Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो, आवश्यक परे फेरि जवाफ दिनुहुन्छ: सरकारको प्रवत्ता

खबरडबली संवाददाता

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाह सीमा विवादलगायतका विषयमा आवश्यक परे पुन: संसदमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्।

मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी रहेको बताए। उनका अनुसार प्रधानमन्त्रीले यसअघि पनि संसदमा उपस्थित भएर आफ्नो धारणा राखिसकेका छन् र आवश्यक परे फेरि पनि सदनमा गएर जवाफ दिन तयार छन्।

उनले भने, “प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ। उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दा फेरि पनि सदनमा आएर उत्तर दिनुहुन्छ।”

१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि विभिन्न प्रतिक्रिया र आलोचना भइरहेको छ। सो क्रममा उनले कतिपय स्थानमा भारतले उपभोग गरिरहेको भूमि नेपालभित्र पर्न सक्ने र नेपालले प्रयोग गरिरहेको केही क्षेत्र भारततर्फ पर्न सक्ने बताएका थिए।

सरकारका प्रवक्ताले प्रधानमन्त्रीले बोलेको कुरा सीमा विवाद समाधान प्रक्रियासँग सम्बन्धित कूटनीतिक संयन्त्रबाट आएको जानकारीमा आधारित रहेको दाबी गरे। उक्त विषय सुन्दा प्रधानमन्त्री आफैं पनि अचम्मित भएको उनले बताए।

प्रवक्ता पोखरेलका अनुसार नेपाल–भारतबीच सीमा विवाद समाधानका लागि पहिलेदेखि नै स्थापित कूटनीतिक संयन्त्रहरू सक्रिय छन्। दुवै देशले एकअर्कालाई डिप्लोमेटिक नोट पठाइसकेका छन् र विवाद समाधानका लागि संवाद जारी छ।

उनले भने, “सीमा विवाद कसरी सल्टाउने भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट रूपमा भन्नुभएको छ। यो विषय कूटनीतिक संवाद र स्थापित संयन्त्रमार्फत समाधान गरिन्छ।”

सरकारले परराष्ट्र मन्त्रालयले यस विषयमा आवश्यक स्पष्टिकरण दिइसकेको पनि जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्भावका पक्षमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन, माइतीघरबाट एकता र्‍याली

काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...

वीरगञ्जमा फेरि निषेधाज्ञा, शुक्रबार साँझदेखि शनिबार बिहानसम्म लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...

पाकिस्तान हिमपहिरोमा परी गोरखाका पुरबहादुरको मृत्यु, लाप्राक शोकमा

सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...

मधेशका सांसदलाई प्रधानमन्त्रीको आग्रह : निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको पुल बन्नुस्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...

राष्ट्रियसभा बैठक साउन १८ सम्मको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...

देवानगञ्ज गोलीकाण्ड : सहमतिपछि पनि किन परिवारले शव बुझ्न मानेनन् ?

विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...

पासपोर्ट ठेक्का भ्रष्टाचार प्रकरण : सिद्धार्थ थापा साधारण तारिखमा रिहा

काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...

गृहमन्त्री गुरुङको निर्देशनपछि ड्रोनबाट सुरक्षा अनुगमन

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...

सामाजिक सद्‌भाव बिथोल्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने कांग्रेसको चेतावनी, यस्तो छ ७ बुँदे निर्देशन

काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...

स्वास्थ्य र शिक्षा समता शुल्क औपचारिक रुपमा खारेज

काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending