Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

बाँकेमा बकर इद धुमधामका साथ मनाइँदै

खबरडबली संवाददाता

नेपालगन्ज। इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ बिहीबार धुमधामले मनाइँदैछ । त्याग, बलिदान र कुर्बानीको पर्वका रूपमा चिनिने यो पर्व तीन दिनसम्म मनाइन्छ ।

नेपालगन्जस्थित मुख्य इदगाहमा सामूहिक नमाजका लागि बिहानैदेखि नेपालगन्ज र आसपासका क्षेत्रबाट ठुलो सङ्ख्यामा मुस्लिम समुदाय पुगेका थिए । इदगाहभित्र ठाउँ अपुग भएपछि धेरैले विपी चोक आसपास सडकमै नमाज पढेका थिए ।

इदगाहमा सामूहिक नमाज पढेर सुरु भएको पर्व तीन दिनसम्म खसी, भेडा, दुम्बा, राँगा, भैँसीलगायत जनावरको कुर्बानी (हलाल) गरी तेस्रो दिन समापन गरिन्छ । धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीले यस पर्वको विशेष महत्त्व रहेको बताए।

नमाजपछि मुलुकमा धार्मिक सद्भाव, आर्थिक विकास, शान्ति र अमनचैनको कामना गर्दै सामूहिक प्रार्थना गरिएको थियो ।

इदगाहमा नमाजका लागि पुगेका पूर्वमन्त्री तथा बाँके–२ का सङ्घीय सांसद मोहम्मद इस्तियाक राईले धार्मिक र सामाजिक सद्भावलाई सुदृढ गर्दै देशको आर्थिक अवस्था बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए।

बकर इदमा कुर्बानी दिने परम्परा अनुसार क्षमता भएका मुस्लिम समुदायले घरघरमै खसी, भेडा, दुम्बा, राँगा, भैँसीलगायतका जनावरको कुर्बानी दिने गरेका छन् ।

मौलाना मन्जरीका अनुसार साना जनावर ९खसी, भेडा, दुम्बा० एक जनाको नाममा कुर्बानी गरिन्छ भने राँगा, भैँसी, ऊँटजस्ता ठुलो जनावरमा सात जनासम्म सहभागी हुन सक्ने परम्परा छ ।

कुर्बानीपछि मासुलाई तीन भागमा विभाजन गरिन्छ, एक भाग गरिबलाई, एक भाग छरछिमेकलाई र एक भाग घरपरिवारका लागि ।

इस्लाम धर्म अनुसार जससँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी बराबरको सम्पत्ति छ र ऋण छैन भने उसले कुर्बानी गर्नुपर्ने धार्मिक नियम रहेको छ ।

तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन बिहीबार विभिन्न स्थानमा इद मिलन कार्यक्रम गरी सेवईलगायत परिकार खाने–खुवाउने गरिँदैछ । नेपालगन्जका मुस्लिम अगुवा शकील जसगढले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानव अधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसले माग्यो सरकारको धारणा

काठमाडौं । नेपाली कांग्रेस ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदनबारे सरकारसँग आधिकारिक धारणा माग गर...

पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमश: सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चाल...

बाँकेमा बकर इद धुमधामका साथ मनाइँदै

नेपालगन्ज। इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा विभिन्न धार्मिक कार्यक्रमका साथ बिहीबार धुमधामले मनाइँदैछ । त्याग, बलि...

पोखराको पृथ्वीचोक क्षेत्रमा डोजर, राजनीतिक दलनिकट संगठनका संरचना हटाइँदै

पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्कअगाडि रहेको संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन तथा विभिन्न संस्थाले बनाएका संरचना ...

विपी राजमार्ग पुनर्निर्माण समयमै सक्न सचिवको निर्देशन

काठमाडौँ । आठ महिनाअघि बाढीले क्षति पुर्‍याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र...

स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु, गाउँ शोकमा

दमक। झापाको गौरादह नगरपालिका–७ फगेटीमा स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । बुधबार साँझ भएको घटनाले स्थानीयवासी स...

सुन मुल्य तोलामा साढे ५ हजार रुपैयाँले घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ। बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ५ हजार ५ सय रुपैया...

वीरगन्जमा यौन व्यवसाय फस्टाउँदै, ६ जना पक्राउ

वीरगन्ज। वीरगन्ज महानगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता यौन व्यवसाय (देह व्यवसाय) फस्टाउँदै गएको पाइएको छ । होटल, कटेज तथा रक्सी पसलमार्फत तथा केह...

अरुण नदीमा पानीको बहाव बढेपछि सतिघाट फेरी सेवा बन्द

संखुवासभा। पानीको बहाव बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्च...

वराहक्षेत्रमा हात्तीको बच्चा मृत फेला

वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ । गहने खोलाको द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending