काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ माथि भइरहेको छानबिनका लागि थप पाँच दिनको समय थप गरिएको छ।
छानबिन समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारी का अनुसार मंगलबारदेखि लागू हुनेगरी पाँच दिनको म्याद थप गरिएको हो।
उनले भने, “म्याद अपुग भएकाले हामीले थप समय माग गरेका थियौँ। पाँच दिनको म्याद थप भएको पत्र प्राप्त भएको छ। अब थपिएको अवधिभित्र छानबिन पूरा गरी प्रतिवेदन बुझाउँछौँ।”
समितिले गुरुङसँग यसअघि नै बयान लिइसकेको छ। बयान लिनुअघि उनीमाथि लागेका आरोपबारे सम्बन्धित निकायसँग जानकारी संकलन गर्नुका साथै सम्पत्ति विवरणसमेत अध्ययन गरिएको समितिले जनाएको छ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको अध्यक्षतामा समिति गठन गरेको थियो। समितिमा शोभाकान्त पौडेल र अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।
यसअघि समितिलाई १५ दिनको समय दिइएको थियो, जुन सोमबार सकिएको थियो। अब थप गरिएको पाँच दिनभित्र प्रतिवेदन तयार पारिने समितिले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १४:०६
धनगढी। सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । दलका नेता तथा मुख्यमन्त्री कमलबह...
जेष्ठ १९ गते, २०८३ - १३:५८
काठमाडौं। विपक्षी दलहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक स्थगित भएको घोषणा गर्दै...
जेष्ठ १९ गते, २०८३ - १३:४४
काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रि...
जेष्ठ १९ गते, २०८३ - १३:३७
काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह सीमा विवादलगायतका विषयमा आवश्यक परे पुन: संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बत...
जेष्ठ १९ गते, २०८३ - १३:३१
काठमाडौँ। सरकारले जेनजी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले...
जेष्ठ १९ गते, २०८३ - १३:२५
काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ। मंगलबार बसेको मन...
जेष्ठ १९ गते, २०८३ - १३:१४
काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ माथि भइरहेको छानबिनका लागि थप पाँच दिनको समय थप गरिएको छ। ...
जेष्ठ १९ गते, २०८३ - १३:०७
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह)को रिक्त एक पदका लागि दुई जनाको नाम सिफारिस गरिएको छ। स...
जेष्ठ १९ गते, २०८३ - १२:५४
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट औपचारिक राजनीतिक भेटघाट सुरु गरेका छन्। सत्तारुढ भ...
जेष्ठ १९ गते, २०८३ - १२:३२
चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार य...



प्रतिकृया लेख्नुहोस्: