्डले जनाएको छ।

आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १५९ जना रहेका छन्। त्यसपछि अमेरिका (१५२), भारत (१०१), जर्मनी (७५), बेलायत (७४) र रुस (७०) का आरोही छन्।

राजस्वतर्फ सबैभन्दा ठूलो योगदान सगरमाथाले दिएको छ। सगरमाथा आरोहण अनुमतिबाट मात्रै एक अर्ब आठ करोड १० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। लोत्से, मकालु, आमादब्लम, कञ्चनजंघा र अन्नपूर्ण हिमालबाट पनि करोडौं रुपैयाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ।

यस वर्षको आरोहण सिजनमा सगरमाथा आरोही कामिरिता शेर्पाले ३२औँ पटक चुचुरोमा पुग्दै आफ्नै विश्व कीर्तिमान तोडे। त्यस्तै, लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गरी महिला आरोहीतर्फ नयाँ कीर्तिमान कायम गरिन्।

नेपालका हिमालप्रति अन्तर्राष्ट्रिय आकर्षण निरन्तर बढिरहेकाले पर्यटन क्षेत्रको आम्दानीमा पर्वतारोहणले महत्वपूर्ण योगदान पुर्‍याइरहेको देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending