Khabar Dabali १८ जेष्ठ २०८३ सोमबार | 1st June, 2026 Mon
Investment bank

लुम्बिनीमा देउवालाई झट्का, पुराना सहयात्री गगनसँग

फइल तस्विर
खबरडबली संवाददाता

लुम्बिनी नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा समूहको प्रभाव क्रमशः कमजोर बन्दै गएको संकेत लुम्बिनी प्रदेशबाट देखिएको छ। एक समय बलियो मानिएको देउवा पक्ष अहिले प्रदेशमा छिन्नभिन्न अवस्थामा पुगेको नेताहरू बताउँछन्।
विशेष महाधिवेशनपछि पार्टी सभापति बनेका गगन थापाको नेतृत्वमा संस्थापन पक्ष बलियो बन्दै जाँदा लुम्बिनीका धेरै प्रभावशाली नेताहरू पनि थापा पक्षमा खुलेर लागेका छन्। यसले प्रदेशमा देउवा समूहको पुरानो शक्ति सन्तुलन नै बदलिएको छ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण, पार्टी उपसभापति पुष्पा भुसाल, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कंडेल, उद्योगपति तथा सांसद विनोद चौधरी र सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरू गगन पक्षमा उभिएपछि देउवा समूहको प्रभाव कमजोर बनेको स्थानीय नेताहरूको भनाइ छ।

कांग्रेस रुपन्देहीका एक नेताका अनुसार, “पहिले बालकृष्ण खाणको नेतृत्वमा देउवा समूह निकै बलियो थियो। तर अहिले प्रमुख नेताहरू नै गगन पक्षमा लागेपछि पुरानो समूह निष्क्रियजस्तै बनेको छ।”

लुम्बिनी प्रदेश समितिमा सुरुदेखि नै थापा पक्षको बहुमत रहे पनि देउवा पक्षसँग आबद्ध प्रभावशाली नेताहरूका कारण शक्ति सन्तुलन कायम थियो। तर पछिल्लो राजनीतिक समीकरणले त्यो अवस्था पूर्ण रूपमा फेरिएको कांग्रेस वृत्तमा चर्चा छ।

हाल लुम्बिनी प्रदेशमा पूर्वसहमहामन्त्री किशोरसिंह राठौर, नेता कृष्णकिशोर घिमिरेलगायत सीमित नेताहरू मात्र देउवा पक्षमा सक्रिय रहेको बताइन्छ।

यता कांग्रेसले पार्टीको ‘जरा अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दुई दिने विशेष भेला आयोजना गर्दैछ। सोमबार र मंगलबार रुपन्देहीको मणिग्राममा हुने भेलामा प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको व्यापक सहभागिता रहने जनाइएको छ।

रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाणका अनुसार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्णयअनुसार आयोजना गरिएको उक्त भेलाको उद्घाटन सभापति गगन थापाले गर्ने कार्यक्रम छ।

भेलामा उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरु घिमिरेसहित केन्द्रीय तथा प्रदेश तहका नेता, जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहनेछ।

पार्टी स्रोतका अनुसार विशेष भेला केवल प्रशिक्षण र संगठन सुदृढीकरणमा सीमित नभई कांग्रेसभित्र बदलिँदो शक्ति समीकरणको संकेतका रूपमा समेत हेरिएको छ। लुम्बिनीमा गगन थापा पक्षको बढ्दो प्रभाव र देउवा समूहको खस्कँदो उपस्थितिले आगामी राजनीतिक दिशा थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेनको अभिव्यक्तिमाथि झलनाथको आक्रोश : ‘यस्ता कुरा गर्ने व्यक्ति प्रधानमन्त्री हुन सुहाउँदैन’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन साहले संसदमा दिएको ‘नेपालले पनि भारतको केही ...

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रद...

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ ६ गतेसम्म सत्यता नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ । सम्पादक समाज ने...

बालिका बलात्कार आराेपमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई बलात्कारकाे आराेपमा एफफकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय धनबहादुर सुना...

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा ।  बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएक...

कति छ कालिमाटीमा आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाल...

टोड्के जोड्ने सडक स्तरोन्नति, पर्यटकलाई सहज

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नग...

रास्वपा सचिवालयको बैठक आज बस्दै, के-के छन् बैठकको कार्यसूची ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक...

कोशीदेखि गंगासम्म खतरा : हिमाली नदीको स्वरूप तीव्र रूपमा बदलिँदै

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका नदीहरूको स्वरूप र बहावमा तीव्र परिवर्तन देखिन थालेको एक नयाँ अध्ययनले जनाएको छ। विश्वप्रसिद्ध विज्ञ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending