काठमाडौं । बिहीबार साँझ परेको मुसलधारे वर्षाले काठमाडौं उपत्यकाको जनजीवन अस्तव्यस्त बनेको छ। एक घण्टामै अत्यधिक पानी परेपछि राजधानीका मुख्य सडक जलमग्न हुँदा सवारी आवागमनदेखि पैदल यात्रा सम्म प्रभावित भएको हो।
कमलादी, पुतलीसडक, माइतीघर, त्रिपुरेश्वर, भोटाहिटी, ग्वार्कोलगायतका क्षेत्रमा सडक पूरै पानीले ढाकिएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। विशेषगरी दुईपांग्रे चालक र पैदलयात्रीले सबैभन्दा बढी सास्ती व्यहोरे।
प्रज्ञाभवन आसपासका केही पसलभित्र समेत सडकमा जमेको पानी पसेपछि व्यवसायीहरू सामान जोगाउन व्यस्त देखिएका थिए।
जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुरको खुमलटारमा एक घण्टामै ५४.८ मिलिमिटर वर्षा मापन गरिएको छ। मौसमविद्हरूका अनुसार यो ‘आरीघोप्टे वर्षा’ सरहको अवस्था हो।
त्यस्तै किर्तिपुरमा २८.२, पानीपोखरीमा २०.८, ककनीमा १४.२ र नैकापमा १३ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। मौसमविद्हरूका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यून चापीय प्रणाली सक्रिय रहेकाले वर्षा थप बढ्ने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार पनि देशभर हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। विशेषगरी रातिको समयमा बढी वर्षा हुने अनुमान गरिएको छ।
केही मौसमविद्हरूले निरन्तर वर्षा भइरहे आकस्मिक बाढी, डुबान र शहरी क्षेत्रमा पानी जम्ने जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - ०९:३७
हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
जेष्ठ १७ गते, २०८३ - ०९:३५
[काभ्रेपलाञ्चोक । बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...
जेष्ठ १७ गते, २०८३ - ०९:२७
काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...
जेष्ठ १७ गते, २०८३ - ०९:२३
काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...
जेष्ठ १७ गते, २०८३ - ०९:२०
काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...
जेष्ठ १७ गते, २०८३ - ०९:०८
सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...
जेष्ठ १७ गते, २०८३ - ०९:०२
गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...
जेष्ठ १७ गते, २०८३ - ०९:००
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...
जेष्ठ १७ गते, २०८३ - ०८:५८
बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...
जेष्ठ १७ गते, २०८३ - ०८:५५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...



प्रतिकृया लेख्नुहोस्: