Khabar Dabali १९ जेष्ठ २०८३ मंगलवार | 2nd June, 2026 Tue
Investment bank

४० लाख धरौटी बुझाउन नसक्दा भोटेकोशी हेली रिसोर्ट सञ्चालक सुवास प्रधान कारागार चलान

खबरडबली संवाददाता

पोखरा । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

कास्की जिल्ला अदालतले प्रधानसँग ४० लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतको आदेशअनुसार निर्धारित रकम जम्मा गर्न नसकेपछि उनलाई कारागार पठाइएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।

प्रधानलाई जेठ ३ गते काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएको थियो। अनुसन्धान पूरा भएपछि बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको थियो। न्यायाधीश देवकुमार गिरीको इजलासले जेठ १३ गते धरौटीमा रिहा गर्न सकिने आदेश दिए पनि रकम नबुझाएपछि उनी थुनामा गएका हुन्।

यसअघि पनि प्रधान २०८२ माघ २३ गते बैंकिङ कसुर मुद्दामै पक्राउ परेका थिए। त्यसबेला जिल्ला अदालत कास्कीले उनलाई जिम्मा जमानीमा रिहा गरेको थियो। तर, पछि पुनः उजुरी परेपछि उनी फेरि पक्राउ परेका हुन्।

रिसोर्टका पूर्वअध्यक्ष तथा प्रमुख शेयरधनी चिनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधानविरुद्ध बैंकिङ कसुरको मुद्दा अघि बढेको हो। आरोपअनुसार प्रधानले चिनबहादुरको शेयर खरिद गर्न ७ करोड रुपैयाँ बराबरको चेक दिएका थिए। तर चेक सटही हुन नसकेपछि विवाद सुरु भएको थियो।

चिनबहादुरका अनुसार शेयर हस्तान्तरण गरिसकेपछि पनि आफूले पाउनुपर्ने रकम नपाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए। पहिलो चरणमा २ करोड ५० लाख रुपैयाँ र पछि थप ३ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै बैंकिङ कसुरमा जाहेरी दर्ता गरिएको थियो।

यसैबीच, रिसोर्ट सञ्चालनका लागि लिइएको ऋण तिर्न नसकेपछि नेपाल बैंक लिमिटेडले रिसोर्ट र त्यससँग सम्बन्धित सम्पत्ति लिलामी प्रक्रिया पनि अघि बढाएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै करिब २७ रोपनी ६ आना जग्गा र त्यसमा निर्मित संरचना लिलामी गर्ने तयारी गरेको जनाएको छ।

करिब ७० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त रिसोर्ट चीन सीमाबाट करिब १४ किलोमिटर दूरीमा रहेको बताइएको छ। बैंकको कर्जा असुली प्रक्रिया र सञ्चालकविरुद्धको कानुनी कारबाहीसँगै रिसोर्टको भविष्य अन्योलमा परेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारमा सत्ता केन्द्रित बैठक आज, मन्त्रिपरिषद्को निर्णयलाई सबैको नजर

काठमाडौं । मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मध्याह्न १२ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । ...

४० लाख धरौटी बुझाउन नसक्दा भोटेकोशी हेली रिसोर्ट सञ्चालक सुवास प्रधान कारागार चलान

पोखरा । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन...

काभ्रेमा विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्...

इमान्दार र प्रभावकारी न्याय सम्पादनमा केन्द्रित हुन प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पार...

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि २८ जनाको दरखास्त स्वीकृत (सूचीसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत ...

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्ने

काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राज...

संसदमा आजबाट बजेटमाथि छलफल, सदन सञ्चालनमा अझै अन्योल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने का...

भूमि अतिक्रमणविरुद्ध रोल्पामा माओवादीको मशाल जुलुस

रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी रोल्पाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै त्यसको विरोधमा सदरमुकाम लिबाङमा मशाल जुल...

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...

दरबार हत्याकाण्डको २५ वर्ष : अझै रहस्यमै राजा वीरेन्द्रको वंश विनाश

काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति ना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending