Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

आज गणतन्त्र दिवस, सार्वजनिक बिदा

खबरडबली संवाददाता

काठमाडौँ ।  जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । यसै उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । 

वि.सं. २०६२/६३ को जनआन्दोलनको जगमा स्थापित यस दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । आजै बिहान काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गणतन्त्र मूल समारोह समितिद्वारा विशेष समारोह आयोजना गरिँदैछ ।

यसपटकको गणतन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भने सम्बोधन गर्ने छैनन् । यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहे पनि यसपालि प्रधानमन्त्री बालेनले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई नै सम्बोधन गरिदिन पत्राचार गरिसकेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कान्तिलोकपथमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

हेटौँडा । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलास्थित पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...

बाढीपहिरोले बगाएका काभ्रेका छ झोलुङ्गे पुल पुनर्निर्माण गरिने

[काभ्रेपलाञ्चोक ।  बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ वटा झोलुङ्गे पुलहरूको पुनर्निर्माण गरिने भएको छ। विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोल...

अब रातो नम्बर प्लेटका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, कालो प्लेट अनिवार्य

काठमाडौं । सरकारले राइड सेयरिङ सेवामा प्रयोग हुने दुईपाङ्ग्रे सवारी साधनलाई औपचारिक रूपमा भाडाका सवारीको मान्यता दिँदै नयाँ व्यवस्था लागू गरेको छ। नया...

थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा अधिकारी, आज अदालतमा उपस्थित गराइने

काठमाडौं । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ का नामले परिचित तुलसी अधिकारी लाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। उनीविरुद्ध सम्...

कुशल भुर्तेलको विस्फोटक शतक, चीनसामु नेपालले राख्यो ३१४ रनको विशाल लक्ष्य

काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गतको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ ग...

एक दशक बित्दा पनि पूरा भएन सर्लाहीको हुलाकी सडक, स्थानीय निराश

सर्लाही । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम हुलाकी सडकको सर्लाही खण्ड निर्माण कार्य ठेक्का लागेको करिब एक दशक बितिसक्दा पनि सम्पन्न ह...

एसइईमा उत्कृष्ट नतिजा ल्याउने पनेरुलाई एक लाख पुरस्कार

गोरखा । यस वर्षको एसइईमा फोर (चार) जिपिए ल्याएर उत्तीर्ण गरेका युनिक पनेरुलाई बारपाक सुलिकोट गाउँपालिकाले पुरस्कारस्वरुप रु एक लाख तथा सम्मानपत्र प्रद...

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, काठ...

प्लाइ ढोका उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका उद्योगमा भएको आगलागीबाट रु पाँच करोडको क्षति भएको छ । शु...

कालीमाटीमा गोलभेँडा ६० रुपैयाँ, प्याज ४३ रुपैयाँ किलो, यस्तो छ आजको थोक मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार तरकारी, फलफूल, म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending