काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट औपचारिक राजनीतिक भेटघाट सुरु गरेका छन्।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नयाँ दिल्ली पुगेका लामिछानेलाई भाजपा केन्द्रीय कार्यालयमा परम्परागत झाँकी तथा फूलमालासहित स्वागत गरिएको छ। कार्यालय परिसरमा उपस्थित भाजपा नेता तथा कार्यकर्ताहरूले उनको भव्य स्वागत गरेका थिए।
भ्रमणका क्रममा लामिछानेले भाजपा नेता नीतिन नविनसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा भाजपा नेताहरूले उनलाई पार्टीको केन्द्रीय कार्यालय तथा यसको संरचनाबारे जानकारी गराएका थिए।
रास्वपाका अनुसार भेटवार्तामा नेपाल र भारतका लोकतान्त्रिक शक्तिहरूबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
लामिछाने पाँच दिने भारत भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले भारतस्थित नेपाली समुदाय तथा आफ्ना समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।
भारत बसाइका क्रममा उनले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्या नगरको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - १३:४४
काठमाडौँ। सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रि...
जेष्ठ १९ गते, २०८३ - १३:३७
काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह सीमा विवादलगायतका विषयमा आवश्यक परे पुन: संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बत...
जेष्ठ १९ गते, २०८३ - १३:३१
काठमाडौँ। सरकारले जेनजी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले...
जेष्ठ १९ गते, २०८३ - १३:२५
काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ। मंगलबार बसेको मन...
जेष्ठ १९ गते, २०८३ - १३:१४
काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ माथि भइरहेको छानबिनका लागि थप पाँच दिनको समय थप गरिएको छ। ...
जेष्ठ १९ गते, २०८३ - १३:०७
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह)को रिक्त एक पदका लागि दुई जनाको नाम सिफारिस गरिएको छ। स...
जेष्ठ १९ गते, २०८३ - १२:५४
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट औपचारिक राजनीतिक भेटघाट सुरु गरेका छन्। सत्तारुढ भ...
जेष्ठ १९ गते, २०८३ - १२:३२
चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार य...
जेष्ठ १९ गते, २०८३ - १२:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। ...
जेष्ठ १९ गते, २०८३ - ११:४०
पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात ग...



प्रतिकृया लेख्नुहोस्: